धरानमा खेलकुद महोत्सवको आयोजना हुने

  • मंसिर १३, २०८२
  • २३३ पटक पढिएको
  • छाल खबर

छाल खवर
धरान,१३ मंसिर ः धरानमा पहिलो पटक खेलकुद महोत्सव आयोजना हुने भएको छ ।

धरान खेलकुद मञ्चको आयोजनामा हुने महोत्सवका विषयमा शनिबार पत्रकार सम्मेलन गरी सो विषयमा जानकारी गराइएको हो ।

महोत्सव संयोजक कुवेरमान राईले कार्यक्रमको वारेमा जानकारी दिएका थिए ।

आयोजकले पत्रकार सम्मेलन मार्फत दिएको जानकारी अनुसार मंसिर २५ गते देखि पौष १० गतेसम्म हुनेछ ।

एन्फा कोशी प्रदेश अध्यक्ष किशोर राईले महोत्सव ८ दिनसम्म सञ्चालन हुने बताउँदै खेलकुदसँगै सङ्गीत, मनोरञ्जन, खेल–तमासा र खानेकुराका स्टल समेत रहने जानकारी दिएका थिए ।

राईले व्यवसायिक खेलकुद विकास, खेलाडीको सम्मान र खेलकुदमै नगरको पहिचान बनाउने उद्देश्यसहित धरानलाई ‘खेलकुदको शहर’ घोषणा गर्ने प्रस्ताव अघि बढाइएको बताए।

सो कार्यक्रममा वर्ष खेलाडी, प्रशिक्षक र लिजेन्ड सम्मान समेत गरिनेछ।

आयोजकले दिएको जानकारी अनुसार महोत्सव अवधिभर पूर्व,वर्तमान सर्वश्रेष्ठ खेलाडी तथा राष्ट्रिय–अन्तर्राष्ट्रिय ओलम्पियनहरूले जितेका पदक र खेल सामग्रीहरूको विशेष प्रदर्शनी राखिनेछ।

फुटबल, गल्फ, सुटिङ, बास्केटबल, हक्की, डोरी तान, आर्चरीलगायत खेलका थिम स्टल पनि रहनेछन्।

आयोजकका अनुसार प्रदर्शनी र प्रतियोगिताले “धरान खेलकुदको शहर हो” भन्ने सन्देश देश–विदेशमा प्रवाह गर्ने लक्ष्य लिएको छ।

मेयर कप स्कूल ओलम्पिक २०८२ आयोजना हुने बिगत वर्षहरूमा रोकिएको मेयर कप यस वर्ष पुनः सुरु हुँदैछ। विद्यालयस्तरका विद्यार्थीको प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यसहित १२ खेल विधामा प्रतिस्पर्धा गराइने भएको छ।

प्रतियोगिताहरू सितोरियो कराँते, फुटबल, टेबलटेनिस, टेक्वान्दो, बास्केटबल, ब्याडमिन्टन, भलिबल, क्रिकेट, एथलेटिक्स, उसु, जुडो र सेपाटाक्रो समावेश हुने भएका छन ।

प्रतियोगिताको अनुमानित खर्च रु २८ लाखमध्ये धरान उपमहानगरले १३ लाख बजेट विनियोजन गरेको र बाँकी रकम महोत्सवबाट संकलन गरिने संयोजक राईले बताए।

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

धरान–१६ मा सिद्धार्थ शिशु सदनको वार्षिक कार्यक्रम

छाल खवर धरान,३ वैशाखः धरान–सिदार्थ शिशु सदन धरान–१६ मा वार्षिक ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic