हिबिस्कस क्विज मेनियाको लागि २५ विद्यालय सहभागी

  • मंसिर १४, २०८२
  • ८९१ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१४मंसिरः हिविस्कस इङ्लिस बोडिङ स्कुल धरान–१५ ले आयोजना गर्न लागेको हिबिस्कस क्विज मेनिया सिजन–४ का लागि हालसम्म २५विद्यालयहरूले नाम दर्ता गराएकाछन् ।

विद्यालयका निर्देशक गंगाराम राईले धरान, इटहरी, इनरुवा, बराहक्षेत्र, मोरङसहित विभिन्न ठाउका विद्यालयहरु गरी हालसम्म २५ विद्यालयले औपचारिक रुपमा नाम दर्ता गराइसकेको जानकारी दिनुभयो ।

विद्यालयका निर्देशक गंगाराम राईका अनुसार दर्ता गर्ने अन्तिम दिन मङ्सिर २५ तोकिएको छ, र सो दिनभित्र जति विद्यालयले चाहे पनि सहज रूपमा सहभागी हुन सक्ने व्यवस्था मिलाइएको छ।

विद्यार्थीमा कक्षाका कोर्षहरु वाहेक पुस्तक पढने बानीको विकास हुनुका साथै विश्लेषण क्षमता, आत्मविश्वास तथा लोकसेवा आयोगस्तरका प्रश्न–समाधानमा कौशलता विकास गर्ने प्रतियोगिताको उद्देश्य रहेको निर्देशक राईको भनाई रहेको छ ।

स्कुलको प्राङ्गणमा आगामी पुष ९ र १० गते कार्यक्रम आयोजना हुनेछ ।पहिलो दिनमा समूहमा टिक लगाउने गरी प्रतियोगिता हुने छ भने दोस्रो दिन समूहमा प्रश्न उत्तर गरेर गरीने प्रतियोगिता संयोजक सुवास मोक्तानले जानकारी दिनुभयो ।

२०६२ सालमा स्थापना भएको हिविस्कस इङ्लिस बोर्डिङ स्कुलले गुणस्तरीय,अनुशासित र नैतिक मूल्यमा आधारित शिक्षाको परम्परालाई निरन्तर कायम राख्दै आएको छ।

समावेशी शिक्षामार्फत निम्न आय भएका परिवारका बालबालिकालाई समेत उत्तिकै अवसर प्रदान गर्दै आएको विद्यालयले विद्यार्थीको बौद्धिक विकासमा उल्लेख्य योगदान पुर्‍याउँदै आएको छ।

विद्यालयले विगत तीन वर्षदेखि अन्तर–विद्यालय स्तरीय हाजिरीजवाफ प्रतियोगिता सञ्चालन गर्दै आएको छ।

यस वर्षबाट प्रतियोगितालाई खुला कोशी प्रदेशस्तरमा विस्तार गरिएको छ, जसअन्तर्गत प्रदेशका १४ जिल्लाबाट अधिकतम विद्यालयले सहभागिता जनाउने स्कुलको अपेक्षा रहेको छ ।

पुरस्कार राशीहरू

प्रथम पुरस्कार – नगद रु २०,०००, रनिङ ट्रफि, मेडल र प्रमाण–पत्र
दोस्रो पुरस्कार – नगद रु १५,०००, मेडल र प्रमाण–पत्र

तेस्रो पुरस्कार – नगद रु ८,०००, प्रमाणपत्र

चौथो पुरस्कार – नगद रु ६,०००, प्रमाणपत्र

पाँचौं पुरस्कार – नगद रु ४,०००, प्रमाणपत्र

सान्त्वना पुरस्कार – नगद रु २,०००, प्रमाण–पत्र

पुष ९ गतेको प्रारम्भिक चरणबाट उत्कृष्ट ६ टिम छनोट भई पुष १० गते फाइनलमा प्रतिस्पर्धा गर्नेछन्।

२०७९ सालमा सुरु भएको प्रतिस्पर्धामा पहिलो वर्ष हिविस्कस इङ्लिस बोर्डिङ स्कुल, दोस्रो वर्ष नेपाल पुलिस स्कुल र तेस्रो वर्ष पुनः हिविस्कस स्कुले विजेता बनेका थिए।

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

धरान–१६ मा सिद्धार्थ शिशु सदनको वार्षिक कार्यक्रम

छाल खवर धरान,३ वैशाखः धरान–सिदार्थ शिशु सदन धरान–१६ मा वार्षिक ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic