कोरा राईड साइक्लिङ च्यालेन्ज धरानमा

  • साउन २८, २०८२
  • २,१५६ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२८साउनः कोरा राईड साइक्लिङ च्यालेन्ज २०२५ आयोजना धरानमा गर्ने तयारी गरेको छ। धरानमा एकपटक साइकलप्रेमीहरूको भीड लाग्ने भएको आयोजकको दावी रहेको छ ।

पेडलर्स धरानको आयोजनामा श्रावण ३१ गते शनिबार कार्यक्रम गर्ने जानकारी दिएको छ ।

आयोजकले वुधवार पत्रकार सम्मेलन गरी जानकारी गराएको हो। कोरा राईड भनेको नेपालमा ठुलो च्यारिटी राईड हो।

च्यालेन्जले धरानका धार्मिक र पर्यटकीय स्थलको प्रवर्द्धन गर्ने पेडलर्स धरानका अध्यक्ष किसन मास्केले वताए ।

साईक्लिङ राइडले शारीरिक तन्दुरुस्ती , वातावरण मैत्री र पर्यटनलाई एकैसाथ जोड्ने उद्देश्य कार्यक्रम आयोजना गरीएको मास्केको भनाई रहेको छ ।

राईड भानुचोकबाट सुरु भई ३२ किलोमिटर दूरी पार गर्दै धरान–१७ स्थित साकेला पार्कमा पुगेपछि समापन हुनेछ।

आयोजकका अनुसार नेपालका विभिन्न शहरबाट दुई सयभन्दा बढी साइक्लिस्ट सहभागी हुने अपेक्षा गरिएको अध्यक्ष मास्केले जानकारी दिए ।

नेकपाको सुनसरी १ मा निर्वाचन परिचालन समिति गठन

छाल खवर धरान,९ माघः नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले सुनसरी १ को लागि प्र ...

हिविस्कस स्कुलद्धारा विद्यार्थी र अभिभावकलाई उप

छाल खवर धरान, शिक्षा र संस्कृतिको केन्द्र मानिने सहर हो। यही धरान–१५ ...

सुनसरी–१ मा २८ उम्मेदवारद्वारी दर्ता

छाल खवर धरान,६ माघ ः प्रतिनिधि सभा निर्वाचनमा सुनसरी निर्वाचन क्षेत्र १ बाट ...

चुम्लुङको प्रदेश अध्यक्षमा नरेन्द्र

छाल खवर धरान,४ माघः किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अ ...

सरकार र दुर्गा प्रसाईंबीच २७ बुँदे सहमति

छाल खवर काठमाडौं ३ माघ ः नागरिक बचाउ महाभियानका केन्द्रीय अध्यक्ष दुर्गा प् ...

 नेकपाबाट सुनसरी १ मा सूर्य बहादुर भट्टराई ९मनोज०ल

छाल खवरधरान,३ माघः धरान उपमहानगरपालिकामा भाइरल वडाध्यक्षको रुपमा परिचित धरा ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic