उद्घाटन खेलमा सुनाखरी रातो विजयी

  • मंसिर ८, २०८२
  • २,७२७ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान, ७ मंसिर — धरानमा जारी सुनाखरी कपको उद्घाटन खेलमा आयोजक सुनाखरी रातोले लिबर्टी रेसिडेन्सियल स्कुललाई फराकिलो गोल अन्तरले पराजित गर्दै क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

सुनाखरीले पहिलो हाफमा १० तथा दोस्रो हाफमा ८ गोल गर्दै १८ गोल गर्न सफल भएको थियो ।लिबर्टीका तर्फबाट कुनै गोल हुन सकेन।

खेलको म्यान अफ द म्याच’ सुनाखरीका जर्सी नम्बर १० का खेलाडी श्रीहाङ लिम्बु घोषित भए।

sunakharai news photo सुनाखरी एकेडेमीद्वारा आयोजित सुनसरी जिल्ला ब्यापी अन्तर बिद्यालय स्तरीय ‘सुनाखरी एकेडेमी कप–२०८२’ को पहिलो संस्करण शनिवार देखि सुरु भएको छ।

धरान उप–महानगरपालिकाका उप–मेयर अइन्द्र बिक्रम बेघाले रेफ्रीलाई बल हस्तान्तरण गरी खेलको औपचारिक उद्घाटन गरेका थिए ।

उद्घाटन कार्यक्रममा सम्बोधन गर्दै प्रमुख अतिथि बेघाले उप–महानगरपालिकाले खेलकुदका लागि छुट्टै बजेट व्यवस्था गरेको जानकारी दिँदै सुनाखरी एकेडेमीले गरेको फुटबल प्रतियोगिताको पहलको प्रशंसा गरेका थिए ।

एन्फाका केन्द्रिय वरिष्ठ मानार्थ उपाध्यक्ष तथा कोशी प्रदेश अध्यक्ष किशोर राईले धरानमा टोल कपदेखि गोल्ड कपसम्मका प्रतियोगिता भए पनि तयारी गोल्ड कपको स्तरमा नभई टोल कप जस्तो हुने गरेको उल्लेख गर्दै आयोजनामा अझ सुधार आवश्यक रहेको बताए।

स्कुलका प्रिन्सिपल मिलन राईले विद्यार्थीहरूलाई प्रतिस्पर्धात्मक प्लेटफर्म प्रदान गर्दै स्कुले तहबाटै राष्ट्रिय खेलाडी उत्पादनमा टेवा पुर्‍याउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताए।

कार्यक्रममा जिल्ला फुटबल संघ सुनसरीका अध्यक्ष नवीन राई, स्कुलका संस्थापक किशोर सुब्बा, एन प्याब्सनका केन्द्रीय उपाध्यक्ष राजेन्द्र गुरुङ, सुनसरी अध्यक्ष योवा राई, धरान अध्यक्ष भगत लिम्बू, प्याब्सन धरान अध्यक्ष दिपक घिमिरेलगायतको उपस्थिति थियो।

प्रतियोगिताअन्तर्गत सोमबारको खेल एन्फा एकेडेमीको खेल मैदानमा दिउँसो १ वजे माउन्ट हर्मन एकेडेमी र बिजयपुर मावि तथा दोस्रो खेल बुद्ध आदर्श बोर्डिङ र नेपाल पुलिस स्कुलबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ।

sunakhari sunakharain news phoito open photo 1 sunakharai news photo 1 SUNAKHARI NEWS PHOTO

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

धरान–१६ मा सिद्धार्थ शिशु सदनको वार्षिक कार्यक्रम

छाल खवर धरान,३ वैशाखः धरान–सिदार्थ शिशु सदन धरान–१६ मा वार्षिक ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic