नवनियुक्त उपकुलपति प्रा.डा. विक्रम प्रसाद श्रेष्ठद्वारा पदभार ग्रहण

  • साउन ३०, २०८२
  • २,४०७ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,३० साउनः स्थानीय व्यक्तिलाई पहिलो पटक नियुक्त भएका बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका नवनियुक्त उपकुलपति प्राध्यापक डाक्टर विक्रम प्रसाद श्रेष्ठले शुक्रवारबाट कार्यभार सम्हाल्नु भएको छ ।

बुधबार नियुक्ति प्राप्त गर्नु भएका नवनियुक्त उपकुलपति प्रा.डा. श्रेष्ठले प्रतिष्ठानको कुलपति पदको कार्यभार सम्हाल्नु भएको हो ।

नवनियुक्त उपकुलपति प्रा.डा. श्रेष्ठले चारजना पदाधिकारीको छलफल प्रतिष्ठानमा रहेका कर्मचारी कल्याण समाज, कर्मचारी कल्याण समाजसँग सहकार्य गरेर वीपीको विकासमा अगाडि बढ्ने बताउनुभयो ।

श्रेष्ठले विगतको जस्तो पदाधिकारीहरुको वेमेलको अवस्था सिर्जना हुन नदिने वातावरण तयार पार्न आफूबाट हरसम्भव कोशिश गर्ने बताउनुभयो । उहाँले एक बर्षभित्रमा बीपीको वेथिति धेरै न्यूनिकरण भएर जाने प्रतिबद्धता जनाउनुभयो ।

पदभार ग्रहणमा प्रतिष्ठानका अस्पताल निर्देशक, शिक्षाध्यक्ष तथा रजिष्ट्रार सहित शिक्षक, कर्मचारीहरुले उहाँलाई स्वागत गरेका थिए ।

प्रतिष्ठानको उपकुलपतिमा चारजनाको नाम सिफारिस भएकोमध्ये उहाँलाई सरकारले प्रतिष्ठानको उपकुलपति पदमा नियुक्ति गरेको हो ।

प्रारम्भमा सर्च कमिटीले प्रा.डा. प्रह्लाद कार्की, प्रा.डा. रामेश कोइराला र प्रा.डा. रोहित यादवको नाम तय गरे पनि प्रा.डा. बिक्रम प्रसाद श्रेष्ठलाई सिफारिसमा छुटाउन नहुने भन्दै चर्को दबाब भएपछि उहाँको नाम समेत सिफारिसमा थपिएर आएको थियो ।

उपकुलपतिमा नियुक्त भएका प्रा.डा. श्रेष्ठ हाडजोर्नी विशेषज्ञ हुनुहुन्छ ।

विगतमा उहाँ प्रतिष्ठानमा एक कार्यकाल शिक्षाध्यक्षको जिम्मेवारी सम्हालीसक्नु भएकोले उहाँबाट बीपी प्रतिष्ठानका पदाधिकारी, कर्मचारी, विद्यार्थीका साथ धरानेहरुले बीपीको विकास हुने ठूलो अपेक्षा राखेका छन् ।

नेकपाको सुनसरी १ मा निर्वाचन परिचालन समिति गठन

छाल खवर धरान,९ माघः नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले सुनसरी १ को लागि प्र ...

हिविस्कस स्कुलद्धारा विद्यार्थी र अभिभावकलाई उप

छाल खवर धरान, शिक्षा र संस्कृतिको केन्द्र मानिने सहर हो। यही धरान–१५ ...

सुनसरी–१ मा २८ उम्मेदवारद्वारी दर्ता

छाल खवर धरान,६ माघ ः प्रतिनिधि सभा निर्वाचनमा सुनसरी निर्वाचन क्षेत्र १ बाट ...

चुम्लुङको प्रदेश अध्यक्षमा नरेन्द्र

छाल खवर धरान,४ माघः किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अ ...

सरकार र दुर्गा प्रसाईंबीच २७ बुँदे सहमति

छाल खवर काठमाडौं ३ माघ ः नागरिक बचाउ महाभियानका केन्द्रीय अध्यक्ष दुर्गा प् ...

 नेकपाबाट सुनसरी १ मा सूर्य बहादुर भट्टराई ९मनोज०ल

छाल खवरधरान,३ माघः धरान उपमहानगरपालिकामा भाइरल वडाध्यक्षको रुपमा परिचित धरा ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic