प्रहरी कार्यालयमा आगजनी गर्ने पक्राउ

  • मंसिर ११, २०८२
  • २७६ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,११मंसिर ःइलाका प्रहरी कार्यालय इटहरीमा आगजनी, तोडफोड, लुटपाट र प्रहरीमाथि दुर्व्यवहार गर्ने गिरोहलाई प्रहरीले पक्राउ परेको छ ।

जेनजी आन्दोलनको आवरणमा सुनसरी तोडफोड र आगजनी गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरी कार्यालयको भवन आगजनी गरेर ध्वस्त बनाएको आरोपमा ५ जनालाई पक्राउ गरीएको हो ।

भदौ २४ गते प्रहरीको भवन र सवारीसाधन आगजनी एवं तोडफोड गरेर ध्वस्त पारिएको थियो ।

घटनामा संलग्नमध्ये पहिचान भएका ५ जना पक्राउ परेका हुन् । पक्राउ पर्नेमा इटहरी उपमहानगरपालिका–३ का २९ वर्षीय विजय लिम्बू, भोजपुर याङपाङ घर भइ इटहरी–४ बस्ने ४७ वर्षीय मदन खत्री, इटहरी–४ का २४ वर्षीय सोनम कार्की, इटहरी–५ का ४४ वर्षीय दीपेन्द्रकुमार कार्की र इटहरी–८ का २४ वर्षीय आभाष कार्की रहेको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी सुवास हमाल नेतृत्वको टोलीले अपराधिक गिरोहका ५ जनालाई पक्राउ गरेको हो ।

सुनसरी प्रहरीका प्रवक्ता डीएसपी चन्द्रबहादुर खड्काले पक्राउ परेकाविरुद्ध आपराधिक उपद्रव मुद्दा चलाउन सुनसरी अदालतबाट बुधबार म्याद थप गरेर अनुसन्धानको बाँकी प्रक्रिया अघि बढाइएको जानकारी दिए ।

उनका अनुसार घटनासँग सम्बन्धित भिडियो, फोटोलगायतका प्रमाणका आधारमा उनीहरुलाई पक्राउ गरिएको हो । प्राप्त प्रमाणहरुको विश्लेषण गर्दै घटनामा संलग्न अन्यलाई पक्राउ गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

यता धरानमा भने विभिन्न व्यक्तिको घर र पार्टी कार्यालयमा आगजनी तोडफोड गर्ने विरुद्ध किटान जाहेरी दिएपनि धरान प्रहरीले भने कसैलाई पक्राउ गर्न सकेको छैन ।

हर्कराज राई सुनसरी १ बाट निर्वाचित

छाल खवर धरान,२४ फागुन ः सुनसरी निर्वाचन क्षेत्र नं १ बाट श्रम संस्कृति पार् ...

झापा–५ मा बालेन भन्दा ओली २९ हजार मतले पछाडी

छाल खवर धरान,२३ फागुन ः सर्वाधिक चर्चामा रहेको निर्वाचन क्षेत्र झापा ५ मा र ...

टोल टोलबाट जनतालाई उत्साहित गर्दै सुनसरी १ मा एमाल

छाल खवर धरान,१८ फागुन ः नेकपा एमाले सुनसरी क्षेत्र नं. १ निर्वाचन परिचालन स ...

सुकुम्बासी समस्या समाधान पहिलो प्राथमिकता हो उम्मे

छाल खवर धरान,१७ फागुन ः नेपाली कम्युनिष्ट पार्टी सुनसरी क्षेत्र नं. १ प्रति ...

पत्रमार्फत सुझाव दिन मनोज भट्टराईको युवालाई आह्वा

छाल खवर धरान,१६ फागुन ः नेपाली कम्युनिस्ट पार्टीबाट सुनसरी क्षेत्र नम्बर १ ...

सुनसरी–१ मा एमालेको इतिहास दोहोरिने नेताहरुको  दाव

छाल खवर धरान,१६ फागुन ःनेकपा एमालेले सुनसरी क्षेत्र नं.१ मा आफ्नो पार्टीले ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic