फोकस १६ द्धारा विदाई कार्यक्रम सम्पन्न

  • मंसिर ७, २०८२
  • १,७११ पटक पढिएको
  • छाल खबर
alt

धरान,७ मंसिरः फोकस क्लव धरान–१६ ले सल्लाहकार तथा धनकुटा सेवा समाज दक्षिण कोरीयाका अध्यक्ष समाजसेवी प्रदेश राईलाई विदाई गरेको छ ।

क्लवका सल्लाहकार र क्लवका सदस्य लक्ष्मी याक्खालाई एक कार्यक्रमका विच विदाई गरेको हो ।

समाजसेवी राईले क्लवलाई विगत वर्षदेखि नै सहयोग गर्दै आउनु भएको छ । नेपाल आउनु भएको अवसरमा क्लवले सल्लाहकार राई र सदस्य याक्खालाई क्लवमा योगदान गरे वापत सम्मान समेत गरेको थियो ।

NEWS PHOTO = 1 NEWS PHOTO= 2 दक्षिण कोरीयामा रहेर सफल व्यवसायसँगै फुटबल खेललाई समेत अगाडी वढाउदै समाजसेवा समेत सकृय रहदै आउनु भएका राईलाई नेपालमा पनि फुटबल खेलप्रति
थप प्रोत्साहन गर्न प्रेरणा मिलोस भन्ने उदेश्यले सम्मान गरीएको क्लवका सचिव उमेश जिमिले वताउनु भयो ।

सल्लाहकार राईले दक्षिण कोरीयामा अलपत्र परेका र काम नपाएर समस्या परेका नेपालीहरुलाई विगत दश वर्षदेखि सहयोग गर्दै आउनु भएको छ । त्यहा उहाले नेपालीहरुवीच फुटवल खेलको माध्यमबाट भाईचारको सम्वन्धलाई प्रगाढ समेत वनाउदै आउनु भएको छ ।

यो सम्मानले आफूलाई खेल क्षेत्र र सामाजिक कार्यमा लाग्न थप प्रेरणा मिलेको राईको भनाई रहेको छ ।

कार्यक्रममा सल्लाहकार राई र सदस्य याक्खालाई क्लवका अध्यक्ष दिलिप भुजेल र उपाध्यक्ष मन्जु उदाशले मायाको चिनो दिएर विदाई गर्नु भएको थियो ।

कार्यक्रममा धरान–१६ का जनप्रतिनिधि भिम सुव्वा र वडा नं–५ का वडा सदस्य विजय राई, सल्लाहकार विकास मगर, देवराज अधिकारी लगायतको उपस्थिति रहेको थियो ।

 

 

 

 

 

 

 

 

 

हिविस्कस स्कुलद्धारा विद्यार्थी र अभिभावकलाई उप

छाल खवर धरान, शिक्षा र संस्कृतिको केन्द्र मानिने सहर हो। यही धरान–१५ ...

सुनसरी–१ मा २८ उम्मेदवारद्वारी दर्ता

छाल खवर धरान,६ माघ ः प्रतिनिधि सभा निर्वाचनमा सुनसरी निर्वाचन क्षेत्र १ बाट ...

चुम्लुङको प्रदेश अध्यक्षमा नरेन्द्र

छाल खवर धरान,४ माघः किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अ ...

सरकार र दुर्गा प्रसाईंबीच २७ बुँदे सहमति

छाल खवर काठमाडौं ३ माघ ः नागरिक बचाउ महाभियानका केन्द्रीय अध्यक्ष दुर्गा प् ...

 नेकपाबाट सुनसरी १ मा सूर्य बहादुर भट्टराई ९मनोज०ल

छाल खवरधरान,३ माघः धरान उपमहानगरपालिकामा भाइरल वडाध्यक्षको रुपमा परिचित धरा ...

बुढासुब्बा गोल्डकप माघ २२ देखि हुने

छाल खवर धरान,१ माघः धरानको प्रतिष्ठित प्रतियोगिताको २६औँ अन्तर्राष्ट्रिय आम ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic