धरानको बजेट २ अर्ब २० करोड

  • असोज ४, २०८२
  • ५९६ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,४ असोजः लामो समयको विवाद र रस्साकस्सीका वावजुद धरान उपमहानगरले वजेट प्रस्तुत गरेको छ ।

शनिवार वसेको १७औँ नगरसभा मार्फत आव २०८२र८३ का लागि रु दुई अर्ब २० करोड ७४ लाख ५९ हजारको बजेट प्रस्तुत भएको हो ।

धरान उपमहानगरपालिकाका उपप्रमुख अइन्द्र विक्रम वेघाले आर्थिक वर्ष २०८२र८३ को नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेका थिए ।

बेघाले आव २०८२÷८३ का लागि रु दुई अर्ब २० करोड ७४ लाख ५९ हजारको बजेट प्रस्तुत गरेका थिए ।

उपमेयर वेघाद्धारा प्रस्तुत बजेटको स्रोतमा आन्तरिक राजस्वबाट रु ८० करोड ५३ लाख ६५ हजार, सङ्घीय सरकारबाट अनुदान रु ८९ करोड २९ लाख, प्रदेश सरकारबाट अनुदान रु सात करोड ७३ लाख ४४ हजार, राजस्व बाँडफाँटबाट रु ३४ करोड १८ लाख ५० हजार, सडक बोर्डबाट रु दुई करोड र गत वर्षको मौज्दातबाट रु ७ करोड प्राप्त हुने अनुमान गरिएको छ ।

प्रस्तुत वजेटमा सहरी योजना तथा भौतिक पूर्वाधार विकासतर्पm रु ६६ करोड ९४ लाख, शिक्षा, युवा तथा खेलकुदतर्फ रु ४६ करोड ८५ लाख, स्वास्थ्यतर्फ रु छ करोड ९९ लाख ९५ हजार, सामाजिक विकासतर्फ रु चार करोड ८६ लाख ४५ हजार विनियोजन गरिएको छ ।

त्यसैगरी आर्थिक विकासतर्फ रु एक करोड २९ लाख, वन वातवरण ऊर्जा तथा विपद् व्यवस्थापनतर्फ रु दुई करोड ७४ लाख ५० हजार, कानुन तथा न्याय सम्पादनतर्फ रु २० लाख, सार्वजानिक जग्गा संरक्षणतर्फ रु १५ लाख, राजस्व परिचालनतर्फ रु ४३ लाख र नगर भिजन कार्यक्रमतर्फ रु पाँच करोड पाँच लाख विनियोजन गरिएको छ । चालु आवका लागि धरानका २० वटा वडाका लागि रु २१ करोड विनियोजन गरेको छ ।

त्यसैगरी नगर कार्यपालिकातर्फ निस्सर्त विनियोजन र एक अर्ब ३१ करोड ९२ लाख ८२ हजार, ससर्त अनुदानबाट रु ६० करोड ५६ लाख ७७ हजार, समपूरक बजेटबाट रु एक करोड ८२ लाख र विशेष अनुदानबाट रु पाँच करोड ४३ लाख विनियोजन गरिएको छ । नगरपालिकाले बजेटमा शिक्षा, स्वास्थ्य, पूर्वाधार, कृषि, सामाजिक विकास, विपद् व्यवस्थापनलगायतका क्षेत्रमा बजेट प्राथमिकता दिइएको उपप्रमुख बेघाले बताए ।

वजेटको विषयलाई लिएर जनप्रतिनिधिहरु र राजनीतिक पार्टीहरुवीच तिव्र रुपमा विवाद रहेको थियो ।

 

भूगोल र मन जोड्न नेपाली कम्युनिस्ट पार्टीको पैदल य

छाल खवर धरान,१५ फागुनः सुनसरी क्षेत्र नम्बर १ मा आगामी फागुन २१ गते हुन गइर ...

वि लभ यु फाउण्डेशनद्धारा १ सय पिन्ट रगत संकलन

छाल खवर धरान,१४ फागुन ः वी लभ यु फाउण्डेशनले ८८२ औं विश्वव्यापि रक्तदान कार ...

अफ्ठ्यारोमा परेर ऋण तिर्न नसक्नेहरु कालोसूचीमा नप

छाल खवर धरान,१४ फागुन ः अबदेखि परिस्थितिजन्य कारणले ऋण चुक्ता गर्न नसक्ने ऋ ...

सिद्धार्थ शिशु सदनमा अत्याधुनिक शैक्षिक पूर्वाधार

छाल खवर धरान,१३ फागुनःः सिद्धार्थ शिशु सदन धरान–१६ ले शैक्षिक गुणस्तर ...

एमाले भोजपुरका उम्मेदवार शेरधन राइको प्रतिबद्धता स

छाल खवर धरान,१३, फागुन ः नेकपा (एमाले)को तर्फबाट भोजपुरका प्रतिनिधि सभा सदस ...

सुनसरी १ मा एमालेको प्रतिबद्धता शिक्षा, स्वास्थ्य

छाल खवर धरान,१२फागुन ः नेकपा एमाले सुनसरी क्षेत्र नं. १ ले आफ्नो चुनावी घोष ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic