नेपाल तरुण दलद्धारा गृहमन्त्रीलाई वर्खास्त गरी कानुनी दायरामा ल्याउन माग

  • भदौ २३, २०८२
  • २६० पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२३ भाद्रः नेपाल तरुण दल क्षेत्रीय समिति क्षेत्र नं. १ सुनसरीले गृहमन्त्री रमेश लेखकलाई वखास्त गरी कानुनी दायरामा ल्याउन माग गरेको छ ।

सामाजिक सञ्चाल वन्दको विरोधमा जेन जी पुस्ताले आयोजना गरेको शान्तिपूर्ण आन्दोलनमा प्रहरीले गोही हानी हत्या गरेको घटनाको विरोध जनाउदै गृहमन्त्रीलाई वखस्त गरी कानुनी दायरामा ल्याउन माग गरेको हो ।

नेपाल तरुण दल स्थापनाकाल देखि नै लोकतन्त्रको पक्षमा, विधीको पक्षमा चट्टान झै उभिरहेको र अन्यायको विरुद्धमा दिलोज्यान दिएर न्यायको पक्षमा आवाज वुलन्द गरी मुलुकको सर्वोपरी हितको निम्ति सधैंव लडदै आएको विज्ञप्तिमा उल्लेख गरीएको छ

मुलुकको वर्तमान राजनीतिक अवस्थाप्रति नेपाल तरुण दल गहिरो चिन्ता व्यक्त गर्दछ ।

क्षेत्रीय सभापति अजय राईले सोमवार प्रेस विज्ञप्ति प्रकाशित गरी नेपाली जनताका लागि संविधानले नै व्यवस्था गरेको मौलिक हकलाई कुन्ठित गर्ने कार्यको विरुद्धमा भएको जेन जी पुस्ताले गरेको विरोध प्रदर्शनमा निर्मम ढंगले हस्तक्षेप गरी हालसम्म प्रहरीबाट १७ जनाको ज्यान नै जाने गरी गोली प्रहार भएको घटनाको घोर भत्र्सना गरेकाछन् ।

आफ्नो अधिकारका लागि शान्तिपूर्ण आन्दोलनमा रहेका युवाहरुलाई गोली हानी हत्या गर्ने वर्तमान सरकारका गृहमन्त्री रमेश लेखकलाई तत्काल वर्खास्त गरी कानुनी दायरामा ल्याउन जोडदार मार्ग गर्दछौं विज्ञप्तिमा भनिएको छ ।

शान्तिपूर्ण आन्दोलन गरीरहेका युवाहरुको जायज माग तत्काल पुरा गर्न पनि सरकार समक्ष जोडदार माग समेत गरेको छ । जनताको जायज मागका लागि नेपाल तरुण दल समेत सडकमा उत्रन वाध्य हुने समेत चेतावनि विज्ञप्तिमा दिइएको छ ।

घटनामा परि ज्यान गुमाउने युवाहरु प्रति श्रद्धाञ्जली अर्पण गर्र्दै परिवारजनमा गहिरो समवेदना व्यक्त गरेको छ ।

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

धरान–१६ मा सिद्धार्थ शिशु सदनको वार्षिक कार्यक्रम

छाल खवर धरान,३ वैशाखः धरान–सिदार्थ शिशु सदन धरान–१६ मा वार्षिक ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic