बढी भाडा असुले तत्काल कारबाही गर्ने यातायात मन्त्री घिसिङको चेतावनी

  • असोज १५, २०८२
  • ४३२ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१५ असोज ः मन्त्रालयको नजिक रहेको विमानस्थलमा अन्य समयको भन्दा दोव्वर हवाई भाडा लिईरहेको थाहा नपाउने यातायात मन्त्रीले यातायात भाडा वढी असुल गरे कार्वाही गर्ने चेतावनी दिएकाछन् ।

यातायात मन्त्री कुलमान घिसिङले तोकिएभन्दा बढी भाडा असुल्ने व्यवसायीलाई तत्काल कारबाही गरिने चेतावनि दिएका हुन् ।

यातायात मन्त्री कुलमान घिसिङले तोकिएभन्दा बढी भाडा असुल्ने यातायात व्यवसायीलाई तत्कालै कारबाही गरिने बताएका छन्।

स्वीकृत भाडादर भन्दा बढी कानूनको प्रतिकूल हुनेगरी कसैले भाडा असुले तत्काल खबर गर्न पनि उनले यात्रुहरूलाई आह्वान गरेका छन्।

चाडबाडको मौका छोपी बढी भाडादर असुल्ने गरेको, टिकटको कालोबजारी गरेकोलगायतका गुनासा यात्रुबाट निरन्तर आइरहेको उल्लेख गर्दै मन्त्री घिसिङले कानून विपरीतका त्यस्ता क्रियाकलाप तत्काल बन्द गर्न यातायात व्यवसायीहरूलाई आग्रह गरेका छन्।

हवाई भाडा अन्य समयमा भन्दा दोव्वर जस्तो वृद्धि गरेर लिदा समेत चुप वस्ने यातायात मन्त्री घिसिङलाई यातायातको भाडा अन्य समयमा सरह यात्रुलाई दिलाउनु चुनौति वनेको छ ।

यातायात व्यवसायीहरुले दशैको मौका छोपी भाडादर दोव्वर जस्तो वृद्धि गर्ने गरेकाछन् । मौका छोपेर कालोवजारी गर्ने व्यवसायीलाई तत्काल कार्वाही गर्नुपर्ने आजको आवस्यकता रहेको छ ।

 

 

 

प्राईम भिजन कलेजका अभिषेक श्रेष्ठलाई ‘एसियन भिजिनर

छाल खवर धरान, २९ मङ्सिर ः धरान–१२ स्थित प्राईम भिजन इन्टरनेसनल हस्पिट ...

कुलुङ समुदायलाई छुट्टै जातिको रुपमा सूचिकरण गर्न

छाल खवर धरान,२८पुषः नेपाल किरात कुलुङ भाषा संस्कृति उत्थान सङ्घका अध्यक्ष द ...

जन्मोत्सवमा एल.के. विहानीद्धारा बालबिकास केन्द्रल

छाल खवर धरान,२७ पुषः जन्म दिन मनाउने मानिसका विभिन्न तरीका हुन्छन् । कसैले ...

निर्झर’ ः भावना, प्रकृति र पहिचानको संगम ः धरानमा

छाल खवर धरान,२६ पुषः नेपाली समकालीन कवितामा नयाँ स्वर र संवेदनाको उपस्थिति ...

युरेका स्कुलद्धारा पूर्व विद्यार्थीहरुलाई सम्मान

छाल खवर धरान,२२ पुषः युरेका रेसिडेन्सियल सेकेन्डरी स्कुल धरानले ३२औँ स्थापन ...

डिआइजिपी कपको उपाधी पुलिस स्कुललाई

छाल खवर धरान,२० पुषः सातौं कोशी प्रदेशस्तरीय अन्तर विद्यालय डिआइजिपी रनिङ फ ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic