प्रभात सेकेन्डरी र सैनिक आवासीय क्वाटरफाइनलमा

  • मंसिर ९, २०८२
  • १,५७६ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान, ९ मंसिरः धरानमा जारी सुनाखरी एकेडेमी कपको मंगलवारको खेलमा प्रभात सेकेण्डरी वोडिङ स्कुल र सैनिक आवासीय मा.वि. क्वाटर फाइनलमा प्रवेश गरेकाछन् ।

मङ्गलबार भएको पहिलो खेलमा प्रभात सेकेन्डरी बोर्डिङ स्कुलले ज्ञानकुन्ज रेसिडेन्सियल स्कुललाई ८–० को ठुलो गोलअन्तरले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको थियो ।

पहिलो हाफमै ३–० को अग्रता लिएको प्रभातले दोश्रो हाफमा थप पाँच गोल गर्दै सहज जित हात पारेको हो।

पहिलो खेलका प्लेयर अफ द म्याच प्रभातका जर्सी नं. ११ का युवाहाङ राई घोषित भए।

दोस्रो खेलमा नेपाल सैनिक आवासीय मा.वि. र सुनाखरी निलो बीच प्रतिस्पर्धा रोमाञ्चक बनेको थियो। निर्धारित ९० मिनेट गोलरहित बराबरीमा टुङ्गिएपछि खेल टाई–ब्रेकरमा पुगेको थियो, जहाँ सैनिकले सुनाखरी निलोलाई ३–१ ले हराउँदै क्वाटरफाइनल यात्रा तय गर्यो।

सुनसरी जिल्ला–व्यापी फुटबल प्रतियोगिता ‘सुनाखरी एकेडेमी कप–२०८२’ को पहिलो संस्करण अन्तर्गत मङ्गलबारका खेल सम्पन्न भएका छन्। धरान–१२ स्थित सुनाखरी एकेडेमीद्वारा आयोजित प्रतियोगिता एन्फा एकेडेमी खेलमैदान, धरान–१७ मा जारी छ।

बुधबारको पहिलो खेल दिउँसो १ बजे सेन्ट जोसेफ बोर्डिङ र ज्वालामुखी मा.वि. र दोस्रो खेल दिउँसो २ः३० बजे हिमशिखर बोर्डिङ र देउराली चिल्ड्रेन एकेडेमीबिच हुने आयोजकले जनाएको छ।

नेकपाको सुनसरी १ मा निर्वाचन परिचालन समिति गठन

छाल खवर धरान,९ माघः नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले सुनसरी १ को लागि प्र ...

हिविस्कस स्कुलद्धारा विद्यार्थी र अभिभावकलाई उप

छाल खवर धरान, शिक्षा र संस्कृतिको केन्द्र मानिने सहर हो। यही धरान–१५ ...

सुनसरी–१ मा २८ उम्मेदवारद्वारी दर्ता

छाल खवर धरान,६ माघ ः प्रतिनिधि सभा निर्वाचनमा सुनसरी निर्वाचन क्षेत्र १ बाट ...

चुम्लुङको प्रदेश अध्यक्षमा नरेन्द्र

छाल खवर धरान,४ माघः किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अ ...

सरकार र दुर्गा प्रसाईंबीच २७ बुँदे सहमति

छाल खवर काठमाडौं ३ माघ ः नागरिक बचाउ महाभियानका केन्द्रीय अध्यक्ष दुर्गा प् ...

 नेकपाबाट सुनसरी १ मा सूर्य बहादुर भट्टराई ९मनोज०ल

छाल खवरधरान,३ माघः धरान उपमहानगरपालिकामा भाइरल वडाध्यक्षको रुपमा परिचित धरा ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic