हिविस्कस वोडिङ स्कुलमा सरसफाई अवार्ड

  • असार १४, २०८२
  • ५६ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२४असार ः हिविस्कस इङ्लिस वोडिङ स्कुल धरान–१५ ले व्यवहारीक शिक्षामा जोडदिदै आएको छ ।

व्यवहारीक शिक्षा स्कुलमा सिकेर विद्यार्थीहरुले घर परिवारमा लागू गर्न सकुन भनेर जोड दिएको हो ।

स्कुलले विद्यार्थीहरुले सरसफाईको कुरा स्कुलबाट घर परिवारमा पनि लागू गर्न सकुन र समाजमा व्यवहारीक शिक्षाको सन्देश दिन सकुन भनेर स्कुलमा क्लिनिङ अवार्डको शुरुवात गरीएको स्कुलका निर्देशक गंगाराम राईले वताउनु भयो ।

उहाका अनुसार विद्यार्थीहरुका लागि प्रत्येक कक्षामा डस्विनको व्यवस्था गरीएको छ र कक्षाका फोहोरहरु वाहिर नफाली डस्विनमा कुन कक्षाले नियमित राख्छ उनीहरुलाई अवार्ड प्रदान गरीनेछ ।

यस्तो कार्यक्रमले विद्यार्थीहरुलाई घर परिवारमा पनि सरसफाईको अभ्यास हुनुका साथै यसले घर व्यवहारमा समेत ठूलो परिवर्तन ल्याउन राईको विश्वास रहेको छ ।

आफ्नो घरको सरसफाई आफै गर्नुपर्दछ सानो एकटुक्रा कागजले पनि फोहोर देखिन्छ सरसफाई गरेर राम्रो देखिन्छ भन्ने उदाहरण दिन खोजिएको निर्देशक राईको भनाई रहेको छ ।

सरसफाई भन्ने कुरा घर परिवार समाज र व्यक्तिमा समेत हुनु पर्ने अपरीहार्य कुरा भएकोले विद्यार्थीहरुलाई व्यहारीक शिक्षा दिनको लागि पनि यस्तो कार्यक्रम आयोजना गरीएको निर्देशक राईले वताउनु भयो ।

जुन कक्षाले अवार्ड जित्छ उसले एक महिनभारी राख्ने र अर्को महिना कुन कक्षाले अवार्ड जित्छ उही कक्षाले ट्रफि राख्ने छ । स्कुलका सवै कक्षाका विद्यार्थीहरुले यसमा विशेष ध्यान दिन सकुन भन्ने उदेश्यले रनिङ अवार्ड राखिएको निर्देशक राईले जानकारी दिनुभयो ।

 

 

 

विजयपुर हस्पिटलमा ७१ बर्षीया बृद्धाको कृतिम घुँड

छाल खवर धरान,१०जेठः धरानको नीजि क्षेत्रको एकमात्र अस्पताल विजयपुर हस्पिटलमा ...

सहिद स्मृति मा.वि.का विद्यार्थीहरुद्धारा उद्यमशील

छाल खवर धरान,९ जेठः सहिद स्मृति माध्यमिक विद्यालय, धरान–८ को आयोजनामा ...

एस.ई.ई. स्पिकर पब्लिक चोइस अवार्ड प्रतियोगिता सम्प

छाल खवरधरान, ६ असार – विद्यार्थीहरूलाई सिर्जनशील, अभिव्यक्तिमूलक र व् ...

भारत सरकारद्वारा ३३ जिल्लामा ४० वटा एम्बुलेन्स हस

छाल खवर धरान,१ असार ः भारत सरकारले नेपालका ३३ जिल्लामा ४० वटा एम्वुलेन्स उप ...

धरानमा प्रदेश स्तरीय खुल्ला बास्केटबल प्रतियोगिता

छाल खवर धरान,२७ जेठः सुनसरी बास्केट बल संघले पहिलो पटक धरानमा प्रदेश स्तरीय ...

सक्षम नेतृत्व आवस्यक रहेको व्यवसायीहरुको भनाई

छाल खवर धरान,२७ जेठः व्यवसायीहरुको नेतृत्व चयन गर्दा सक्षम व्यक्ति चयन गर्न ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic