प्रथम हलेदे पुरुष भलिवल प्रतियोगिताको तयारी हुदै

  • असोज ३१, २०८२
  • २,५८७ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,३१ असोजः भोजपुरको हतुवागढी–९ हलेदे टारमा पुरुष भलिवल प्रतियोगिताको आयोजना हुन लागेको छ ।

युईवा युवा क्लवको आयोजनामा कार्तिक ९ गतेदेखि १३ गतेसम्म सो प्रतियोगिता आयोजना हुन लागेको हो ।

क्लवका अध्यक्ष टेकनाथ राईले दिएको जानकारी अनुसार प्रतियोगितामा साविक हसनपुर गाउँ विकास समितिका वडाहरुका खेलाडीहरुको वीचमा प्रतियोगिता हुनेछ ।

प्रतियोगितामा २० वटा टिम सहभागी हुने क्लवका अध्यक्ष राईले जानकारी दिएकाछन् ।

प्रतियोगितामा प्रथम हुने टिमले नगद ५१ हजार ट्रफि मेडल र प्रमाण–पत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।

प्रतियोगितामा दोस्रो हुने टिमले नगद ३१ हजार मेडल र तेस्रो हुने टिमले नगद ११ हजार र प्रमाण–पत्र प्राप्त गर्ने छन् ।

पहिलो पटक आयोजना हुन लागेको सो प्रतियोगितालाई आगामी दिनमा पनि निरन्तरता दिइने अध्यक्ष राईको भनाई रहेको छ ।

खेलाडीहरुको प्रतिभा प्रष्फु्टन गर्ने अवसरको रुपमा प्रतियोगिता आयोाजना गरीन लागेको अध्यक्ष राईको भनाई रहेको छ । खेलकुद प्रतियोगिताले खेलाडीमा भएको खेल प्रतिभालाई उजागर गरीनुका साथै खेलाडीलाई प्रोत्साहन मिल्ने पनि क्लवको विश्वास रहेको छ ।

प्रतियोगितामा करिव ५ देखि ७ लाख रुपैया खर्च अनुमान रहेको आयोजकको भनाई रहेका छ ।

गाउघरमा आयोजना गरीने यस्ता खेलकुद प्रतियोगिताहरुले युवाहरुलाई कुलतमा जानबाट रोक्नुका साथै खेल क्षेत्रमा लाग्ने प्रेरणा र प्रोत्साहन मिल्ने स्थानीय देवाहाङ्ग राईको भनाई रहेको छ ।

खेलकुद प्रतियोगिताले खेलकुदलाई मात्र नभएर आफ्नो गाउ ठाउको पहिचान पनि दिने राईको भनाई रहेको छ ।

 

 

 

 

 

 

 

 

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

धरान–१६ मा सिद्धार्थ शिशु सदनको वार्षिक कार्यक्रम

छाल खवर धरान,३ वैशाखः धरान–सिदार्थ शिशु सदन धरान–१६ मा वार्षिक ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic