श्रम संस्कृति पार्टीको अध्यक्षमा हर्क साम्पाङ ५ पदाधिकारी र केन्द्रीय समितिमा २३ जना

  • असोज २१, २०८२
  • ४,०८१ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर

धरान,२१ असोजः फागुन २१ गते हुने भनि घोषणा गरीएको निर्वाचनमा भाग लिन धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (हर्क साम्पाङ) निर्वाचन कार्यालयमा दल दर्ता गराएकाछन् ।

साम्पाङले प्रस्ताव गरेको श्रम संस्कृति पार्टीको अध्यक्षमा आफै रहेको निर्वाचन आयोगले जनाएको छ ।

साम्पाङको पार्टीमा ५ सदस्यीय पदाधिकारी र २३ जना केन्द्रीय सदस्य रहेकाछन् ।

HARKA ONLY साम्पाङले असोज ७ मा निर्वाचन आयोगमा दल दर्ताको निवेदन दिइसकेका छन् । उनले चुनाव चिन्ह माटोको ढिस्को प्रस्ताव गरेको आयोजले जनाएको छ ।

आयोगले स्रोतका अनुसार उपाध्यक्षमा राजकुमार तामाङ लामा (देवराज), महासचिवमा आरेन राई, कोषाध्यक्षमा समिता राई र प्रवक्तामा अरुण गुरुङ (सत्य घले) लाई प्रस्ताव गरीएको छ ।

दलको विरोध गरेर चर्चामा आउनु मात्र नभएर दलको विकल्पको रुपमा उनले धरानको नगरप्रमुख पदमा विजय समेत भएका थिए । श्रमदान गरेर चर्चामा आएका साम्पाङले देश वनाउने भन्दै पार्टी दर्ता गर्न लागेका हुन ।

युवाहरु माझ निकै लोकप्रियता कमाएका साम्पाङले पार्टी कसरी हाक्ने हुन र चुनावमा कस्तो परिणाम ल्याउलान त्यो भने हैन वाकी नै छ ।

पार्टी खोल्न लागेको चर्चा कमाएका काठमाडौंका मेयर वालेन साहसँगको पछिल्लो दुरी वढेसँगै साम्पाङको क्रेज घटन थालेको चर्चा चल्न थालेको छ ।

साम्पाङले वालेनसंग सहकार्य गरेर जान्छन कि दुरी वढाएर जान्छन त्यो भने हेर्न वाकी नै छ ।

 

 

 

नेकपाको सुनसरी १ मा निर्वाचन परिचालन समिति गठन

छाल खवर धरान,९ माघः नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले सुनसरी १ को लागि प्र ...

हिविस्कस स्कुलद्धारा विद्यार्थी र अभिभावकलाई उप

छाल खवर धरान, शिक्षा र संस्कृतिको केन्द्र मानिने सहर हो। यही धरान–१५ ...

सुनसरी–१ मा २८ उम्मेदवारद्वारी दर्ता

छाल खवर धरान,६ माघ ः प्रतिनिधि सभा निर्वाचनमा सुनसरी निर्वाचन क्षेत्र १ बाट ...

चुम्लुङको प्रदेश अध्यक्षमा नरेन्द्र

छाल खवर धरान,४ माघः किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अ ...

सरकार र दुर्गा प्रसाईंबीच २७ बुँदे सहमति

छाल खवर काठमाडौं ३ माघ ः नागरिक बचाउ महाभियानका केन्द्रीय अध्यक्ष दुर्गा प् ...

 नेकपाबाट सुनसरी १ मा सूर्य बहादुर भट्टराई ९मनोज०ल

छाल खवरधरान,३ माघः धरान उपमहानगरपालिकामा भाइरल वडाध्यक्षको रुपमा परिचित धरा ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic