विश्व वैज्ञानिकको सूचिमा परेका डा.सञ्जीव शर्माको धरानलाई सम्मान

  • मंसिर २, २०८२
  • १,४१८ पटक पढिएको
  • छाल खबर
alt

धरान,२ मंसिरः विश्वको शीर्ष वैज्ञानिक सूचिमा पर्नुमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धराने जनता र आफ्नो अध्ययन टिमको ठुलो योगदान रहेको प्रा.डा. सञ्जीव शर्माले बताउनु भएको छ ।

मंगलबार धरानमा पत्रकारहरुसंग कुराकानी गर्नुहुँदै प्रा.डा.शर्माले भन्नुभयो मैले करिव २० वर्षदेखि सर्पदंश उपचार पद्धतिमा सुधार, मुटु रोग तथा मिर्गौला रोगका विषयमा काम गरेँ ।मलाई प्रतिष्ठानले त्यो स्पोजर दियो, मेरो टिमले सहयोग गर्नुभयो र जहिल्यै धरान र पूर्वका जनताको माया पाएँ त्यसैको प्रतिफल नै यो उपलब्धि प्राप्त भएको हो । प्रा.डा. शर्माले भन्नुभयो काम हामी सबै मिलेर टिमले गरेका हौ । तर, नाम मात्रै मेरो आएको हो ।

हालै अमेरिकाको स्ट्यानफोर्ड युनिभर्सिटीले एन्सेभियरसँगको सहकार्यमा तयार गरेको वार्षिक ‘ग्लोबल वैज्ञानिक प्रभाव र्‍याकिङ’ सूचीमा नेपालका ३१ जनामध्ये प्रा.डा. शर्मा पनि छनोट हुनु भएको हो ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका शिक्षाध्यक्ष तथा मुटु तथा मिर्गौला रोग विशेषज्ञ प्रा।डा सञ्जीव शर्मा सर्पदंश, मुटु रोग र मिर्गौला रोगलगायत विषयमा गर्नुभएको महत्वपूर्ण अध्ययन र अनुसन्धानका लागि ग्लोबल वैज्ञानिक प्रभाव र्‍याकिङमा नेपालको तर्फबाट विश्वका शीर्ष स्वास्थ्य वैज्ञानिकको सूचीमा पर्नु भएको हो ।

उहाँ विश्व स्वास्थ्य संगठनमा सर्पदंशसम्बन्धी कार्यक्रममा नेपालको प्रतिनिधित्व गर्दै आउनुभएको छ ।

पत्रकारहरुसंग कुराकानी गर्नुहुँदै उहाँले विश्वका वैज्ञानिकहरु नेपालमा आउन चाहिरहेको र यहाँका दूरदराजका जनताबीच काम गर्न चाहिरहेको बताउनुभयो ।

नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय अध्यक्ष तथा युवा नेता भीमज्वाला राईको संयोजन र सहजीकरणमा भएको अन्तरक्रिया कार्यक्रममा बरिष्ठ पत्रकार हर्ष सुब्बा सहितका सञ्चारकर्मीहरुसंग अन्तरक्रिया भएको थियो ।

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

धरान–१६ मा सिद्धार्थ शिशु सदनको वार्षिक कार्यक्रम

छाल खवर धरान,३ वैशाखः धरान–सिदार्थ शिशु सदन धरान–१६ मा वार्षिक ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic