तोडफोड गर्ने विरुद्ध पूर्व मेयर मेन्याङ्बोले दिए किटानी जाहेरी

  • भदौ ३१, २०८२
  • २,२०८ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,३१ भाद्रः धरानका पूर्व नगरप्रमुख मनोजकुमार मेन्याङ्बोले जेन जि आन्दोलनको नाममा आफ्नो होटलमा भएको तोडफोड र आगजनि विरुद्ध इलाका प्रहरी कार्यालय धरानमा किटानी जाहेरी दर्ता गरेका छन् ।

पूर्व नगर प्रमुख मेन्याङ्वोले जेन–जी आन्दोलनको नाममा धरानमा सार्वजनिक तथा निजी सम्पत्तिमाथि गरिएको तोडफोड र आगजनीविरुद्ध कडा कारबाहीको माग गर्दै तोडफोड गर्ने विरुद्ध किटानी जाहेरी दिएका हुन् ।

पूर्व मेयर मेन्याङ्बोले सञ्चालन गर्दै आएको होटल कञ्चनजंघामा तोडफोड, आगजनी र लुटपाट जस्तो अराजक गतिविधि भएको उल्लेख गर्दै ५३ लाख २३ हजार रुपैयाँभन्दा बढीको क्षति भएको दाबी गरेका छन् । उनले दोषी पहिचान गरी हदैसम्मको कारबाही गर्न माग गरेका छन् ।

‘होटलका भौतिक संरचना मात्र नभई भित्र रहेका सम्पूर्ण सामग्रीसमेत तोडफोड गरिएको र राजनीतिक आन्दोलनको नाममा व्यक्तिगत पूर्वाग्रहका आधारमा योजनाबद्ध हमला भएको मेन्याङ्वोको भनाई रहेको छ ।

सो क्रममा पुर्ब प्रतिनिधि संसद जय कुमार राई, धरान उपमहानगरपालिकाका निवर्तमान नगरप्रमुख तिलक राई, निवर्तमान उपप्रमुख मञ्जु भण्डारी स्थानीय जनप्रतिनिधि, जनता समाजवादी पार्टी नेपालका नगर अध्यक्ष ताजुव लिम्वु लगायत  तथा राजनीतिक दलका नेताहरूको उपस्थिति रहेको थियो ।

निवर्तमान नगर उपप्रमुख मञ्जु भण्डारीले पनि आन्दोलनको नाममा गरिएको तोडफोड व्यक्तिगत रिसइवीका कारण भएको बताउदै अडियो–भिडियो प्रमाणमा समेत देखिएको उल्लेख गरेकी छिन् ।

कसले कस्को घर फोड्न जाने भनेर पहिल्यै योजना बनाइएको उनको दावी रहेको छ । उनले आफ्नो घरमा ५० देखि ६० लाख रुपैयाँभन्दा बढीको क्षति पुगेको दावी समेत गरेकी छिन् ।

जाहेरीका सम्वन्धमा इलाका प्रहरी कार्यालय धरानका प्रमुख डीएसपी प्रकाश जवेगुले घटनाको गम्भीरता बुझेको र दोषीमाथि आवश्यक अनुसन्धान अगाडि बढाइसकेको बताए । उनले उजुरीका आधारमा घटनाको विस्तृत छानबिन गर्ने थप जानकारी दिएकाछन् ।

भदौ २४ गते जेन–जी आन्दोलनको क्रममा पूर्व नगरप्रमुख मेन्याङ्बो, नगर उपप्रमुख मञ्जु भण्डारी, पूर्व प्रतिनिधि सभा सदस्य जयकुमार राई, काँग्रेस नेता उमेश थापा, सुजेन्द्र तामाङ, कार्यपालिका सदस्य सिर्जना नेपाल लगायतका घरमा तोडफोड तथा आगजनी गरिएको थियो ।

निवर्तमान नगरप्रमुख तिलक राई र वडा नं. १७ का वडाध्यक्ष सूर्यकुमार भट्टराई (मनोज) ले भने तत्कालको प्रतिकारबाट क्षति हुनबाट जोगाएका थिए ।

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

धरान–१६ मा सिद्धार्थ शिशु सदनको वार्षिक कार्यक्रम

छाल खवर धरान,३ वैशाखः धरान–सिदार्थ शिशु सदन धरान–१६ मा वार्षिक ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic