प्रहरी कार्यालयमा आगजनी गर्ने पक्राउ

  • मंसिर ११, २०८२
  • १६४ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,११मंसिर ःइलाका प्रहरी कार्यालय इटहरीमा आगजनी, तोडफोड, लुटपाट र प्रहरीमाथि दुर्व्यवहार गर्ने गिरोहलाई प्रहरीले पक्राउ परेको छ ।

जेनजी आन्दोलनको आवरणमा सुनसरी तोडफोड र आगजनी गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरी कार्यालयको भवन आगजनी गरेर ध्वस्त बनाएको आरोपमा ५ जनालाई पक्राउ गरीएको हो ।

भदौ २४ गते प्रहरीको भवन र सवारीसाधन आगजनी एवं तोडफोड गरेर ध्वस्त पारिएको थियो ।

घटनामा संलग्नमध्ये पहिचान भएका ५ जना पक्राउ परेका हुन् । पक्राउ पर्नेमा इटहरी उपमहानगरपालिका–३ का २९ वर्षीय विजय लिम्बू, भोजपुर याङपाङ घर भइ इटहरी–४ बस्ने ४७ वर्षीय मदन खत्री, इटहरी–४ का २४ वर्षीय सोनम कार्की, इटहरी–५ का ४४ वर्षीय दीपेन्द्रकुमार कार्की र इटहरी–८ का २४ वर्षीय आभाष कार्की रहेको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी सुवास हमाल नेतृत्वको टोलीले अपराधिक गिरोहका ५ जनालाई पक्राउ गरेको हो ।

सुनसरी प्रहरीका प्रवक्ता डीएसपी चन्द्रबहादुर खड्काले पक्राउ परेकाविरुद्ध आपराधिक उपद्रव मुद्दा चलाउन सुनसरी अदालतबाट बुधबार म्याद थप गरेर अनुसन्धानको बाँकी प्रक्रिया अघि बढाइएको जानकारी दिए ।

उनका अनुसार घटनासँग सम्बन्धित भिडियो, फोटोलगायतका प्रमाणका आधारमा उनीहरुलाई पक्राउ गरिएको हो । प्राप्त प्रमाणहरुको विश्लेषण गर्दै घटनामा संलग्न अन्यलाई पक्राउ गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

यता धरानमा भने विभिन्न व्यक्तिको घर र पार्टी कार्यालयमा आगजनी तोडफोड गर्ने विरुद्ध किटान जाहेरी दिएपनि धरान प्रहरीले भने कसैलाई पक्राउ गर्न सकेको छैन ।

हिविस्कस स्कुलद्धारा विद्यार्थी र अभिभावकलाई उप

छाल खवर धरान, शिक्षा र संस्कृतिको केन्द्र मानिने सहर हो। यही धरान–१५ ...

सुनसरी–१ मा २८ उम्मेदवारद्वारी दर्ता

छाल खवर धरान,६ माघ ः प्रतिनिधि सभा निर्वाचनमा सुनसरी निर्वाचन क्षेत्र १ बाट ...

चुम्लुङको प्रदेश अध्यक्षमा नरेन्द्र

छाल खवर धरान,४ माघः किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अ ...

सरकार र दुर्गा प्रसाईंबीच २७ बुँदे सहमति

छाल खवर काठमाडौं ३ माघ ः नागरिक बचाउ महाभियानका केन्द्रीय अध्यक्ष दुर्गा प् ...

 नेकपाबाट सुनसरी १ मा सूर्य बहादुर भट्टराई ९मनोज०ल

छाल खवरधरान,३ माघः धरान उपमहानगरपालिकामा भाइरल वडाध्यक्षको रुपमा परिचित धरा ...

बुढासुब्बा गोल्डकप माघ २२ देखि हुने

छाल खवर धरान,१ माघः धरानको प्रतिष्ठित प्रतियोगिताको २६औँ अन्तर्राष्ट्रिय आम ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic