धरानमा पहिलो पटक तिज क्विन

  • भदौ ५, २०८२
  • १,०२० पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,५भाद्र ः विवाहित महिलाहरुको वौद्धिकतालाई प्रतिष्पर्धा मार्फत निखारता दिनको लागि धरानमा मिसेज तिज क्विन प्रतियोगिता आयोजना गरीने भएको छ ।

शिल्पी स्मार्ट नेपालको आयोजनामा हुन लागेको सो प्रतियोगितामा अन्तिम प्रतियोगितामा ११ जनाले सहभागिता जनाउने आयोजकले जनाएको छ ।

नेपाली महिलाहरुको महान चाड तीज अन्तर्गत विवाहित महिलाहरुको सहभागिता रहने मिसेस तीज क्वीन धरान २०८२ सिजन–१ को ग्राण्ड फिनाली भाद्र ७ गते हुने आयोजकले जानकारी दिएको छ ।

महिलाहरुको प्रतिभालाई प्रष्फुटन गराई आत्मविश्वास र सशक्तिकरण बनाउने र क्षमता र प्रतिभा भएर पनि अवसर नपाएर घरभित्र मात्र सीमित रहेका महिलाहरुको बौद्विकतालाई निखारता ल्याउने उदेश्यले आयोजना गरिएको संस्थाका अध्यक्ष मिना गजमेरले जानकारी दिएकी छिन् ।

तालिम लिईरहेका सहभागीहरुले दर्शकमाझ कसरी आफ्नो परिचय दिने, कसरी हिड्ने, कसरी माइक समात्ने, र कसरी आफ्नो कलालाई प्रस्तुत गर्ने, कसरी आफ्नो कुरा कसरी प्रष्ट कुरा राख्ने भन्ने विषयमा प्रशिक्षण लिइरहेकाछन् ।

धरान–१० सैनिक भवनमा शनिवार हुने फाइनल प्रतियोगितामा धरान नगरपालिका उपप्रमुख अइन्द्र विक्रम वेघा प्रमख आतिथ्यता हुने भएको छ ।

प्रतियोगितामा विजेताले ताज सहित प्रमाण पत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।
यो प्रतियोगिता धरानमा पहिलो भएको आयोजकको दावी रहेको छ ।

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

धरान–१६ मा सिद्धार्थ शिशु सदनको वार्षिक कार्यक्रम

छाल खवर धरान,३ वैशाखः धरान–सिदार्थ शिशु सदन धरान–१६ मा वार्षिक ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic