सुनाखरी,कार्मेल स्कुल, आइडल र प्याराडाइज सेमिफाइनलमा

  • साउन १७, २०८२
  • २६६ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१७ साउनः विद्यालयस्तरीय चौथो मेजर श्रवणकुमार मेमोरियल डिपो बास्केटबल रनिङ कपमा आइडल, प्याराडाइज, सुनाखरी र कार्मेल स्कुल सेमिफाइनलमा प्रवेश गरेका छन्।

डिपो स्कुलको आयोजनामा विहीबारदेखि सुरु भएको शनिबार सम्पन्न खेलमा आइडल स्कुलले प्रभात स्कुललाई ३२–२९, प्याराडाइज स्कुल तरहराले पूर्वाञ्चल स्कुल तरहरालाई ३३–१७, सुनाखरी स्कुल धरानले लिटल फ्लावर स्कुल झापालाई ३४–२१ तथा कार्मेल हाइ स्कुलले हिमशिखर स्कुल तरहरालाई ४४–४१ अंकले पराजित गर्दै सेमिफाइनल यात्रा तय गरेका हुन्।

उक्त दिनको खेलमा आइडल स्कुलका निशान खड्का, प्याराडाइजका प्रिन्स खत्री, सुनाखरी स्कुलका विक्रम श्रेष्ठ र कार्मेल स्कुलका प्रीत्युस भुजेल ‘म्यान अफ द म्याच’ घोषित भए।

उनीहरुलाई राष्ट्रिय बास्केटबल प्रशिक्षक विकास चाम्लिङ राई, सुनसरी बास्केटबल संघका अध्यक्ष नारायण सुवेदी र डिपो स्कुलका खेलकुद संयोजक उमेश ताम्राकारले ट्रफी प्रदान गरेका थिए।

कक्षा १० सम्मका विद्यार्थीलाई लक्षित प्रतियोगितामा १८ टिमले सहभागिता जनाएका छन् ।

प्रतियोगिताको विजेताले नगद २० हजार रुपैयाँ, उपविजेताले १० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। ‘मोस्ट भ्यालुएबल प्लेयर’, ‘हाइ स्कोरर’ र प्रत्येक खेलका ‘म्यान अफ द म्याच’ विजेतालाई ट्रफी र मेडल प्रदान गरिनेछ।

प्रतियोगिताका उत्कृष्ट खेलाडीलाई अग्रज पत्रकार तथा लेखक जनकऋषि राईले नगद एक हजार रुपैयाँसहित सांस्कृतिक अधिकार अवार्ड २०८२ बाट पुरस्कृत “गोरु चिन्तन” पुस्तक उपहार दिने घोषणा गरेका छन् ।

सुनसरी बास्केटबल संघ र धरान बास्केटबल संघको व्यवस्थापनमा भइरहेको प्रतियोगिताका सम्पूर्ण खेल डिपो स्कुलको बास्केटबल कोर्टमा सञ्चालन भइरहेको छ।

आइतबार हुने पहिलो सेमिफाइनल खेलमा आइडल स्कुल र सुनाखरी स्कुल तथा दोस्रो सेमिफाइनलमा कार्मेल हाइ स्कुल र प्याराडाइज स्कुलबीच प्रतिस्पर्धा हुनेछ।

डिसिए कपको उपाधि दुवै आयोजकको पोल्टा

छाल खवर धरान,२० मंसिर ःदेउराली चिल्ड्रेन एकेडेमी धरान–५ले आयोजना गरेक ...

हामी चुनावको पक्षमा छौ तर वातावरण बनेको देखिदैन जस

छाल खवर धरान,१८ मंसिर ः जसपा नेपालका अध्यक्ष, पूर्व उपप्रधानमन्त्री उपेन्द् ...

मैत्रीपुर्ण फुटसलमा पत्रकार महासंघ सुनसरी बिजयी

धरान : धरान १५ स्थित हिविसकस इङ्ग्लिस वोर्डिङ्ग स्कूलद्वारा आयोजित मैत्री ...

सुनाखरी एकेडेमी कपको उपाधि आयोजकको पोल्टामा

छाल खवर धरान,१७ मंसिर ः धरानमा जारी सुनाखरी एकेडेमी कप फुटबल प्रतियोगिताको ...

शिक्षासेवी घिमिरेद्वारा आमाको नाममा १ लाखको अक्षय

छाल खवर धरान,१५ मंसिर ः शिक्षा सेवि तथा समाजसेवी सुरेन्द्र घिमिरेले आफ्नो ज ...

सुनाखरी रातो विजयी

छाल खवर धरान, १४ मङ्सिर — धरानमा जारी सुनाखरी एकेडेमी कपको आइतवारको ख ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic