सिङ्गिङ च्यालेन्जमा पहिलो चरणमा ३७ जना छनौट

  • साउन ३१, २०८२
  • १,३३६ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान, ३१ श्रावण – माध्यामिक विद्यालय स्तरका विद्यार्थीहरुको प्रतिभा प्रष्फुटन गर्ने उदेश्यले धरानमा पहिलो धरान स्कुल सिङ्गिङ च्यालेन्ज –२०८२ को पहिलो अडिसन सम्पन्न भएको छ ।

(याडिकल लाइट नेपाल प्रा.लि.द्वारा आयोजनामा धरान स्कुल सिङ्गिङ च्यालेन्ज–२०८२ को पहिलो अडिसन शुक्रबार सम्पन्न भएको हो ।
धरान–८ स्थित सहिद स्मृति माध्यमिक विद्यालयको सभाहलमा सम्पन्न भएको सो प्रतियोगितामा ७७ सहभागी मध्ये ३७ जनाले दोस्रो चरणको लागि आफ्नो स्थान सुरक्षित गरेका छन्।

स्थान सुरक्षित गर्नेहरुमा हिबिस्कस बोर्डिङ स्कुलका सबिन बोहोरा,सहिद स्मृति माध्यमिक विद्यालयका सोहन बराईली, बिशोक तामाङ, बबिता बिक र समुयल सिवा, च्याम्पियन सेकेन्डरी बोर्डिङ स्कुलका सागर गजमेर र गुरास बराईली, ज्ञानकुन्ज रेसिडेन्सियल स्कुलकी सृष्टि तामाङ, स्नेहा ल्वागुन, सुस्मिन श्रेष्ठ र सफिरा लिम्बु छन्।

त्यस्तै मेरील्याण्ड इङ्लिस बोर्डिङ स्कुलकी नितु तामाङ, कार्मेल हाईस्कुलका सुहाङ लिम्बु, लोटस इङ्लिस बोर्डिङ स्कुलकी खुशि भुजेल र काजोल राई पनि छनोट भएका छन्।

पञ्चकन्या माध्यमिक विद्यालयका सागर राई, बिजयपुर सेकेन्डरी स्कुलका बिबेक बिशुन्खे, सहिल श्रेष्ठ र मेलिसा बराईली, जेम सेकेन्डरी स्कुलकी जेनिसा राई, प्रिन्स राई र प्राप्ति बिक पनि दोस्रो चरणमा पुगेका छन्।

यता सुनाखरी एकेडेमीका सुमित दर्जी, अर्मोन श्रेष्ठ र मेडिया लिम्बु ,जेनिथ इङ्लिस बोर्डिङ स्कुलका इस्मान गजमेर र रिजोई लिम्बु, छनोट भएका छन्।

त्यस्तै शिक्षा सन्देश सेकेन्डरी बोर्डिङ स्कुलकी सेस्मा लिम्बु र अभिषेक बराईली, किरातेश्वर माध्यमिक विद्यालयकी समिक्षा बिक, भानु स्मृति माध्यमिक विद्यालयका प्रबिन गहतराज, शारदा बालिका नमुना माध्यमिक विद्यालयकी पुजा राई, पब्लिक माध्यमिक विद्यालय (फुस्रे) का ह्यापिसन लिम्बु, पूर्वाञ्चल ज्ञानचक्षु विद्यालयका महेस रनपाल र डिपोट सेकेन्डरी स्कुलकी नायुमा राई, प्रज्ञा राई र पब्लिक हाईस्कुलकी खान्नुमा राई, दोस्रो चरणमा प्रवेश गरेकाछन् ।

प्रतियोगिताका निर्णायकमा गायक प्राशान्त शर्मा र गायक तथा संगीत प्रशिक्षक बिनायक राई थिए।

आयोजक प्रा.लि.का अध्यक्ष तिर्थ कार्कीका अनुसार गायनमा रुचि राख्ने विद्यार्थीलाई उचित मञ्च प्रदान गर्दै प्रतिभा उजागर गर्ने उद्देश्यले यो प्रतियोगिता आयोजना गरिएको हो।

बिजेताले नगद रु. २५ हजार, फर्स्ट रनरअपले रु.१५ हजार, सेकेन्ड रनरअपले रु.७ हजार र थर्ड रनरअपले रु.३ हजार नगदसहित ट्रफी र प्रमाणपत्र पाउनेछन्।

दोस्रो चरणको प्रतिस्पर्धा आगामी भदौ ७ गते शनिबार सहिद स्मृति माध्यमिक विद्यालयमा हुनेछ।

प्रतियोगितामा धरान उप–महानगरपालिका भित्रका सामुदायिक र निजी विद्यालयगरी २८ विद्यालयका कक्षा–१० सम्मका विद्यार्थीले प्रतिस्पर्धा गरेका थिए।

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

धरान–१६ मा सिद्धार्थ शिशु सदनको वार्षिक कार्यक्रम

छाल खवर धरान,३ वैशाखः धरान–सिदार्थ शिशु सदन धरान–१६ मा वार्षिक ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic