हिबिसकस वोडिङ स्कुलद्धारा खुल्ला हाजिरि जवाफ प्रतियोगिताको आयोजना

  • असोज ३, २०८२
  • १,७७१ पटक पढिएको
  • छाल खबर
alt


छाल खवर
धरान,३असोजः हिविसकस इङलिस वोडिङ स्कुल धरान –१५ले खुल्ला हाजिरी जवाफ प्रतियोगिता आयोजना गर्ने भएको छ ।

धरान हुदै जिल्ला स्तरीय अन्तर स्कुल हाजिरी जवाफ प्रतियोगिता आयोजना गर्दै आएको हिविस्कसले यस पटक भने खुल्ला हाजिरी जवाफ प्रतियोगिताको आयोजना गर्न लागेको हो ।
स्कुलले शुक्रवार पत्रकार सम्मेलनको आयोजना गरी कार्यक्रमको आयोजना गर्ने विषयमा जानकारी दिएको हो ।

विद्याथीैहरुलाई पढाईको अतिरिक्त वौद्धिक क्षमतालाई अगाडी वढाउने उदेश्यले कार्यक्रमको आयोजना गर्न लागिएको स्कुलका सल्लाहकार पवन झा ले जानकारी दिनुभयो ।

विगत तिन वर्षदेखि स्कुलले हिविसकस क्विज मेनिया नाम दिएर हाजिरी जवाफ प्रतियोगिता आयोजना गर्दै आएको छ ।

विगत दुई वर्षदेखि धरान नगर स्तरीय प्रतियोगिता सम्पन्न गरेकोमा गतवर्ष सुनसरी जिल्ला स्तरीय प्रतियोगिता आयोजना गरेको र यस पटक भने दायरा फराकिलो वनाउदै खुल्ला रुपमा गर्न लागेको सल्लाहकार झा ले वताउनु भयो ।

प्रतियोगितालाई थप प्रभावकारी वनाउन दायरा खुल्ला गरीएको र हाजिरीजवाफमा रुचि भएका जुन सुकै विद्यालयले पनि भाग लिन पाउने झा को भनाई रहेको छ । खरीदार लेवलको सिलेवलको आधारमा प्रश्नपत्र तयार गरीने भएकोले प्रतियोगितामा विजेता उपविजेता लगायत परिणाम ल्याउन सक्नेले लोकसेवा आयोग पास गर्न सक्ने क्षमताको विकास हुने पनि झा को दावी रहेको छ ।

झा का अनुसार यस पटक खुल्ला प्रतियोगिताको आयोजना गरीएको हुदा यस पटक पहिलो चरणमा १सय प्रश्न सोधिने छ भने अंकभार पनि १ मात्र कायम गरीने छ ।
पहिलो चरणमा ग्रुपमा लिखित प्रश्न दिइनेछ र सो बाट छनौट हुने टिमले फाइनलमा सहभागी हुन पाउनेछन 

यस वर्ष प्रतियोगिता संचालनको लागि स्कुलका शिक्षक सुवास मोक्तानको संयोजकत्वमा समिति निर्माण गरीएको स्कुलका निर्देशक गंगाराम राईले जानकारी दिनभयो ।
समितिमा सहसंयोजक विकास साह, जनसम्पर्क समन्वयमा नयन राज राई र्र प्राविधिकतर्फ मनिष श्रेष्ठलाई जिम्मेवारी दिइएको निर्देशक राईले वताउनु भयो ।

प्रतियोगितामा १ सय ५० भन्दा वढी विद्यालयले सहभागीता जनाउने विश्वास रहेको कार्यक्रम संयोजक सुवास मोक्तानले वताउनु भयो ।
प्रतियोगितामा प्रथम हुने टिमले नगद २० हजार,रनिङ ट्रफि,मेडल र प्रमाण–पत्र प्राप्त गर्नेछन् भने दोस्रो हुने टिमले नगद १५ हजार मेडल र प्रमाण–पत्र प्राप्त गर्ने स्कुलका प्रवन्ध निर्देशक गंगाराम राईले जानकारी दिनुभयो ।

यस पटक प्रथम पुरस्कार राशीमा गतवर्ष भन्दा वृद्धी गरीएको निर्देशक राईले जानकारी दिनुभयो । प्रतियोगितामा तेस्रो हुनेले नगद ८ हजार,मेडल र प्रमाण– पत्र प्राप्त गर्नेछन् ।

त्यस्तै चौथो हुने टिमले ६ हजार नगद र प्रमाण–पत्र प्राप्त गर्नेछन् , भने पाचौं हुने टिमले नगद ४ हजार र प्रमाण–पत्र पाउने छन् । सान्तवना हुने टिमले नगद २ हजार र प्रमाण–पत्र प्राप्त गर्नेछन् ।

प्रतियोगिता पुष ९ र १० गते स्कुलको प्राङ्गणमा आयोजना हुनेछ ।

पहिलो चरणमा छनौट हुने शिर्ष स्थानका ६ वटा टिमले १० गते हुने फाइनलमा भाग लिन पाउनेछ । २०७९ सालबाट शुरु भएको सो प्रतियोगिताको पहिलो विजेता हिबिसकस इङ्लिस वोडिङ स्कुल वनेको थियो भने दोस्रो वर्षको विजेता नेपाल पुलिस स्कुल वनेको थियो ।गत वर्षको विजेता भने हिविस्कस स्कुल वनेको थियो ।

 

नेकपाको सुनसरी १ मा निर्वाचन परिचालन समिति गठन

छाल खवर धरान,९ माघः नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले सुनसरी १ को लागि प्र ...

हिविस्कस स्कुलद्धारा विद्यार्थी र अभिभावकलाई उप

छाल खवर धरान, शिक्षा र संस्कृतिको केन्द्र मानिने सहर हो। यही धरान–१५ ...

सुनसरी–१ मा २८ उम्मेदवारद्वारी दर्ता

छाल खवर धरान,६ माघ ः प्रतिनिधि सभा निर्वाचनमा सुनसरी निर्वाचन क्षेत्र १ बाट ...

चुम्लुङको प्रदेश अध्यक्षमा नरेन्द्र

छाल खवर धरान,४ माघः किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अ ...

सरकार र दुर्गा प्रसाईंबीच २७ बुँदे सहमति

छाल खवर काठमाडौं ३ माघ ः नागरिक बचाउ महाभियानका केन्द्रीय अध्यक्ष दुर्गा प् ...

 नेकपाबाट सुनसरी १ मा सूर्य बहादुर भट्टराई ९मनोज०ल

छाल खवरधरान,३ माघः धरान उपमहानगरपालिकामा भाइरल वडाध्यक्षको रुपमा परिचित धरा ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic