के.के.इन्टरनेशनल स्कुलको दशौं वार्षिक उत्सव सम्पन्न

  • मंसिर १२, २०८२
  • ९६ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१२ मंसिर ः के.के. इन्टरनेशनल स्कुल धरान–१५ ले दशौँ वार्षिकोत्सव बिहीबार सम्पन्न गरेको छ ।

विद्यालयका अध्यक्ष प्रबिन अग्रवालले अभिभावक तथा शुभचिन्तकले दिएको निरन्तर भरोसा र साथका कारण के.के. इन्टरनेशनल एक दशकको यात्रातर्फ दृढतापूर्वक अघि बढिरहेको बताए।

कार्यक्रमका प्रमुख अतिथी धरान उप–महानगरपालिकाका उप–मेयर अइन्द्र बिक्रम बेघाले विद्यालयले एक दशक मै गुणस्तरीय शिक्षा प्रदान गर्दै उल्लेखनीय उपलब्धि हासिल गर्न सफल रहेको बताउँदै शुभकामना दिएका थिए ।

विशेष अतिथि स्वतन्त्र यातायात मजदुर सङ्घका केन्द्रीय अध्यक्ष भिमज्वाला राई, अतिथिहरुमा विद्यालयका निर्देशक गिरीधारी सापकोटा, प्याब्सन धरान नगर अध्यक्ष दीपक घिमिरे, एन–प्याब्सन नगर अध्यक्ष भगत लिम्बूलगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा प्रिन्सिपल हरिश्चन्द्र बुढाथोकीले अतिथिहरूलाई स्वागत गर्दै विद्यालयका विगत १० वर्षका उपलब्धिहरूबारे जानकारी गराए।

दशौँ वार्षिकोत्सवमा विद्यार्थीहरूले नृत्य, गीत, नाटकलगायत आकर्षक प्रस्तुति दिएका थिए। उत्सव विहिवार र शुक्रवार दुई दिनसम्म चल्ने उक्त कार्यक्रममा विभिन्न सांस्कृतिक तथा शैक्षिक प्रस्तुति रहने विद्यालयले जनाएको छ।

शैक्षिक क्षेत्रमा के के स्कुलले छोटो समयमा नै फडको मार्न सफल भएको छ ।

नेकपाको सुनसरी १ मा निर्वाचन परिचालन समिति गठन

छाल खवर धरान,९ माघः नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले सुनसरी १ को लागि प्र ...

हिविस्कस स्कुलद्धारा विद्यार्थी र अभिभावकलाई उप

छाल खवर धरान, शिक्षा र संस्कृतिको केन्द्र मानिने सहर हो। यही धरान–१५ ...

सुनसरी–१ मा २८ उम्मेदवारद्वारी दर्ता

छाल खवर धरान,६ माघ ः प्रतिनिधि सभा निर्वाचनमा सुनसरी निर्वाचन क्षेत्र १ बाट ...

चुम्लुङको प्रदेश अध्यक्षमा नरेन्द्र

छाल खवर धरान,४ माघः किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अ ...

सरकार र दुर्गा प्रसाईंबीच २७ बुँदे सहमति

छाल खवर काठमाडौं ३ माघ ः नागरिक बचाउ महाभियानका केन्द्रीय अध्यक्ष दुर्गा प् ...

 नेकपाबाट सुनसरी १ मा सूर्य बहादुर भट्टराई ९मनोज०ल

छाल खवरधरान,३ माघः धरान उपमहानगरपालिकामा भाइरल वडाध्यक्षको रुपमा परिचित धरा ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic