खस समाजको वार्षिक उत्सवमा सम्मान कार्यक्रम

  • मंसिर ६, २०८२
  • २,२६२ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,६मंसिरः खस समाज प्रतिष्ठान नेपालको ९औं स्थापना दिवस तथा मैत्रीपूर्ण बनभोज कार्यक्रम शनिबार धरान–६ पानवारीस्थित मयुर होटलमा सम्पन्न भयो।

प्रतिष्ठानका अध्यक्ष बिरेस थापाको अध्यक्षतामा भएको सो कार्यक्रममा पूर्व प्रधान मन्त्री डा. केशर बहादुर बिष्ट प्रमुख अतिथि रहेका थिए ।

प्रमुख अतिथि डा. बिष्टले खस समुदायको इतिहास, धर्म र संस्कृतिबारे विस्तृत रूपमा आफ्नो धारणा प्रस्तुत गर्दै राष्ट्रिय गानका केही पंक्तिहरूले वास्तविकता प्रतिविम्बित गर्न नसक्ने तर्क गरे। “सयौं थुँगा फूलका हामी एउटै माला नेपाली” सही भए पनि “सार्वभौम भई फैलिएका मेची–महाकाली” भन्ने पंक्ति ऐतिहासिक सत्यसँग मेल नखाने उनले स्पष्ट पारे।

उनका अनुसार नेपालीहरू मेची–महाकाली फैलिएका नभई अझ खुम्चिदै गएको ऐतिहासिक तथ्य रहेको उल्लेख गर्दै, “पहिले पश्चिममा कुमाउ–गढवाल, काङ्गडा र पूर्वमा टिष्टा सम्म हाम्रो पहुँच थियो,” भन्दै उदाहरण प्रस्तुत गरे।

समसामयिक राजनीतिक अवस्थाबारे बोल्दै डा. बिष्टले देश अहिले गम्भीर संकटबाट गुज्रिरहेको उल्लेख गरे। नेतृत्वहीनता र अराजकतामा मुलुक लम्किरहेकाले राष्ट्रिय एकताको प्रतीक राजसंस्थालाई पुनःस्थापना गर्नु विकल्परहित भएको उनको भनाइ थियो। “अराजकताको सीमा नाघेर आपत्कालीन सेवा बन्द गर्ने चिकित्सकहरू देखिने देश संसारमा अर्को छैन—यो दुर्भाग्य नेपालको हो,” उनले भने।

कार्यक्रममा प्रतिष्ठानका केन्द्रिय सल्लाहकार किशोर कुमार कार्कीले खस–क्षेत्री समुदायलाई “सुतिरहेको सिंह” जस्तै रहेको टिप्पणी गर्दै समुदायप्रति विभिन्न कोणबाट हुँदै आएको प्रहार र उत्तेजनात्मक अभिव्यक्तिदेखि सावधान रहन चेतावनी दिए।

धरान उपमहानगरपालिकाका उपमेयर अइन्द्र बिक्रम बेघाले धरान सबै जातजातिहरु मिलेर बसेको सहर भएको बताउदै समाजको ९ औ स्थापना दिवसको शुभकामना दिए।

कार्यक्रममा संयुक्त खस समाजका केन्द्रिय उपाध्यक्ष प्रताप थापा, प्रतिष्ठान कोशी प्रदेश संयोजक हरीबहादुर कार्की, उपसचिव लक्ष्मी बानियासहितका वक्ताहरूले आ–आफ्ना धारणा राखेका थिए।

यसै अवसरमा प्रतिष्ठानलाई निरन्तर सहयोग पुर्‍याउँदै आएका विभिन्न व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो।

खस–क्षेत्री समुदायकी कमला कटुवालले विराट टिचिङ हस्पिटलबाट एमबीबीएस उत्तीर्ण गरेको खुशीमा समाजले उनलाई दोसल्ला र सम्मानपत्र प्रदान गरी सम्मान गरेको थियो।

औपचारिक सत्रपछि मैत्रीपूर्ण बनभोज तथा मनोरञ्जनात्मक कार्यक्रम गरिएको थियो। समारोहको सञ्चालन प्रतिष्ठानका सचिव हिमाल कार्कीले गर्नुभएको थियो।

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

धरान–१६ मा सिद्धार्थ शिशु सदनको वार्षिक कार्यक्रम

छाल खवर धरान,३ वैशाखः धरान–सिदार्थ शिशु सदन धरान–१६ मा वार्षिक ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic