विजयपुर हस्पिटलमा ७१ बर्षीया बृद्धाको कृतिम घुँडा प्रत्यारोपण

  • असार ११, २०८२
  • १,६३२ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१०जेठः धरानको नीजि क्षेत्रको एकमात्र अस्पताल विजयपुर हस्पिटलमा कृत्रिम घुँडा प्रत्यारोपण सम्पन्न भएको छ ।

मोरङको सुन्दरहरैँचा–९, मदरसा टोलकी ७१ वर्षीया हदिसा खातुनको देब्रे घुँडाको शल्यक्रिया बिहीबार सफलतापूर्वक सम्पन्न गरिएको हो ।

विजयपुर हस्पिटलका प्रमुख अस्पताल प्रशासक इन्दु नेपाल योन्जनले चिकित्सकीय भाषामा पूर्ण रूपमा घुँडा प्रतिस्थापन’ (टोटल निई रिप्लेसमेन्ट) भनिन्छ ।

प्रमुख प्रशासक योन्जनले दिएको जानकारी अनुसार वरिष्ठ हाडजोर्नी, स्पाइन तथा निई रिप्लेसमेन्ट विशेषज्ञ डा.जनक दासको नेतृत्वमा शल्यक्रिया सम्पन्न भएको हो ।

खातुन लामो समययता दुवै घुँडा दुख्ने तथा टेक्न नहुने समस्याबाट ग्रसित हुदै आएकी थिइन ।

दुवै घुँडाका हाड जटिल प्रकारले खिइएको तथा नसा र अन्य मांसपेशीहरूमा चोट लागेर त्यस्तो समस्या भएको चिकित्सकहरुले वताएका थिए ।

दाहिने घुँडाको सघन शल्यक्रिया गरी एक वर्षअघि नै कृत्रिम घुँडा प्रत्यारोपण गरिएको थियो ।

खातुनका छोरा अताबुल मन्सुरीका अनुसार विजयपुर हस्पिटलमा यस प्रकारको शल्यक्रिया गरिने जानकारी पाएपछि देब्रे घुँडाको शल्यक्रियाका लागि आमालाई यहाँ ल्याएको बताए ।

विजयपुर अस्पतालमा हाडजोर्नी, नसा, स्पाइन (मेरुदण्ड), हिपलगायतका अङ्गको सघन शल्यक्रिया गर्ने गरीएको थियो ।

अस्पतालले अवदेखि कृत्रिम घुँडा प्रतिस्थापन तथा पुनःस्थापना जस्तो जटिल शल्यक्रिया पनि गर्न शुरु गरीएको अस्पतालका प्रमुख प्रशासक योन्जनले जानकारी दिएकाछन् ।

नेकपाको सुनसरी १ मा निर्वाचन परिचालन समिति गठन

छाल खवर धरान,९ माघः नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले सुनसरी १ को लागि प्र ...

हिविस्कस स्कुलद्धारा विद्यार्थी र अभिभावकलाई उप

छाल खवर धरान, शिक्षा र संस्कृतिको केन्द्र मानिने सहर हो। यही धरान–१५ ...

सुनसरी–१ मा २८ उम्मेदवारद्वारी दर्ता

छाल खवर धरान,६ माघ ः प्रतिनिधि सभा निर्वाचनमा सुनसरी निर्वाचन क्षेत्र १ बाट ...

चुम्लुङको प्रदेश अध्यक्षमा नरेन्द्र

छाल खवर धरान,४ माघः किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अ ...

सरकार र दुर्गा प्रसाईंबीच २७ बुँदे सहमति

छाल खवर काठमाडौं ३ माघ ः नागरिक बचाउ महाभियानका केन्द्रीय अध्यक्ष दुर्गा प् ...

 नेकपाबाट सुनसरी १ मा सूर्य बहादुर भट्टराई ९मनोज०ल

छाल खवरधरान,३ माघः धरान उपमहानगरपालिकामा भाइरल वडाध्यक्षको रुपमा परिचित धरा ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic