तोडफोड गर्ने विरुद्ध पूर्व मेयर मेन्याङ्बोले दिए किटानी जाहेरी

  • भदौ ३१, २०८२
  • २,०५४ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,३१ भाद्रः धरानका पूर्व नगरप्रमुख मनोजकुमार मेन्याङ्बोले जेन जि आन्दोलनको नाममा आफ्नो होटलमा भएको तोडफोड र आगजनि विरुद्ध इलाका प्रहरी कार्यालय धरानमा किटानी जाहेरी दर्ता गरेका छन् ।

पूर्व नगर प्रमुख मेन्याङ्वोले जेन–जी आन्दोलनको नाममा धरानमा सार्वजनिक तथा निजी सम्पत्तिमाथि गरिएको तोडफोड र आगजनीविरुद्ध कडा कारबाहीको माग गर्दै तोडफोड गर्ने विरुद्ध किटानी जाहेरी दिएका हुन् ।

पूर्व मेयर मेन्याङ्बोले सञ्चालन गर्दै आएको होटल कञ्चनजंघामा तोडफोड, आगजनी र लुटपाट जस्तो अराजक गतिविधि भएको उल्लेख गर्दै ५३ लाख २३ हजार रुपैयाँभन्दा बढीको क्षति भएको दाबी गरेका छन् । उनले दोषी पहिचान गरी हदैसम्मको कारबाही गर्न माग गरेका छन् ।

‘होटलका भौतिक संरचना मात्र नभई भित्र रहेका सम्पूर्ण सामग्रीसमेत तोडफोड गरिएको र राजनीतिक आन्दोलनको नाममा व्यक्तिगत पूर्वाग्रहका आधारमा योजनाबद्ध हमला भएको मेन्याङ्वोको भनाई रहेको छ ।

सो क्रममा पुर्ब प्रतिनिधि संसद जय कुमार राई, धरान उपमहानगरपालिकाका निवर्तमान नगरप्रमुख तिलक राई, निवर्तमान उपप्रमुख मञ्जु भण्डारी स्थानीय जनप्रतिनिधि, जनता समाजवादी पार्टी नेपालका नगर अध्यक्ष ताजुव लिम्वु लगायत  तथा राजनीतिक दलका नेताहरूको उपस्थिति रहेको थियो ।

निवर्तमान नगर उपप्रमुख मञ्जु भण्डारीले पनि आन्दोलनको नाममा गरिएको तोडफोड व्यक्तिगत रिसइवीका कारण भएको बताउदै अडियो–भिडियो प्रमाणमा समेत देखिएको उल्लेख गरेकी छिन् ।

कसले कस्को घर फोड्न जाने भनेर पहिल्यै योजना बनाइएको उनको दावी रहेको छ । उनले आफ्नो घरमा ५० देखि ६० लाख रुपैयाँभन्दा बढीको क्षति पुगेको दावी समेत गरेकी छिन् ।

जाहेरीका सम्वन्धमा इलाका प्रहरी कार्यालय धरानका प्रमुख डीएसपी प्रकाश जवेगुले घटनाको गम्भीरता बुझेको र दोषीमाथि आवश्यक अनुसन्धान अगाडि बढाइसकेको बताए । उनले उजुरीका आधारमा घटनाको विस्तृत छानबिन गर्ने थप जानकारी दिएकाछन् ।

भदौ २४ गते जेन–जी आन्दोलनको क्रममा पूर्व नगरप्रमुख मेन्याङ्बो, नगर उपप्रमुख मञ्जु भण्डारी, पूर्व प्रतिनिधि सभा सदस्य जयकुमार राई, काँग्रेस नेता उमेश थापा, सुजेन्द्र तामाङ, कार्यपालिका सदस्य सिर्जना नेपाल लगायतका घरमा तोडफोड तथा आगजनी गरिएको थियो ।

निवर्तमान नगरप्रमुख तिलक राई र वडा नं. १७ का वडाध्यक्ष सूर्यकुमार भट्टराई (मनोज) ले भने तत्कालको प्रतिकारबाट क्षति हुनबाट जोगाएका थिए ।

नेकपाको सुनसरी १ मा निर्वाचन परिचालन समिति गठन

छाल खवर धरान,९ माघः नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले सुनसरी १ को लागि प्र ...

हिविस्कस स्कुलद्धारा विद्यार्थी र अभिभावकलाई उप

छाल खवर धरान, शिक्षा र संस्कृतिको केन्द्र मानिने सहर हो। यही धरान–१५ ...

सुनसरी–१ मा २८ उम्मेदवारद्वारी दर्ता

छाल खवर धरान,६ माघ ः प्रतिनिधि सभा निर्वाचनमा सुनसरी निर्वाचन क्षेत्र १ बाट ...

चुम्लुङको प्रदेश अध्यक्षमा नरेन्द्र

छाल खवर धरान,४ माघः किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अ ...

सरकार र दुर्गा प्रसाईंबीच २७ बुँदे सहमति

छाल खवर काठमाडौं ३ माघ ः नागरिक बचाउ महाभियानका केन्द्रीय अध्यक्ष दुर्गा प् ...

 नेकपाबाट सुनसरी १ मा सूर्य बहादुर भट्टराई ९मनोज०ल

छाल खवरधरान,३ माघः धरान उपमहानगरपालिकामा भाइरल वडाध्यक्षको रुपमा परिचित धरा ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic