के.के.इन्टरनेशनल स्कुलको दशौं वार्षिक उत्सव सम्पन्न

  • मंसिर १२, २०८२
  • १७७ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१२ मंसिर ः के.के. इन्टरनेशनल स्कुल धरान–१५ ले दशौँ वार्षिकोत्सव बिहीबार सम्पन्न गरेको छ ।

विद्यालयका अध्यक्ष प्रबिन अग्रवालले अभिभावक तथा शुभचिन्तकले दिएको निरन्तर भरोसा र साथका कारण के.के. इन्टरनेशनल एक दशकको यात्रातर्फ दृढतापूर्वक अघि बढिरहेको बताए।

कार्यक्रमका प्रमुख अतिथी धरान उप–महानगरपालिकाका उप–मेयर अइन्द्र बिक्रम बेघाले विद्यालयले एक दशक मै गुणस्तरीय शिक्षा प्रदान गर्दै उल्लेखनीय उपलब्धि हासिल गर्न सफल रहेको बताउँदै शुभकामना दिएका थिए ।

विशेष अतिथि स्वतन्त्र यातायात मजदुर सङ्घका केन्द्रीय अध्यक्ष भिमज्वाला राई, अतिथिहरुमा विद्यालयका निर्देशक गिरीधारी सापकोटा, प्याब्सन धरान नगर अध्यक्ष दीपक घिमिरे, एन–प्याब्सन नगर अध्यक्ष भगत लिम्बूलगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा प्रिन्सिपल हरिश्चन्द्र बुढाथोकीले अतिथिहरूलाई स्वागत गर्दै विद्यालयका विगत १० वर्षका उपलब्धिहरूबारे जानकारी गराए।

दशौँ वार्षिकोत्सवमा विद्यार्थीहरूले नृत्य, गीत, नाटकलगायत आकर्षक प्रस्तुति दिएका थिए। उत्सव विहिवार र शुक्रवार दुई दिनसम्म चल्ने उक्त कार्यक्रममा विभिन्न सांस्कृतिक तथा शैक्षिक प्रस्तुति रहने विद्यालयले जनाएको छ।

शैक्षिक क्षेत्रमा के के स्कुलले छोटो समयमा नै फडको मार्न सफल भएको छ ।

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

धरान–१६ मा सिद्धार्थ शिशु सदनको वार्षिक कार्यक्रम

छाल खवर धरान,३ वैशाखः धरान–सिदार्थ शिशु सदन धरान–१६ मा वार्षिक ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic