नवनियुक्त उपकुलपति प्रा.डा. विक्रम प्रसाद श्रेष्ठद्वारा पदभार ग्रहण

  • साउन ३०, २०८२
  • २,५३८ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,३० साउनः स्थानीय व्यक्तिलाई पहिलो पटक नियुक्त भएका बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका नवनियुक्त उपकुलपति प्राध्यापक डाक्टर विक्रम प्रसाद श्रेष्ठले शुक्रवारबाट कार्यभार सम्हाल्नु भएको छ ।

बुधबार नियुक्ति प्राप्त गर्नु भएका नवनियुक्त उपकुलपति प्रा.डा. श्रेष्ठले प्रतिष्ठानको कुलपति पदको कार्यभार सम्हाल्नु भएको हो ।

नवनियुक्त उपकुलपति प्रा.डा. श्रेष्ठले चारजना पदाधिकारीको छलफल प्रतिष्ठानमा रहेका कर्मचारी कल्याण समाज, कर्मचारी कल्याण समाजसँग सहकार्य गरेर वीपीको विकासमा अगाडि बढ्ने बताउनुभयो ।

श्रेष्ठले विगतको जस्तो पदाधिकारीहरुको वेमेलको अवस्था सिर्जना हुन नदिने वातावरण तयार पार्न आफूबाट हरसम्भव कोशिश गर्ने बताउनुभयो । उहाँले एक बर्षभित्रमा बीपीको वेथिति धेरै न्यूनिकरण भएर जाने प्रतिबद्धता जनाउनुभयो ।

पदभार ग्रहणमा प्रतिष्ठानका अस्पताल निर्देशक, शिक्षाध्यक्ष तथा रजिष्ट्रार सहित शिक्षक, कर्मचारीहरुले उहाँलाई स्वागत गरेका थिए ।

प्रतिष्ठानको उपकुलपतिमा चारजनाको नाम सिफारिस भएकोमध्ये उहाँलाई सरकारले प्रतिष्ठानको उपकुलपति पदमा नियुक्ति गरेको हो ।

प्रारम्भमा सर्च कमिटीले प्रा.डा. प्रह्लाद कार्की, प्रा.डा. रामेश कोइराला र प्रा.डा. रोहित यादवको नाम तय गरे पनि प्रा.डा. बिक्रम प्रसाद श्रेष्ठलाई सिफारिसमा छुटाउन नहुने भन्दै चर्को दबाब भएपछि उहाँको नाम समेत सिफारिसमा थपिएर आएको थियो ।

उपकुलपतिमा नियुक्त भएका प्रा.डा. श्रेष्ठ हाडजोर्नी विशेषज्ञ हुनुहुन्छ ।

विगतमा उहाँ प्रतिष्ठानमा एक कार्यकाल शिक्षाध्यक्षको जिम्मेवारी सम्हालीसक्नु भएकोले उहाँबाट बीपी प्रतिष्ठानका पदाधिकारी, कर्मचारी, विद्यार्थीका साथ धरानेहरुले बीपीको विकास हुने ठूलो अपेक्षा राखेका छन् ।

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

धरान–१६ मा सिद्धार्थ शिशु सदनको वार्षिक कार्यक्रम

छाल खवर धरान,३ वैशाखः धरान–सिदार्थ शिशु सदन धरान–१६ मा वार्षिक ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic