वडा स्तरिय महिला फुटबल प्रतियोगिता मंसिरमा

  • कार्तिक ११, २०८२
  • ३,४७९ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,११ कार्तिक ः जनपथ जागरण समाज धरान–१६ को आयोजनामा दोस्रो धरान वडा स्तरीय महिला नकआउट रनिङकप फुटबल प्रतियोगिता मंसिर १८ बाट आयोजना हुने भएको छ ।

आयोजकले सोमवार पत्रकार सम्मेलन गरी सो विषयमा जानकारी दिएको हो ।

पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार १६ नम्वर वडाको संयोजनमा हुन लागेको प्रतियोगिता धरान रंगशालामा हुनेछ ।

पत्रकार सम्मेलनमा २० वटा वडा रहेका धरानमा सवै वडाले सहभागिता जनाउने आयोजकको विश्वास रहेको छ ।

१६ नं. वडाका अध्यक्ष मुरारी प्रसाद भट्टराईका अनुसार प्रतियोगितामा सहभागिताको लागि विद्यालयका विद्यार्थीहरूले वडाको प्रतिनिधित्व गर्न पाउनेछन् ।

वडाका महिलाहरू फुटबल खेल्न सक्षम नबनुन्जेलसम्म विद्यार्थीमार्फत नै प्रतियोगिता सञ्चालन गरिनेभट्टराईको भनाई रहेको छ ।

समाजका अध्यक्ष सुजन के सी ले दिएको जानकारी अनुसार प्रतियोगिताको विजेताले टिमले ९० हजार रुपैयाँ, उपविजेताले ४५ हजार रुपैयाँ पाउनेछन् ।

त्यसैगरी म्यान अफ द म्याच रु २ हजार, बेस्ट मिड फिल्ड, बेस्ट किपरलाई ३ हजार ५ सय र बेस्ट प्लेयरलाई ५ हजार भन्दा बढि प्रदान गरिने कायम गरिएको छ । समाजले पुरस्कार राशीमा गतसाल भन्दा केही रकम बढाएको छ ।

गतवर्षको प्रतियोगितामा २ लाख ३२ हजार ८ सय ८१ बचत गरेको संस्थाले यसपटकको प्रतियोगिताको लागि अनुमानित व्यय ११ लाख ५५ हजार प्रस्तुत गरेको छ ।

वडा वडाबाट महिला खेलाडी उत्पादन गर्ने उदेश्यले प्रतियोगिताको आयोजना गरीन लागेको आयोजकको भनाई रहेको छ ।

खेलकुदको शहरको रुपमा परिचित धरानका उदयमान महिला फुटबल खेलाडी उत्पादन गर्ने लक्ष्यका साथ प्रतियोगिता संयोजन गर्दै आएको वडाका अध्यक्ष भट्टराईले बताए ।

 

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

धरान–१६ मा सिद्धार्थ शिशु सदनको वार्षिक कार्यक्रम

छाल खवर धरान,३ वैशाखः धरान–सिदार्थ शिशु सदन धरान–१६ मा वार्षिक ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic