धरानमा खेलकुद महोत्सवको आयोजना हुने

  • मंसिर १३, २०८२
  • १३२ पटक पढिएको
  • छाल खबर

छाल खवर
धरान,१३ मंसिर ः धरानमा पहिलो पटक खेलकुद महोत्सव आयोजना हुने भएको छ ।

धरान खेलकुद मञ्चको आयोजनामा हुने महोत्सवका विषयमा शनिबार पत्रकार सम्मेलन गरी सो विषयमा जानकारी गराइएको हो ।

महोत्सव संयोजक कुवेरमान राईले कार्यक्रमको वारेमा जानकारी दिएका थिए ।

आयोजकले पत्रकार सम्मेलन मार्फत दिएको जानकारी अनुसार मंसिर २५ गते देखि पौष १० गतेसम्म हुनेछ ।

एन्फा कोशी प्रदेश अध्यक्ष किशोर राईले महोत्सव ८ दिनसम्म सञ्चालन हुने बताउँदै खेलकुदसँगै सङ्गीत, मनोरञ्जन, खेल–तमासा र खानेकुराका स्टल समेत रहने जानकारी दिएका थिए ।

राईले व्यवसायिक खेलकुद विकास, खेलाडीको सम्मान र खेलकुदमै नगरको पहिचान बनाउने उद्देश्यसहित धरानलाई ‘खेलकुदको शहर’ घोषणा गर्ने प्रस्ताव अघि बढाइएको बताए।

सो कार्यक्रममा वर्ष खेलाडी, प्रशिक्षक र लिजेन्ड सम्मान समेत गरिनेछ।

आयोजकले दिएको जानकारी अनुसार महोत्सव अवधिभर पूर्व,वर्तमान सर्वश्रेष्ठ खेलाडी तथा राष्ट्रिय–अन्तर्राष्ट्रिय ओलम्पियनहरूले जितेका पदक र खेल सामग्रीहरूको विशेष प्रदर्शनी राखिनेछ।

फुटबल, गल्फ, सुटिङ, बास्केटबल, हक्की, डोरी तान, आर्चरीलगायत खेलका थिम स्टल पनि रहनेछन्।

आयोजकका अनुसार प्रदर्शनी र प्रतियोगिताले “धरान खेलकुदको शहर हो” भन्ने सन्देश देश–विदेशमा प्रवाह गर्ने लक्ष्य लिएको छ।

मेयर कप स्कूल ओलम्पिक २०८२ आयोजना हुने बिगत वर्षहरूमा रोकिएको मेयर कप यस वर्ष पुनः सुरु हुँदैछ। विद्यालयस्तरका विद्यार्थीको प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यसहित १२ खेल विधामा प्रतिस्पर्धा गराइने भएको छ।

प्रतियोगिताहरू सितोरियो कराँते, फुटबल, टेबलटेनिस, टेक्वान्दो, बास्केटबल, ब्याडमिन्टन, भलिबल, क्रिकेट, एथलेटिक्स, उसु, जुडो र सेपाटाक्रो समावेश हुने भएका छन ।

प्रतियोगिताको अनुमानित खर्च रु २८ लाखमध्ये धरान उपमहानगरले १३ लाख बजेट विनियोजन गरेको र बाँकी रकम महोत्सवबाट संकलन गरिने संयोजक राईले बताए।

हिविस्कस स्कुलद्धारा विद्यार्थी र अभिभावकलाई उप

छाल खवर धरान, शिक्षा र संस्कृतिको केन्द्र मानिने सहर हो। यही धरान–१५ ...

सुनसरी–१ मा २८ उम्मेदवारद्वारी दर्ता

छाल खवर धरान,६ माघ ः प्रतिनिधि सभा निर्वाचनमा सुनसरी निर्वाचन क्षेत्र १ बाट ...

चुम्लुङको प्रदेश अध्यक्षमा नरेन्द्र

छाल खवर धरान,४ माघः किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अ ...

सरकार र दुर्गा प्रसाईंबीच २७ बुँदे सहमति

छाल खवर काठमाडौं ३ माघ ः नागरिक बचाउ महाभियानका केन्द्रीय अध्यक्ष दुर्गा प् ...

 नेकपाबाट सुनसरी १ मा सूर्य बहादुर भट्टराई ९मनोज०ल

छाल खवरधरान,३ माघः धरान उपमहानगरपालिकामा भाइरल वडाध्यक्षको रुपमा परिचित धरा ...

बुढासुब्बा गोल्डकप माघ २२ देखि हुने

छाल खवर धरान,१ माघः धरानको प्रतिष्ठित प्रतियोगिताको २६औँ अन्तर्राष्ट्रिय आम ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic