धरानमा पहिलो पटक तिज क्विन

  • भदौ ५, २०८२
  • ७५५ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,५भाद्र ः विवाहित महिलाहरुको वौद्धिकतालाई प्रतिष्पर्धा मार्फत निखारता दिनको लागि धरानमा मिसेज तिज क्विन प्रतियोगिता आयोजना गरीने भएको छ ।

शिल्पी स्मार्ट नेपालको आयोजनामा हुन लागेको सो प्रतियोगितामा अन्तिम प्रतियोगितामा ११ जनाले सहभागिता जनाउने आयोजकले जनाएको छ ।

नेपाली महिलाहरुको महान चाड तीज अन्तर्गत विवाहित महिलाहरुको सहभागिता रहने मिसेस तीज क्वीन धरान २०८२ सिजन–१ को ग्राण्ड फिनाली भाद्र ७ गते हुने आयोजकले जानकारी दिएको छ ।

महिलाहरुको प्रतिभालाई प्रष्फुटन गराई आत्मविश्वास र सशक्तिकरण बनाउने र क्षमता र प्रतिभा भएर पनि अवसर नपाएर घरभित्र मात्र सीमित रहेका महिलाहरुको बौद्विकतालाई निखारता ल्याउने उदेश्यले आयोजना गरिएको संस्थाका अध्यक्ष मिना गजमेरले जानकारी दिएकी छिन् ।

तालिम लिईरहेका सहभागीहरुले दर्शकमाझ कसरी आफ्नो परिचय दिने, कसरी हिड्ने, कसरी माइक समात्ने, र कसरी आफ्नो कलालाई प्रस्तुत गर्ने, कसरी आफ्नो कुरा कसरी प्रष्ट कुरा राख्ने भन्ने विषयमा प्रशिक्षण लिइरहेकाछन् ।

धरान–१० सैनिक भवनमा शनिवार हुने फाइनल प्रतियोगितामा धरान नगरपालिका उपप्रमुख अइन्द्र विक्रम वेघा प्रमख आतिथ्यता हुने भएको छ ।

प्रतियोगितामा विजेताले ताज सहित प्रमाण पत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।
यो प्रतियोगिता धरानमा पहिलो भएको आयोजकको दावी रहेको छ ।

नेकपाको सुनसरी १ मा निर्वाचन परिचालन समिति गठन

छाल खवर धरान,९ माघः नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले सुनसरी १ को लागि प्र ...

हिविस्कस स्कुलद्धारा विद्यार्थी र अभिभावकलाई उप

छाल खवर धरान, शिक्षा र संस्कृतिको केन्द्र मानिने सहर हो। यही धरान–१५ ...

सुनसरी–१ मा २८ उम्मेदवारद्वारी दर्ता

छाल खवर धरान,६ माघ ः प्रतिनिधि सभा निर्वाचनमा सुनसरी निर्वाचन क्षेत्र १ बाट ...

चुम्लुङको प्रदेश अध्यक्षमा नरेन्द्र

छाल खवर धरान,४ माघः किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अ ...

सरकार र दुर्गा प्रसाईंबीच २७ बुँदे सहमति

छाल खवर काठमाडौं ३ माघ ः नागरिक बचाउ महाभियानका केन्द्रीय अध्यक्ष दुर्गा प् ...

 नेकपाबाट सुनसरी १ मा सूर्य बहादुर भट्टराई ९मनोज०ल

छाल खवरधरान,३ माघः धरान उपमहानगरपालिकामा भाइरल वडाध्यक्षको रुपमा परिचित धरा ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic