सिटी कलेजकी स्मिता विविएस चौथो वर्षमा सुनसरी प्रथम भएको कलेजको दावी

  • भदौ ९, २०८२
  • ३,८४६ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,९ भाद्रः धरान सिटी कलेजकी स्मिता तामाङ्ग सुनसरी जिल्ला कै उत्कष्ट भएको कलेजले दावी गरेकोेछ ।

त्रिभुवन विश्वविद्यालयको बीबीएस चौथो वर्षको वार्षिक परीक्षामा सहभागी भएकी तामाङ्गले ८३.८ प्रतिशत अंक ल्याई सुनसरी कै उत्कृष्ट भएको कलेजले दावी गरेको हो ।

कलेजबाट परिक्षा दिएका ६३ मध्ये ८३.८ अंक ल्याउदै तामाङ्गले जिल्ला कै उत्कृष्ट भएको कलेजले जनाएको छ ।

हालै प्रकाशित नतिजा अनुसार सुनसरी जिल्लाका कलेजहरुबाट कसैले पनि ८३.८ प्रतिशत नतिजा ल्याएको जानकारी नगराएको हुदा अरुले सो अंक भन्दा माथिको नतिजा ल्याएको दावी नगरेसम्म आफ्नो कलेजको विद्यार्थी जिल्ला कै प्रथम भएको कलेजका उप–प्राध्यापक विशाल श्रेष्ठले दावी गरेकाछन्।

श्रेष्ठले दिएको जानकारी अनुसार ६३ जनाले परिक्षा दिएकोमा ४१ जनाले उत्तीर्ण गरेकाछन् ।

यस वर्ष चौथो वर्षमा ६६ प्रतिशत विद्यार्थीले सफलता हासिल गरेका छन्।

समय व्यवस्थापन, कडा मिहिनेत, समयमै तयारी, अनि घरमा आमाको साथ र हौसला नै आफ्नो सफलता रहेको स्मिताको भनाई रहेको छ । स्मितासँगै कलेजबाट दुई जनाले बिशिष्ट श्रेणी ल्याएका छन्।

कलेजबाट इशा वर्नवालले ८०.४ प्रतिशत र मार्टिन बराइलीले ७५.८ प्रतिशत अंक ल्याउन सफल भएकाछन्।

इशा वर्नवालले रोजगारी गर्दै पढ्दा पनि दरिलो आत्मविश्वास र कलेजको साथ–सहयोगका कारण सफलता प्राप्त भएको बताइन्।

यता ७५.८ प्रतिशत ल्याएका मार्टिन बराईलीले कक्षामा बढी फोकस गर्ने र परीक्षाको समयमा अझ संवेदनशील भएर पढ्ने बानीले सफलता प्राप्त भएको वताए ।

सिटी कलेजबाट यस अघि पनि महेश अग्रवाल दुइपटक पूर्वाञ्चल प्रथम भएका थिए भने प्रेरणा पराजुलीले पनि पूर्वाञ्चल प्रथम भएकी थिइन । महेश हाल सिटी कलेजमा नै पढाउदै आएकाछन् भने प्रेरणा अष्ट्रेलियामा कार्यरत रहेकीछिन् ।

बिशिष्ट श्रेणी ल्याएका स्मिता तामाङ र मार्टिन बराईलीलाई क्याम्पस प्रमुख खड्ग विक्रम सिंह कार्की, उप–प्राध्यापक विशाल श्रेष्ठ र प्राध्यापक लोक श्रेष्ठलगायतले खदा र अबिर लगाएर सम्मान गरेका थिए ।

 

 

 

नेकपाको सुनसरी १ मा निर्वाचन परिचालन समिति गठन

छाल खवर धरान,९ माघः नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले सुनसरी १ को लागि प्र ...

हिविस्कस स्कुलद्धारा विद्यार्थी र अभिभावकलाई उप

छाल खवर धरान, शिक्षा र संस्कृतिको केन्द्र मानिने सहर हो। यही धरान–१५ ...

सुनसरी–१ मा २८ उम्मेदवारद्वारी दर्ता

छाल खवर धरान,६ माघ ः प्रतिनिधि सभा निर्वाचनमा सुनसरी निर्वाचन क्षेत्र १ बाट ...

चुम्लुङको प्रदेश अध्यक्षमा नरेन्द्र

छाल खवर धरान,४ माघः किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अ ...

सरकार र दुर्गा प्रसाईंबीच २७ बुँदे सहमति

छाल खवर काठमाडौं ३ माघ ः नागरिक बचाउ महाभियानका केन्द्रीय अध्यक्ष दुर्गा प् ...

 नेकपाबाट सुनसरी १ मा सूर्य बहादुर भट्टराई ९मनोज०ल

छाल खवरधरान,३ माघः धरान उपमहानगरपालिकामा भाइरल वडाध्यक्षको रुपमा परिचित धरा ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic