नेपाल तरुण दलद्धारा गृहमन्त्रीलाई वर्खास्त गरी कानुनी दायरामा ल्याउन माग

  • भदौ २३, २०८२
  • १८१ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२३ भाद्रः नेपाल तरुण दल क्षेत्रीय समिति क्षेत्र नं. १ सुनसरीले गृहमन्त्री रमेश लेखकलाई वखास्त गरी कानुनी दायरामा ल्याउन माग गरेको छ ।

सामाजिक सञ्चाल वन्दको विरोधमा जेन जी पुस्ताले आयोजना गरेको शान्तिपूर्ण आन्दोलनमा प्रहरीले गोही हानी हत्या गरेको घटनाको विरोध जनाउदै गृहमन्त्रीलाई वखस्त गरी कानुनी दायरामा ल्याउन माग गरेको हो ।

नेपाल तरुण दल स्थापनाकाल देखि नै लोकतन्त्रको पक्षमा, विधीको पक्षमा चट्टान झै उभिरहेको र अन्यायको विरुद्धमा दिलोज्यान दिएर न्यायको पक्षमा आवाज वुलन्द गरी मुलुकको सर्वोपरी हितको निम्ति सधैंव लडदै आएको विज्ञप्तिमा उल्लेख गरीएको छ

मुलुकको वर्तमान राजनीतिक अवस्थाप्रति नेपाल तरुण दल गहिरो चिन्ता व्यक्त गर्दछ ।

क्षेत्रीय सभापति अजय राईले सोमवार प्रेस विज्ञप्ति प्रकाशित गरी नेपाली जनताका लागि संविधानले नै व्यवस्था गरेको मौलिक हकलाई कुन्ठित गर्ने कार्यको विरुद्धमा भएको जेन जी पुस्ताले गरेको विरोध प्रदर्शनमा निर्मम ढंगले हस्तक्षेप गरी हालसम्म प्रहरीबाट १७ जनाको ज्यान नै जाने गरी गोली प्रहार भएको घटनाको घोर भत्र्सना गरेकाछन् ।

आफ्नो अधिकारका लागि शान्तिपूर्ण आन्दोलनमा रहेका युवाहरुलाई गोली हानी हत्या गर्ने वर्तमान सरकारका गृहमन्त्री रमेश लेखकलाई तत्काल वर्खास्त गरी कानुनी दायरामा ल्याउन जोडदार मार्ग गर्दछौं विज्ञप्तिमा भनिएको छ ।

शान्तिपूर्ण आन्दोलन गरीरहेका युवाहरुको जायज माग तत्काल पुरा गर्न पनि सरकार समक्ष जोडदार माग समेत गरेको छ । जनताको जायज मागका लागि नेपाल तरुण दल समेत सडकमा उत्रन वाध्य हुने समेत चेतावनि विज्ञप्तिमा दिइएको छ ।

घटनामा परि ज्यान गुमाउने युवाहरु प्रति श्रद्धाञ्जली अर्पण गर्र्दै परिवारजनमा गहिरो समवेदना व्यक्त गरेको छ ।

नेकपाको सुनसरी १ मा निर्वाचन परिचालन समिति गठन

छाल खवर धरान,९ माघः नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले सुनसरी १ को लागि प्र ...

हिविस्कस स्कुलद्धारा विद्यार्थी र अभिभावकलाई उप

छाल खवर धरान, शिक्षा र संस्कृतिको केन्द्र मानिने सहर हो। यही धरान–१५ ...

सुनसरी–१ मा २८ उम्मेदवारद्वारी दर्ता

छाल खवर धरान,६ माघ ः प्रतिनिधि सभा निर्वाचनमा सुनसरी निर्वाचन क्षेत्र १ बाट ...

चुम्लुङको प्रदेश अध्यक्षमा नरेन्द्र

छाल खवर धरान,४ माघः किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अ ...

सरकार र दुर्गा प्रसाईंबीच २७ बुँदे सहमति

छाल खवर काठमाडौं ३ माघ ः नागरिक बचाउ महाभियानका केन्द्रीय अध्यक्ष दुर्गा प् ...

 नेकपाबाट सुनसरी १ मा सूर्य बहादुर भट्टराई ९मनोज०ल

छाल खवरधरान,३ माघः धरान उपमहानगरपालिकामा भाइरल वडाध्यक्षको रुपमा परिचित धरा ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic