कोशी प्रदेश डीआईजी रनिङ कप पुषमा विजेतालाई ८१ हजार ५ रुपैयाँ पुरस्कार

  • मंसिर ९, २०८२
  • १,९९८ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,९ मंसिरः १९ वर्षदेखि स्थगित रहेको डिआइजिपि कप यस वर्षदेखि सञ्चालन हुने भएको छ ।

नेपाल प्रहरी विद्यालय धरानले यस वर्षदेखि प्रतियोगितालाई संचालन गर्ने भएको हो ।

प्रतियोगिता आयोजक नेपाल पुलिस स्कुल धरानले मंगलवार पत्रकार सम्मेलनको आयोजना गरी कोशी प्रदेश अन्तर विद्यालय डिआइजीपि रनिङ फुटबल टुनामेन्ट २०८२ आयोजना गर्न लागेको जानकारी गराएको हो ।

पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार प्रतियोगिताको सातौँ संस्करण पुस ९ देखि १९ सम्म नेपाल प्रहरी प्रदेश कार्यालय धरानको फुटबल मैदानमा सञ्चालन हुनेछ।

प्रतियोगिता संयोजक प्रहरी निरिक्षक सुरेश कुमार हायुले राजनीतिक उतार–चढावका कारण छैटौँ संस्करणपछि रोकिएको डीआईजी कप पुनः सुरु गर्न लागिएको बताउनु भयो । डीआईजी कप २०५८ सालदेखि प्रारम्भ भएर २०६३ सालमा बन्द भएको थियो ।

संयोजक हायुले विद्यालय तहबाटै खेलकुदको प्रवर्द्धन गर्दै भविष्यका राष्ट्रिय खेलाडी उत्पादन गर्ने प्रतियोगिताको उद्देश्य रहेको वताउनु भयो । मित्रताको लागि निष्पक्ष खेल यसपालीको मुख्य नारा भएको संयोजक हायुको भनाई रहेको छ ।

उहाका अनुसार प्रतियोगितामा कोशी प्रदेशका १६ विद्यालयको टिम सहभागी हुनेछन् ।

सुनसरीका ८ टिम र वाहिरका ८ गरी १६ टिमले सहभागीता जनाउने सो प्रतियोगितामा पहिलो आउने टिमले मात्र प्राथमिकता पाउने छ ।

प्रतियोगितामा यु–१७ र यु–१८ उमेर समूहका कक्षा १० सम्म विद्यार्थी र एन्फाको कुनै पनि लिगमा सहभागी नभएका विद्यार्थी खेलाडीले मात्र सहभागिता जनाउन पाउनेछन् ।

खेल संयोजक सागर कार्कीले प्रतियोगिताको विजेताले ८१ हजार ५ रुपैयाँ तथा उपविजेताले ४१ हजार ५ रुपैयाँ नगद सहित ट्रफी, मेडल र प्रमाण–पत्र प्राप्त गर्नेछन् ।

व्यक्तिगत विधामा बेस्ट गोलकिपर, बेस्ट मिड फिल्डर, बेस्ट डिफेन्डर, हाई स्कोरर, राइजिङ प्लेयर तथा बेस्ट कोचलाई जनही २ हजार ५ रुपैयाँ, ट्रफी, मेडल र प्रमाण–पत्र प्रदान गरिनेछ ।

विजेता खेलाडीहरूलाई पुलिस स्कुलमा कक्षा ११ मा अध्ययन गर्न चाहेमा ५० प्रतिशत छात्रवृत्ति पनि उपलब्ध गराइने सुविधा रहेको आयोजकले जनाएको छ ।

प्रत्येक खेलको म्यान अफ द म्याचले १ हजार ५ रुपैयाँ नगद सहित मेडल र प्रमाण–पत्र प्राप्त गर्नेछन् ।

प्रतियोगिताको विजेता टोलीले ट्रफी एक वर्षभित्र आयोजकलाई फिर्ता बुझाउनु पर्नेछ । सट्टामा रिपब्लिक ट्रफी प्रदान गरिने आयोजक विद्यालयले जनाएको छ ।

प्रतियोगितामा ७ लाख ५० हजार आन्तरीक बजेटको तयारी रहेको र अपुग विभिन्न दाताहरुसँग सहयोगको लागि अनुरोध गरीएको प्रतियोगिता संयोजक हायुले वताउनु भयो ।

उहाले प्रतियोगितालाई आगामी दिनहरुमा पनि निरन्तरता दिदै जाने वताउनु भयो ।

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

धरान–१६ मा सिद्धार्थ शिशु सदनको वार्षिक कार्यक्रम

छाल खवर धरान,३ वैशाखः धरान–सिदार्थ शिशु सदन धरान–१६ मा वार्षिक ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic