डि.एल.आर.एस. ट्यालेन्ट हन्टको तयारी अन्तिम चरणमा

  • मंसिर २४, २०८२
  • १,५२१ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर

धरान, २४ मंसिर ः धरान लिगामेन्ट रेसिडेन्सियल स्कुल धरान–१६ ले आयोजना गरेको डि.एल.आर.एस. ट्यालेन्ट हन्ट–२०८२ को ग्रान्ड फिनाले आगामी मङ्सिर २६ गते, शुक्रबार हुने भएको छ।

स्कलले बुधबार पत्रकार सम्मेलनमार्फत कार्यक्रम सम्बन्धी विस्तृत जानकारी सार्वजनिक गरिएको हो।

विद्यालयका निर्देशक दुर्गा सुवेदीका अनुसार प्रतियोगिताको उद्देश्य कला–संस्कृतिको जगेर्ना, विद्यार्थीको आत्मविश्वास अभिवृद्धि तथा लुकेका प्रतिभा उजागर गर्नु रहेको छ।

‘Melody & Motion’‘ भन्ने मूल नाराका साथ सञ्चालन भइरहेको प्रतियोगितामा मङ्सिर ५ गते पहिलो अडिसन र मङ्सिर १२ गते दोस्रो अडिसन सम्पन्न गरिएको प्रिन्सिपल तेजमान लिम्बूले जानकारी दिए।

गायन (Melody) विधामा सिनियर ७ र जुनियर ७, जबकि नृत्य (Motion) विधामा सिनियर ११ र जुनियर ८ जना प्रतिभाहरू फाइनलका लागि छनोट भएका छन्।

मूल्यांकन प्रक्रिया निर्णायकको अंक ६० प्रतिशत तथा भोटिङ ४० प्रतिशत रहनेछ। दोस्रो अडिसनबाट छनोट भएका सहभागीहरूले मङ्सिर १९ गते प्रस्तुति दिएका थिए, जसलाई मङ्सिर २० गते विद्यालयको आधिकारिक फेसबुक पेजमा अपलोड गरिएको छ।

प्रेस विज्ञप्ति अनुसार १ लाइक . १ पोइन्ट र १ शेयर . १ पोइन्ट मानिनेछ। भोटिङ मङ्सिर २५ गते बिहिबार दिउँसो १ बजे बन्द गरिनेछ। मूल्यांकनका लागि विद्यालय बाहिरका सम्बन्धित क्षेत्रमा सक्रिय विज्ञ निर्णायक राखिने भएको छ।

सिनियर समूहमा कक्षा ६–१० र जुनियर समूहमा कक्षा १–५ का विद्यार्थी सहभागी छन्। पुरस्कारतर्फ दुबै समूहका प्रथम, द्वितीय र तृतीय हुने प्रतिभाहरूलाई क्रमशः नगद २५ सय, १५ सय र १ हजार, साथमा ट्रफी तथा प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ।

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

धरान–१६ मा सिद्धार्थ शिशु सदनको वार्षिक कार्यक्रम

छाल खवर धरान,३ वैशाखः धरान–सिदार्थ शिशु सदन धरान–१६ मा वार्षिक ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic