चौथो मेजर श्रवणकुमार मेमोरियल डिपो बास्केटवलको उपाधी सुनाखरि एकेडेमीलाई

  • साउन १९, २०८२
  • ४,८५२ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१९ साउनः धरानमा जारी बिधालय स्तरिय चौथो मेजर श्रवणकुमार मेमोरियल डिपो बास्केटवल रनिङ्ग कपको उपाधी सुनाखरी स्कुलले हात पारेको छ ।

सुनखारी स्कुलले सोमबार भएको फाइनल खेलमा प्याराडाइज स्कुललाइ ५९÷४५ अंकको अन्तरले पराजित गर्दै उपाधी हात पारेको हो ।

उपाधी सङ्गै सुनाखरी एकेडेमीले नगद २० हजार रुपैय, ट्रफी, मेडल र प्रमाण–पत्र प्राप्त गेरेको छ् ।

खेलको पहिलो र दोस्रो क्वाटरमा सुनाखरी स्कुल १८/११ र १८/७ अंकले अग्रता बनाएका थिए ।

तेस्रो क्वाटर बराबरी १४/१४ अंक जोडेका थिए भने चौथो क्वाटरमा सुनाखरी १३(९ अंकले पछि परेका थिए । उपबिजेता प्याराडाइज स्कुल तरहराले नगद दस हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे ।

प्रतियोगिताको उत्कृष्ट खेलाडी मोस्ट भ्यालुएबल प्लेयरको उपाधी सुनाखरी स्कुलका प्रीन्स खत्री घोषित भए । उनले नगद एक हजार, ट्रफी, प्रमाण–पत्र र सास्कृतीक अधिकार पुरस्कृत पुस्तक ूगोरु चिन्तनू एक थान प्रप्त गरे ।

नगद पुरस्कार र पुस्तक लेखक तथा अग्रज पत्रकार जनकऋषि राइले उपलब्ध गराएकाहुन ।

यसैगरी फाइनल खेलको म्यान अफ द म्याच सुनाखरि स्कुलका आदेश पोदार, राइजिङ प्लेयर आयोजक डिपो स्कुलका जोन लिम्बु, हाइ स्कोरर प्याराडाइज स्कुलका प्रिन्स खत्री घोषित भए । उनिहरुलाइ ट्रफी र प्रमाणपत्र प्रदान गरिएको थियो ।प्रिन्सले चार खेलमा ब्यक्तिगत ८९ अंक जोडेका थिए ।

बिजेता तथा उपबिजेता टिमलाइ कार्यक्रमका प्रमुख अतिथी कोशी प्रदेश सरकार भौतिक पुर्वाधार मन्त्री माननीय भुपेन्द्र राई, सभाध्य्क्ष डिपो स्कुल ब्यवस्थापन समिती अध्यक्ष क्याप्टेन अमरबहादुर लिम्बु, सुनसरी बास्केटबल संघ अध्यक्ष नारायण सुबेदी, प्रतियोगिता संयोजक खड्क शम्सेर लिम्बू, बिद्यालय ब्यवस्थापन समिति सदस्य सुर्यप्रकाश पन्धाक लिम्बुले पुरस्कार बितरण गरेका थिए ।

सुनसरी बास्केटवल संघ र धरान बास्केटवल संघको व्यवस्थापनमा संपन्न प्रतियोगिताको सम्पुर्ण खेल डिपो स्कुलको बास्केटवल कोर्टमा सम्पन्न भएको थियो ।

श्रावण १५ गते देखि सुरु भएको प्रतियोगितामा कोशी प्रदेश भरिका १८ वटा बिद्यालयले सहभागिता जनाएको थियो ।

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

धरान–१६ मा सिद्धार्थ शिशु सदनको वार्षिक कार्यक्रम

छाल खवर धरान,३ वैशाखः धरान–सिदार्थ शिशु सदन धरान–१६ मा वार्षिक ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic