अन्तत दलहरू फागुन २१ का लागि तयार

  • भदौ ३१, २०८२
  • ४९७ पटक पढिएको
  • छाल खबर
alt


फणीन्द्र नेपाल
काठमाडौं,३१ भाद्रः  सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले फागुन २१ गतेलाई घोषणा गरेको प्रतिनिधिसभा निर्वाचनप्रति प्रायस् सबै दल सकारात्मक देखिएका छन् ।

भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि बनेको सुशीला कार्की नेतृत्वको सरकारले प्रतिनिधि सभा विघटन र चुनावको मिति घोषणा गरेको थियो ।

उक्त घोषणालाई सुरुमा प्रमुख दलहरूले स्वीकार गरेका थिएनन् । तर पछि नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र लगायतका दलहरूले तोकिएको मितिमा चुनाव हुनुपर्ने भन्दै त्यसका लागि सहयोग गर्न तयार रहेको बताउन थालेका छन् ।

प्रमुख तीन ठुला दलबाहेक राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०, जनता समाजवादी पार्टी ९जसपा०, नेकपा एकीकृत समाजवादीलगायत दलका नेताहरू पनि निर्वाचनप्रति सकारात्मक देखिएका छन् ।

उनीहरूका पछिल्ला वक्तव्य र नेताहरूका अभिव्यक्तिले दलहरू तोकिएकै समयमा स्वतन्त्र, निष्पक्ष र भयरहित निर्वाचनको पक्षमा देखिएको प्रस्टै बुझ्न सकिन्छ ।

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सोमबार धारणा सार्वजनिक गर्दै निर्वाचनको मिति घोषणा भइसकेको अवस्थामा जिम्मेवार र लोकतान्त्रिक पार्टीको हैसियतले तोकिएको समयमा निर्वाचन सुनिश्चित गर्नुपर्ने बताएका छन् ।

‘अन्तरिम सरकार गठन भइसकेको छ, निर्वाचनको मिति घोषणा भएको छ। जिम्मेवार लोकतान्त्रिक पार्टीको हैसियतले तोकिएको समयमा निर्वाचन सुनिश्चित गराऔँ र आवश्यक सहयोग गरौँ’, महामन्त्री थापाले भनेका छन् ।

एमालेले पनि तोकिएको समयमा निर्वाचन भए सघाउन तयार रहेको जनाएको छ । सोमबार पार्टी कार्यालय च्यासलमा आन्दोलनका क्रममा ध्वस्त भएको कार्यालय अनुगमनपछि महासचिव शंकर पोखरेलले सुशासन कायम गर्ने, भ्रष्टाचार अन्त्य गर्ने तथा विकास र समृद्धिको यात्रालाई तीव्रता दिने कुरामा वर्तमान सरकार अगाडि बढेमा सहयोग गर्न तयार रहेको बताए ।

‘यो सरकार अन्तरिम सरकार भएकाले उसको कर्तव्य समयमा निर्वाचन गराउने कुरा हो। शान्ति सुरक्षाको वातावरण तयार गरेर समयमा निर्वाचन गराउने काममा सरकारको ध्यान जाओस्’, महासचिव पोखरेलले भने ।

यस्तै नेकपा माओवादी केन्द्र पनि निर्वाचनप्रति सकारात्मक नै देखिएको छ । वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले अन्तरिम सरकार बनेको र चुनावको मिति घोषणा भइसकेकाले घोषित मितिमा निर्वाचन सम्पन्न गराउनुपर्ने बताए ।

‘अन्तरिम सरकार बनिसकेको र चुनावको मिति समेत घोषणा भइसकेको अवस्थामा हामीले अब घोषित मितिमा निर्वाचन गर्नुपर्छ भनेर एकजुट भएर जानु आजको आवश्यकता हो’, श्रेष्ठले भने ।

अर्को दल राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले पनि ताजा जनादेशमा जानुपर्ने बताएको छ । समयमै निर्वाचन गरेर लोकतान्त्रिक अभ्यासलाई अगाडि बढाउनुपर्नेमा रास्वपाको जोड छ ।

रास्वपाका प्रवक्ता मनिष झाले समयमै ताजा जनादेशमा गएर लोकतान्त्रिक अभ्यासलाई अगाडि बढाउनुपर्ने बताए ।प्रमुख चार दल लगायतका नेताहरू निर्वाचनप्रति सकारात्मक देखिएपनि उनीहरुले पार्टी बैठकबाट यससम्बन्धी औपचारिक निर्णय भने गरिसकेका छैनन् ।

रातोपाटीबाट

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

धरान–१६ मा सिद्धार्थ शिशु सदनको वार्षिक कार्यक्रम

छाल खवर धरान,३ वैशाखः धरान–सिदार्थ शिशु सदन धरान–१६ मा वार्षिक ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic