सुनाखरी एकेडेमीका नयाँ विद्यार्थीलाई स्वागत

  • भदौ १३, २०८२
  • ६,२७४ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१३ भाद्रः सुनाखरी एकेडेमी धरान–१२ मा कक्षा–११ मा भर्ना भएका नयाँ विद्यार्थीलाई शुक्रबार स्वागत कार्यक्रम सम्पन्न भएको छ ।

विद्यालयको प्राङ्गणमा आयोजना गरि सो कार्यक्रम गरीएको हो ।

प्रिन्सिपल मिलन राईले “सुनाखरी हल्लाको पछि नलागी गुणस्तरीय शिक्षा प्रदान गर्ने विश्वसनीय शैक्षिक संस्था भएको र आगामी दिनमा पनि अभिभावकको विश्वासलाई कायम नै राख्ने एकेडेमीको प्रतिबद्धता दोहोर्याएका थिए ।

SUNAKHARIA NEWS PHOTO = 3 कार्यक्रमका प्रमुख अतिथि धरान उप–महानगरपालिका शिक्षा महाशाखा प्रमुख ध्रुबराज खड्काले विद्यार्थीलाई उच्च शिक्षा अध्ययनका लागि विदेशमुखी नबनिन आग्रह गर्दै आफ्नै देशमा अध्ययन गरेर राष्ट्र विकासमा योगदान दिन प्रेरित गरे।

त्यस्तै, संयोजक तपकुमार राईले प्लस टु सुरु भएदेखि हालसम्मका शैक्षिक उपलब्धि र सफलताबारे जानकारी गराएका थिए।

SUNAKHARI NEWS PHOTO = 2 विद्यालयका प्रिन्सिपल मिलन राई, निर्देशक प्रदीप राई, प्लस टु संयोजक तपकुमार राई लगायतले नयाँ विद्यार्थीलाई खदा र अबिर लगाएर स्वागत गरेका थिए।

कार्यक्रममा विद्यार्थीहरूले आकर्षक नृत्य, गीत र कविता प्रस्तुत गरेका थिए। कार्यक्रममा शिक्षिका मौसमी कार्कीले सञ्चालन गरेकी थिइन्।

नेकपाको सुनसरी १ मा निर्वाचन परिचालन समिति गठन

छाल खवर धरान,९ माघः नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले सुनसरी १ को लागि प्र ...

हिविस्कस स्कुलद्धारा विद्यार्थी र अभिभावकलाई उप

छाल खवर धरान, शिक्षा र संस्कृतिको केन्द्र मानिने सहर हो। यही धरान–१५ ...

सुनसरी–१ मा २८ उम्मेदवारद्वारी दर्ता

छाल खवर धरान,६ माघ ः प्रतिनिधि सभा निर्वाचनमा सुनसरी निर्वाचन क्षेत्र १ बाट ...

चुम्लुङको प्रदेश अध्यक्षमा नरेन्द्र

छाल खवर धरान,४ माघः किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अ ...

सरकार र दुर्गा प्रसाईंबीच २७ बुँदे सहमति

छाल खवर काठमाडौं ३ माघ ः नागरिक बचाउ महाभियानका केन्द्रीय अध्यक्ष दुर्गा प् ...

 नेकपाबाट सुनसरी १ मा सूर्य बहादुर भट्टराई ९मनोज०ल

छाल खवरधरान,३ माघः धरान उपमहानगरपालिकामा भाइरल वडाध्यक्षको रुपमा परिचित धरा ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic