हिबिसकस वोडिङ स्कुलद्धारा खुल्ला हाजिरि जवाफ प्रतियोगिताको आयोजना

  • असोज ३, २०८२
  • १,८५४ पटक पढिएको
  • छाल खबर
alt


छाल खवर
धरान,३असोजः हिविसकस इङलिस वोडिङ स्कुल धरान –१५ले खुल्ला हाजिरी जवाफ प्रतियोगिता आयोजना गर्ने भएको छ ।

धरान हुदै जिल्ला स्तरीय अन्तर स्कुल हाजिरी जवाफ प्रतियोगिता आयोजना गर्दै आएको हिविस्कसले यस पटक भने खुल्ला हाजिरी जवाफ प्रतियोगिताको आयोजना गर्न लागेको हो ।
स्कुलले शुक्रवार पत्रकार सम्मेलनको आयोजना गरी कार्यक्रमको आयोजना गर्ने विषयमा जानकारी दिएको हो ।

विद्याथीैहरुलाई पढाईको अतिरिक्त वौद्धिक क्षमतालाई अगाडी वढाउने उदेश्यले कार्यक्रमको आयोजना गर्न लागिएको स्कुलका सल्लाहकार पवन झा ले जानकारी दिनुभयो ।

विगत तिन वर्षदेखि स्कुलले हिविसकस क्विज मेनिया नाम दिएर हाजिरी जवाफ प्रतियोगिता आयोजना गर्दै आएको छ ।

विगत दुई वर्षदेखि धरान नगर स्तरीय प्रतियोगिता सम्पन्न गरेकोमा गतवर्ष सुनसरी जिल्ला स्तरीय प्रतियोगिता आयोजना गरेको र यस पटक भने दायरा फराकिलो वनाउदै खुल्ला रुपमा गर्न लागेको सल्लाहकार झा ले वताउनु भयो ।

प्रतियोगितालाई थप प्रभावकारी वनाउन दायरा खुल्ला गरीएको र हाजिरीजवाफमा रुचि भएका जुन सुकै विद्यालयले पनि भाग लिन पाउने झा को भनाई रहेको छ । खरीदार लेवलको सिलेवलको आधारमा प्रश्नपत्र तयार गरीने भएकोले प्रतियोगितामा विजेता उपविजेता लगायत परिणाम ल्याउन सक्नेले लोकसेवा आयोग पास गर्न सक्ने क्षमताको विकास हुने पनि झा को दावी रहेको छ ।

झा का अनुसार यस पटक खुल्ला प्रतियोगिताको आयोजना गरीएको हुदा यस पटक पहिलो चरणमा १सय प्रश्न सोधिने छ भने अंकभार पनि १ मात्र कायम गरीने छ ।
पहिलो चरणमा ग्रुपमा लिखित प्रश्न दिइनेछ र सो बाट छनौट हुने टिमले फाइनलमा सहभागी हुन पाउनेछन 

यस वर्ष प्रतियोगिता संचालनको लागि स्कुलका शिक्षक सुवास मोक्तानको संयोजकत्वमा समिति निर्माण गरीएको स्कुलका निर्देशक गंगाराम राईले जानकारी दिनभयो ।
समितिमा सहसंयोजक विकास साह, जनसम्पर्क समन्वयमा नयन राज राई र्र प्राविधिकतर्फ मनिष श्रेष्ठलाई जिम्मेवारी दिइएको निर्देशक राईले वताउनु भयो ।

प्रतियोगितामा १ सय ५० भन्दा वढी विद्यालयले सहभागीता जनाउने विश्वास रहेको कार्यक्रम संयोजक सुवास मोक्तानले वताउनु भयो ।
प्रतियोगितामा प्रथम हुने टिमले नगद २० हजार,रनिङ ट्रफि,मेडल र प्रमाण–पत्र प्राप्त गर्नेछन् भने दोस्रो हुने टिमले नगद १५ हजार मेडल र प्रमाण–पत्र प्राप्त गर्ने स्कुलका प्रवन्ध निर्देशक गंगाराम राईले जानकारी दिनुभयो ।

यस पटक प्रथम पुरस्कार राशीमा गतवर्ष भन्दा वृद्धी गरीएको निर्देशक राईले जानकारी दिनुभयो । प्रतियोगितामा तेस्रो हुनेले नगद ८ हजार,मेडल र प्रमाण– पत्र प्राप्त गर्नेछन् ।

त्यस्तै चौथो हुने टिमले ६ हजार नगद र प्रमाण–पत्र प्राप्त गर्नेछन् , भने पाचौं हुने टिमले नगद ४ हजार र प्रमाण–पत्र पाउने छन् । सान्तवना हुने टिमले नगद २ हजार र प्रमाण–पत्र प्राप्त गर्नेछन् ।

प्रतियोगिता पुष ९ र १० गते स्कुलको प्राङ्गणमा आयोजना हुनेछ ।

पहिलो चरणमा छनौट हुने शिर्ष स्थानका ६ वटा टिमले १० गते हुने फाइनलमा भाग लिन पाउनेछ । २०७९ सालबाट शुरु भएको सो प्रतियोगिताको पहिलो विजेता हिबिसकस इङ्लिस वोडिङ स्कुल वनेको थियो भने दोस्रो वर्षको विजेता नेपाल पुलिस स्कुल वनेको थियो ।गत वर्षको विजेता भने हिविस्कस स्कुल वनेको थियो ।

 

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

धरान–१६ मा सिद्धार्थ शिशु सदनको वार्षिक कार्यक्रम

छाल खवर धरान,३ वैशाखः धरान–सिदार्थ शिशु सदन धरान–१६ मा वार्षिक ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic