टङ्कबहादुर पत्रकारिता पुरस्कार सञ्चारकर्मी स्नेहालाई

  • असोज २५, २०८२
  • ४,९४६ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२४ असोजः धरान–१ स्थित आमा चन्द्रकुमारी प्रधान स्मृति प्रतिष्ठानले प्रदान गर्दै आएको टङ्क बहादुर प्रधान पत्रकारिता पुरस्कार युवा महिला सञ्चारकर्मी स्नेहा श्रेष्ठलाई प्रदान गरिएको छ ।

व्लाष्ट दैनिकमा कार्यरत श्रेष्ठलाई नगद ७ हजार सहित दोसल्ला र सम्मान पत्रले सम्मान गरीएको हो ।

धरानको पत्रकारीतामा सकृय श्रेष्ठलाई सम्मानको लागि नेपाल पत्रकार महासंघ सुनसरीले सिफारीस गरेको थियो ।

सिद्धि नेवाः परिषदमा शुक्रवार आयोजित कार्यक्रममा वीपी प्रतिष्ठानका उपकुलपति प्रा.डा.विक्रम प्रसाद प्रधानलाई धरानको स्वास्थ्य र सामाजिक क्षेत्रमा योगदान गरेकोमा विशेष सम्मान गरिएको थियो ।

सम्मानित व्यक्तित्व र पुरस्कृतहरूलाई प्रमुख अतिथि भाषाविद् प्रा.डा. टङ्कप्रसाद न्यौपानेले दोसल्ला ओढाई प्रमाण–पत्र सम्मान गरेका थिए । महेश प्रधान र श्रीमती अन्जु प्रधानले आमा बाबुको स्मृतिमा प्रतिष्ठान स्थापना गरेका हुन ।

सोही कार्यक्रमका अवसरमा धरान क्षेत्रका सामुदायिक विद्यालयका ४ जना विद्यार्थीलाई नगद छात्रवृत्ति वितरण गरिएको थियो ।

प्रतिष्ठानले धरान १७ ज्वालामुखी मावि कक्षा ११ की छात्रा सोनिया राई, धरान–१५ शिक्षा सदन कक्षा ११ की छात्रा लक्ष्मी माझी,धरान–८ ल्यावोरेटरी स्कुल कक्षा ११ की छात्रा सुस्मिता तामाङ, धरान १२ पब्लिक हाई स्कुल कक्षा ११ की छात्रा सन्याम विष्टलाई जनही नगद ७÷७ हजार रुपैयाँ छात्रवृत्ति प्रदान गरेको थियो ।

उक्त अवसरमा स्पाइनल कर्डका बिरामी पुण्यप्रसाद प्याकुरेलकी छोरी एरुसा र छोरा आयुषलाई शैक्षिक सामाग्रीको लागि नगद ५ हजार ५०० प्रदान गरीएको थियो ।

धरान–१ सरस्वती आधारभूत विद्यालयलाई ६ बटा कम्प्युटर टेबुल प्रदान गरीएको थियो भने धरान–१५ ङाग्युुर डाल्मा छ्योलिङ गुम्बा भवन निर्माणार्थ १५ हजार ५ सय सहयोग प्रदान गरीएको थियो ।उक्त अवसरमा प्रमुख अतिथि न्यौपानेले प्रतिष्ठानको सामाजिक कार्य उदाहरणीय रहेको बताए ।

सम्मानीत व्यक्तित्व प्रा.डा विक्रम प्रधानले खुशी व्यक्त गर्दै सामाजिक कार्यमा लाग्ने प्रेरणा मिलेको वताए ।
पुरस्कृत व्यक्तित्व श्रेष्ठले पत्रकारीता क्षेत्रमा अघि वढनको लागि थप उर्जा मिलेको वताइन ।

 

 

नेकपाको सुनसरी १ मा निर्वाचन परिचालन समिति गठन

छाल खवर धरान,९ माघः नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले सुनसरी १ को लागि प्र ...

हिविस्कस स्कुलद्धारा विद्यार्थी र अभिभावकलाई उप

छाल खवर धरान, शिक्षा र संस्कृतिको केन्द्र मानिने सहर हो। यही धरान–१५ ...

सुनसरी–१ मा २८ उम्मेदवारद्वारी दर्ता

छाल खवर धरान,६ माघ ः प्रतिनिधि सभा निर्वाचनमा सुनसरी निर्वाचन क्षेत्र १ बाट ...

चुम्लुङको प्रदेश अध्यक्षमा नरेन्द्र

छाल खवर धरान,४ माघः किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अ ...

सरकार र दुर्गा प्रसाईंबीच २७ बुँदे सहमति

छाल खवर काठमाडौं ३ माघ ः नागरिक बचाउ महाभियानका केन्द्रीय अध्यक्ष दुर्गा प् ...

 नेकपाबाट सुनसरी १ मा सूर्य बहादुर भट्टराई ९मनोज०ल

छाल खवरधरान,३ माघः धरान उपमहानगरपालिकामा भाइरल वडाध्यक्षको रुपमा परिचित धरा ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic