माओवादी र नेकपा एसबीच एकीकरणको टुंगो, नीति र नेतृत्वबारे यस्तो छ सहमति

  • कार्तिक ८, २०८२
  • २,३३३ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,८ कार्तिक ः  कम्युनिस्ट घटकहरुबीच एकताको प्रयास चलिरहेका बेला नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीच पार्टी एकीकरण हुने लगभग निश्चित भएको छ । यो एकतामा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपालाई पनि समेट्ने प्रयास जारी छ ।

एकता वार्तामा सहभागी नेताहरूका अनुसार माओवादी केन्द्र र नेकपा एसबीच अब पार्टी एकीकरणमा कुनै विमति छैन । नेतृत्वको विषयमा टुंगो लगाउन माओवादी संयोजक प्रचण्ड र नेकपा एसका अध्यक्ष माधवकुमार नेपाललाई जिम्मा दिइएको वार्ता टोलीका एक सदस्यले नेपाल प्रेसलाई बताए ।

निर्वाचन आयोगले दल दर्ताका लागि दिएको समयअघि नै दुई पार्टीबीच एकीकरण भइसक्ने बताइएको छ । पार्टीको चुनाव चिन्ह्बारे भने सहमति भइसकेको छैन । नेकपा एसले कलम नै राखौँ भनिरहेको छ भने माओवादीले अर्को खोजौँ भन्दै छ । यसबारेमा पनि ठूलो विमति भने नहुने नेताहरू बताउँछन् ।

स्रोतका अनुसार पार्टी एकीकरणका लागि सिद्धान्त र नीति कार्यक्रमको विषय टुंगिएको छ । पार्टीको मार्गदर्शक सिद्धान्त मार्क्सवाद लेनिनवाद रहनेछ भने कार्यनीति तथा कार्यक्रम नेपाली विशेषतासहितको समाजवाद रहनेछ ।

नेकपा माओवादी केन्द्रले माओवादलाई छाड्नेछ भने नेकपा एसले जनताको बहुदलीय जनवाद यसअघि नै छाडेको छ । अबको पार्टीको नीति तथा लक्ष्य नेपाली विशेषतासहितको समाजवाद रहनेछ । त्यसमा जबजका आधारभूत मूल्य मान्यताहरू यथावत् राखिएको नेकपा एसका नेताहरूले बताएका छन् ।

एकीकरणपछि बन्ने पार्टीको नाममा अन्तिम टुंगो लाग्छ बाँकी छ । तर नेपाल कम्युनिस्ट पार्टी समाजवादी वा नेपाली कम्युनिस्ट पार्टी समाजवादी नाम रहनेछ । पार्टीको नामको पछाडि समाजवादी भने राखिने वार्तामा सहभागी नेताहरूको भनाइ छ ।

नेकपा समाजवादी अर्कैको नाममा दर्ता रहेकाले वार्ताका क्रममा पार्टीको नाम नेकपा समाजवादी केन्द्र राख्ने प्रस्ताव पनि आएको थियो । तर नेकपा समाजवादी केन्द्रको छोटकारीनाम नेकपा ‘सके’ हुने भएकाले त्यो नाम नराख्ने र अहिलेकै नेकपा समाजवादी दर्ता गर्ने पक्षसँग छलफल गरेर टुंग्याइने भएको छ ।

पार्टीको नाम,नीति र सिद्धान्तमा सहमति भएपछि नेतृत्वको विषयमा अन्तिम सहमति जुटाउन प्रचण्ड र माधवलाई दिइएको छ । विप्लवले ढिला गरे पनि दुई पार्टीबीच भने ढिला नगरी एकता घोषणा गर्दा अरू घटकहरूसँग एकताको वातावरण बन्ने नेतृत्व तहको बुझाइ रहेको छ ।

नेतृत्वको विषयमा भने प्रचण्ड संयोजक र माधव नेपाल सहसंयोजक बन्ने एउटा मोडालिटी पेश गरिएको छ । अर्कोतर्फ दुई अध्यक्षको विकल्प अघि सारिए पनि त्यो मोडालिटी पहिले नै असफल भएकोले त्यसतर्फ जान नहुनेमा दुवै पक्ष सहमत छन् । विप्लवसहितको एकता हुँदा अध्यक्ष मण्डलको प्रस्तावमाथि समेत छलफल भइरहेको छ ।

वार्ता टोलीका एक सदस्यले भने( पार्टी एकतामा अब समस्या रहेन । हिजो नेकपा एसमा अन्यौल थियो,माओवादीसँग एकता गर्दा ठूलै पङ्क्ति एमालेमा फर्किने हो कि भन्ने थियो तर अब त्यस्तो अवस्था छैन । झलनाथ खनाललाई पनि मिलाइएको छ र घनश्याम भुसालको पनि व्यवस्थापन हुने भएपछि अब एकता हुन्छ । तर नेतृत्व कसरी टुंग्याउने भन्ने चाहिँ हामीले प्रचण्ड र माधव नेपाललाई जिम्मा दिएका छौँ ।

पार्टीको मुख्य नेतृत्व प्रचण्ड र माधवले मिलाएपछि दुवै पक्षका पदाधिकारी मिलाएर सचिवालय बनाउने र अरू कमिटीहरू समायोजन गर्ने गरी छलफल अन्तिम चरणमा पुगेको छ ।

नेपाल प्रेसबाट

प्रथम हलेदे पुरुष भलिवल प्रतियोगिताको तयारी हुदै

छाल खवर धरान,३१ असोजः भोजपुरको हतुवागढी–९ हलेदे टारमा पुरुष भलिवल प्र ...

ओली निर्भरता तोडौँ, एमाले बचाऔँ

प्रकाश थापा देश, दल र व्यक्तिभित्र को ठूलो हुन्छ भनेर खोज्दा पङ्क्तिकारको ठ ...

जसपा नेपालको प्रदेश अध्यक्षमा याक्खा

छाल खवर धरान,२८ असोजः जनता समाजवादी पार्टी नेपाल, प्रदेश समिति, प्रदेश न. १ ...

टङ्कबहादुर पत्रकारिता पुरस्कार सञ्चारकर्मी स्नेहा

छाल खवर धरान,२४ असोजः धरान–१ स्थित आमा चन्द्रकुमारी प्रधान स्मृति प्र ...

माइतीघरबाट डा. निकोलस भुसाल सहित १४ जना पक्राउ

छाल खवर धरान,२३, असोजः जेन जिका माग पुरा नभएको भन्दै माइतीघर मण्डलामा आन्दो ...

श्रम संस्कृति पार्टीको अध्यक्षमा हर्क साम्पाङ

छाल खवर धरान,२१ असोजः फागुन २१ गते हुने भनि घोषणा गरीएको निर्वाचनमा भाग लि ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic