विपी प्रतिष्ठानको उपकुलपतिमा धरानका विक्रम श्रेष्ठ

  • साउन २८, २०८२
  • १,५०७ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२८ साउनः केही महिना अघिदेखि रिक्त भएको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको उपकुलपतिमा धरानका हाडजोर्नी विशेषज्ञ प्राध्यापक डाक्टर विक्रम प्रसाद श्रेष्ठ नियुक्त भएका छन्।

प्रधानमन्त्री तथा प्रतिष्ठानका कुलपति केपी शर्मा ओलीले मंगलबार उनलाई नियुक्त गरेका हुन्।

सर्च कमिटीले यसपटक परम्परागत तीनको सट्टा चार जनाको नाम सिफारिश गरेको थियो। अन्तर्वार्ता र प्रस्तुतीकरणपछि प्रा.डा. प्रह्लाद कार्की, प्रा.डा. रामेश कोइराला र प्रा.डा.रोहित यादवको नाम तय भए पनि, चर्को दबाब र लविङका कारण प्रा.डा.श्रेष्ठको नाम पनि अन्तिम सूचीमा समावेश भएको हो।

धरानमा लामो समयदेखि स्थानीय व्यक्तिलाई उपकुलपतिमा नियुक्त गर्नुपर्ने माग उठ्दै आएको थियो।

विगतमा प्रतिष्ठानको शिक्षाध्यक्षका रूपमा एक कार्यकाल पूरा गरेका श्रेष्ठलाई नियुक्त गराउन प्रतिष्ठानकै कर्मचारी र चिकित्सकहरू सक्रिय भएका थिए।

शिक्षाध्यक्ष हुदा राम्रो प्रभाव छोडेका श्रेष्ठ प्रतिष्ठानका निस्कलंक र अनुभवी डाक्टरका रुपमा परिचित रहेकाछन् । लामो समयदेखि स्थानीयको नेतृत्व माग भइरहेको अवस्थामा डा श्रेष्ठ पहिलो पटक उपकुलपति वन्न सफल भएका हुन । श्रेष्ठ धरानका स्थानीय वासिन्दा हुन ।

नेकपाको सुनसरी १ मा निर्वाचन परिचालन समिति गठन

छाल खवर धरान,९ माघः नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले सुनसरी १ को लागि प्र ...

हिविस्कस स्कुलद्धारा विद्यार्थी र अभिभावकलाई उप

छाल खवर धरान, शिक्षा र संस्कृतिको केन्द्र मानिने सहर हो। यही धरान–१५ ...

सुनसरी–१ मा २८ उम्मेदवारद्वारी दर्ता

छाल खवर धरान,६ माघ ः प्रतिनिधि सभा निर्वाचनमा सुनसरी निर्वाचन क्षेत्र १ बाट ...

चुम्लुङको प्रदेश अध्यक्षमा नरेन्द्र

छाल खवर धरान,४ माघः किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अ ...

सरकार र दुर्गा प्रसाईंबीच २७ बुँदे सहमति

छाल खवर काठमाडौं ३ माघ ः नागरिक बचाउ महाभियानका केन्द्रीय अध्यक्ष दुर्गा प् ...

 नेकपाबाट सुनसरी १ मा सूर्य बहादुर भट्टराई ९मनोज०ल

छाल खवरधरान,३ माघः धरान उपमहानगरपालिकामा भाइरल वडाध्यक्षको रुपमा परिचित धरा ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic