सुनसरीमा आज र भोली बिहान सम्म कर्फ्यु जारी

  • भदौ २६, २०८२
  • ४१८ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२६ भाद्रः सुनसरी जिल्ला प्रशासनले आज बिहीबार दिउँसो देखी भोली शुक्रवार बिहान सम्म कर्फ्यु आदेश जारी गरेको छ ।

जिल्ला प्रशासनले धरान, इटहरी उपमहानगरपालिका र इनरुवा र दुहबी नगरपालिकामा कफ्र्यु जारी गरेको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी लोकमान श्रेष्ठद्वारा आज बिहीबार जारी कर्फ्यु रनिषेधाज्ञामा आज दिउँसो १ बजे देखी ५ बजे सम्म र राती ९ बजे देखी भोली शुक्रवार बिहान ६ बजे सम्म कर्फ्यु लागु हुने बताइएको छ ।

स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ क बमोजिम कर्फ्यु आदेश जारी भएको हो ।

कर्फ्युको अवधिमा उल्लेख गरिएको क्षेत्रभित्र कसैले पनि आवतजावत गर्न नहुने, कुनै प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ गर्न नपाउने गरी कर्फ्यु आदेश जारी गरिएको उल्लेख छ ।

आदेशमा तोकिएको समय तालिका बाहेकका अन्य समयमा सर्वसाधारणहरूको दैनिक उपभोग्य वस्तु खरिद तथा अन्य आवश्यक व्यवस्थापनको लागि कर्फ्यु तथा निषेधाज्ञा हटाइएको जनाइएको छ ।

 

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

धरान–१६ मा सिद्धार्थ शिशु सदनको वार्षिक कार्यक्रम

छाल खवर धरान,३ वैशाखः धरान–सिदार्थ शिशु सदन धरान–१६ मा वार्षिक ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic