धरान १० के रन फागुन ९ गते हुने

  • मंसिर ३, २०८२
  • ३६३ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,३ मंसिरः धरानमा संचालन हुदै आएको नेपाल कै प्रतिष्ठित दौड प्रतियोगिताको रुपमा रहेको धरान १० के रन यसपालि विश्व भर्चुअल रनको रूपमा हुने भएको छ ।
आयोजक धरान रनका अध्यक्ष हेमन सुनुवारले सो विषयमा जानकारी दिएका हुन ।
आयोजकले पत्रकार सम्मेलन मार्फत दिएको जानकारी अनुसार प्रतियोगिता फागुन ९ गते आयोजना हुने रन १४ औं संस्करण हो ।
रनमा नेपालका अधिकतम धावक धाविका सहभागी गराइने धरान रनका अध्यक्ष हेमन सुनुवारले जानकारी दिएकाछन् ।
दौड प्रतियोगितामा अन्तर्राष्ट्रिय धावक धाविकाहरू पनि सहभागी हुनेछन्। यसपालि १६–३९ वर्ष समूहलाई खुल्ला दौड समूहमा समावेश गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो ।
प्रतियोगितामा दिइएको जानकारी अनुसार दौडको रुट पुतली लाइनबाट सुरु भएर देशी लाइन, पुरानो बजार, पिण्डेश्वर मन्दिर, विजयपुर चौक, हात्तीसार क्याम्पस, रेडक्रस भवन, अमरहाट कभर्ड हल, जिरो प्वाइन्ट, जानकी चोक, धरान रङ्गशाला, गणेशमान चौक, पानी टङ्की, कल्याण चौक, मङ्गलवारे, रत्न चोक, बुद्घ चोक हुँदै पुनः भानुचौक हुनेछ ।
प्रतियोगितामा १६ वर्ष माथिका ३९ वर्ष सम्मका विजेताले जनही नगद ६० हजार, दोस्रोले ४० हजार र तेस्रोले ३० हजार, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
१२ देखि १५ वर्ष भित्रका ‘यु–१५’ समूह, ४९ देखि ५९ वर्ष सम्मको ‘मिड भेट्रान’ समूहका, सुपर भेट्रान महिला पुरुष विजेताले जनही नगद ७ हजार, ५ हजार, ३ हजार, मेडल र प्रमाणपत्र पाउने छ ।

४० देखि ४९ वर्ष सम्मको ‘भेट्रान’ समूहका महिला पुरुष विजेताले जनही नगद १० हजार, ७ हजार, ५ हजार, मेडल र प्रमाणपत्र पाउने छ । ६० वर्ष माथिका ‘सुपर भेट्रान’ समूहका महिला पुरुष विजेताले नगद ५ हजार, मेडल र प्रमाणपत्र पाउने छन् ।

प्रतियोगीताका १३औँ संस्करणमा ४ हजार धावक, धाविकाहरू सहभागी थिए । धरान रन समूह २०६७ मा स्थापना भई २०६८ सालमा दर्ता भएको हो ।
प्रतियोगितामा दौडको ठिक समय मापन गर्न ‘चिप टाइमिङ’ सिस्टम प्रयोग गरिने छ । नेपालमा धरान रनले ११ औँ संस्करण देखि चिपको प्रयोग गर्न थालेको हो ।
प्रतियोगिता धरानको मात्र नभएर नेपाल कै सवैभन्दा वढी धावक धाविका सहभागी हुने दौडको रुपमा रहेको आयोजकको दावी रहेको छ ।

 

 

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

धरान–१६ मा सिद्धार्थ शिशु सदनको वार्षिक कार्यक्रम

छाल खवर धरान,३ वैशाखः धरान–सिदार्थ शिशु सदन धरान–१६ मा वार्षिक ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic