चौथो मेजर श्रवणकुमार मेमोरियल डिपो बास्केटवलको उपाधी सुनाखरि एकेडेमीलाई

  • साउन १९, २०८२
  • ४,७५५ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१९ साउनः धरानमा जारी बिधालय स्तरिय चौथो मेजर श्रवणकुमार मेमोरियल डिपो बास्केटवल रनिङ्ग कपको उपाधी सुनाखरी स्कुलले हात पारेको छ ।

सुनखारी स्कुलले सोमबार भएको फाइनल खेलमा प्याराडाइज स्कुललाइ ५९÷४५ अंकको अन्तरले पराजित गर्दै उपाधी हात पारेको हो ।

उपाधी सङ्गै सुनाखरी एकेडेमीले नगद २० हजार रुपैय, ट्रफी, मेडल र प्रमाण–पत्र प्राप्त गेरेको छ् ।

खेलको पहिलो र दोस्रो क्वाटरमा सुनाखरी स्कुल १८/११ र १८/७ अंकले अग्रता बनाएका थिए ।

तेस्रो क्वाटर बराबरी १४/१४ अंक जोडेका थिए भने चौथो क्वाटरमा सुनाखरी १३(९ अंकले पछि परेका थिए । उपबिजेता प्याराडाइज स्कुल तरहराले नगद दस हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे ।

प्रतियोगिताको उत्कृष्ट खेलाडी मोस्ट भ्यालुएबल प्लेयरको उपाधी सुनाखरी स्कुलका प्रीन्स खत्री घोषित भए । उनले नगद एक हजार, ट्रफी, प्रमाण–पत्र र सास्कृतीक अधिकार पुरस्कृत पुस्तक ूगोरु चिन्तनू एक थान प्रप्त गरे ।

नगद पुरस्कार र पुस्तक लेखक तथा अग्रज पत्रकार जनकऋषि राइले उपलब्ध गराएकाहुन ।

यसैगरी फाइनल खेलको म्यान अफ द म्याच सुनाखरि स्कुलका आदेश पोदार, राइजिङ प्लेयर आयोजक डिपो स्कुलका जोन लिम्बु, हाइ स्कोरर प्याराडाइज स्कुलका प्रिन्स खत्री घोषित भए । उनिहरुलाइ ट्रफी र प्रमाणपत्र प्रदान गरिएको थियो ।प्रिन्सले चार खेलमा ब्यक्तिगत ८९ अंक जोडेका थिए ।

बिजेता तथा उपबिजेता टिमलाइ कार्यक्रमका प्रमुख अतिथी कोशी प्रदेश सरकार भौतिक पुर्वाधार मन्त्री माननीय भुपेन्द्र राई, सभाध्य्क्ष डिपो स्कुल ब्यवस्थापन समिती अध्यक्ष क्याप्टेन अमरबहादुर लिम्बु, सुनसरी बास्केटबल संघ अध्यक्ष नारायण सुबेदी, प्रतियोगिता संयोजक खड्क शम्सेर लिम्बू, बिद्यालय ब्यवस्थापन समिति सदस्य सुर्यप्रकाश पन्धाक लिम्बुले पुरस्कार बितरण गरेका थिए ।

सुनसरी बास्केटवल संघ र धरान बास्केटवल संघको व्यवस्थापनमा संपन्न प्रतियोगिताको सम्पुर्ण खेल डिपो स्कुलको बास्केटवल कोर्टमा सम्पन्न भएको थियो ।

श्रावण १५ गते देखि सुरु भएको प्रतियोगितामा कोशी प्रदेश भरिका १८ वटा बिद्यालयले सहभागिता जनाएको थियो ।

नेकपाको सुनसरी १ मा निर्वाचन परिचालन समिति गठन

छाल खवर धरान,९ माघः नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले सुनसरी १ को लागि प्र ...

हिविस्कस स्कुलद्धारा विद्यार्थी र अभिभावकलाई उप

छाल खवर धरान, शिक्षा र संस्कृतिको केन्द्र मानिने सहर हो। यही धरान–१५ ...

सुनसरी–१ मा २८ उम्मेदवारद्वारी दर्ता

छाल खवर धरान,६ माघ ः प्रतिनिधि सभा निर्वाचनमा सुनसरी निर्वाचन क्षेत्र १ बाट ...

चुम्लुङको प्रदेश अध्यक्षमा नरेन्द्र

छाल खवर धरान,४ माघः किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अ ...

सरकार र दुर्गा प्रसाईंबीच २७ बुँदे सहमति

छाल खवर काठमाडौं ३ माघ ः नागरिक बचाउ महाभियानका केन्द्रीय अध्यक्ष दुर्गा प् ...

 नेकपाबाट सुनसरी १ मा सूर्य बहादुर भट्टराई ९मनोज०ल

छाल खवरधरान,३ माघः धरान उपमहानगरपालिकामा भाइरल वडाध्यक्षको रुपमा परिचित धरा ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic