प्रभात सेकेन्डरी र सैनिक आवासीय क्वाटरफाइनलमा

  • मंसिर ९, २०८२
  • १,६७६ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान, ९ मंसिरः धरानमा जारी सुनाखरी एकेडेमी कपको मंगलवारको खेलमा प्रभात सेकेण्डरी वोडिङ स्कुल र सैनिक आवासीय मा.वि. क्वाटर फाइनलमा प्रवेश गरेकाछन् ।

मङ्गलबार भएको पहिलो खेलमा प्रभात सेकेन्डरी बोर्डिङ स्कुलले ज्ञानकुन्ज रेसिडेन्सियल स्कुललाई ८–० को ठुलो गोलअन्तरले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको थियो ।

पहिलो हाफमै ३–० को अग्रता लिएको प्रभातले दोश्रो हाफमा थप पाँच गोल गर्दै सहज जित हात पारेको हो।

पहिलो खेलका प्लेयर अफ द म्याच प्रभातका जर्सी नं. ११ का युवाहाङ राई घोषित भए।

दोस्रो खेलमा नेपाल सैनिक आवासीय मा.वि. र सुनाखरी निलो बीच प्रतिस्पर्धा रोमाञ्चक बनेको थियो। निर्धारित ९० मिनेट गोलरहित बराबरीमा टुङ्गिएपछि खेल टाई–ब्रेकरमा पुगेको थियो, जहाँ सैनिकले सुनाखरी निलोलाई ३–१ ले हराउँदै क्वाटरफाइनल यात्रा तय गर्यो।

सुनसरी जिल्ला–व्यापी फुटबल प्रतियोगिता ‘सुनाखरी एकेडेमी कप–२०८२’ को पहिलो संस्करण अन्तर्गत मङ्गलबारका खेल सम्पन्न भएका छन्। धरान–१२ स्थित सुनाखरी एकेडेमीद्वारा आयोजित प्रतियोगिता एन्फा एकेडेमी खेलमैदान, धरान–१७ मा जारी छ।

बुधबारको पहिलो खेल दिउँसो १ बजे सेन्ट जोसेफ बोर्डिङ र ज्वालामुखी मा.वि. र दोस्रो खेल दिउँसो २ः३० बजे हिमशिखर बोर्डिङ र देउराली चिल्ड्रेन एकेडेमीबिच हुने आयोजकले जनाएको छ।

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

धरान–१६ मा सिद्धार्थ शिशु सदनको वार्षिक कार्यक्रम

छाल खवर धरान,३ वैशाखः धरान–सिदार्थ शिशु सदन धरान–१६ मा वार्षिक ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic