रास्वपा धरान नगर अध्यक्षमा सुमन

  • असार २९, २०८२
  • ४८९ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२८, असारः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) धरान उपमहानगरपालिका समितिको पहिलो अधिवेशनले सुमन श्रेष्ठलाई अध्यक्षमा चयन गरेको छ ।

समितिको उपाध्यक्षमा राम कार्की , सचिवमा ख्यामप्रसाद फुयाल र सहसचिवमा सन्दीप शाक्य चयन भएका छन्।

त्यस्तै, समितिका सदस्यहरूमा अतुल श्रेष्ठ, तोर्णबहादुर कार्की, बनप्रसाद गुरुङ, थाङ्गा बहादुर राई, मिरा लोहार, सुनिता श्रेष्ठ, इन्द्र बहादुर कार्की, जीवन आचार्य, मनकुमारी विश्वकर्मा र मेघराज पोखरेल रहेका छन् ।

शनिबार सम्पन्न अधिवेशनमा पार्टीका केन्द्रीय सदस्य तथा सुनसरीबाट प्रतिनिधिसभा सदस्य अशोक कुमार चौधरीको प्रमुख आतिथ्यता रहेको थियो।

कार्यक्रममा बोल्दै सांसद अशोक कुमार चौधरीले धरानको विकास, सुशासन र जनउत्तरदायी राजनीति स्थापनाका लागि राष्ट्रिय स्वतन्त्र पार्टीले नयाँ ऊर्जा ल्याउने विश्वास व्यक्त गरे। उनले संगठन विस्तार र जनसम्पर्क मजबुत बनाउन आग्रह गरेका थिए ।

पार्टीले धरान उपमहानगरपालिकामा संगठन सुदृढीकरणसँगै आगामी स्थानीय निर्वाचनलाई लक्षित गरी कार्ययोजना तयार गर्ने बताएको छ।

नेकपाको सुनसरी १ मा निर्वाचन परिचालन समिति गठन

छाल खवर धरान,९ माघः नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले सुनसरी १ को लागि प्र ...

हिविस्कस स्कुलद्धारा विद्यार्थी र अभिभावकलाई उप

छाल खवर धरान, शिक्षा र संस्कृतिको केन्द्र मानिने सहर हो। यही धरान–१५ ...

सुनसरी–१ मा २८ उम्मेदवारद्वारी दर्ता

छाल खवर धरान,६ माघ ः प्रतिनिधि सभा निर्वाचनमा सुनसरी निर्वाचन क्षेत्र १ बाट ...

चुम्लुङको प्रदेश अध्यक्षमा नरेन्द्र

छाल खवर धरान,४ माघः किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अ ...

सरकार र दुर्गा प्रसाईंबीच २७ बुँदे सहमति

छाल खवर काठमाडौं ३ माघ ः नागरिक बचाउ महाभियानका केन्द्रीय अध्यक्ष दुर्गा प् ...

 नेकपाबाट सुनसरी १ मा सूर्य बहादुर भट्टराई ९मनोज०ल

छाल खवरधरान,३ माघः धरान उपमहानगरपालिकामा भाइरल वडाध्यक्षको रुपमा परिचित धरा ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic