डि.एल.आर.एस. ट्यालेन्ट हन्ट सम्पन्न

  • मंसिर २७, २०८२
  • ३७५ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान, २७ मंसिर ः धरान लिगामेन्ट रेसिडेन्सियल स्कुल धरान–१६ ले आयोजना गरेको डि.एल.आर.एस. ट्यालेन्ट हन्ट–२०८२ सम्पन्न भएको छ।

स्कलको प्राङ्गाणमा शनिबार फाइनल प्रतियोगिता सम्पन्न भएको हो ।

प्रतियोगितामा मेलोडी सिनियरतर्फ कक्षा ६ कि नुमा लिम्वु प्रथम वनेकी थिइन भने कक्षा ८ का याङछाहाङ राई दोस्रो वनेका थिए ।

LIGAMENT NEWS PHOTO = 2 प्रतियोगितामा कक्षा ९ का सन्जोग लिम्वुखिम तेस्रो भएका थिए ।

त्यसैगरी मेलोडी जुनियरतर्फ कक्षा ३ की विप्लन घिमिरे प्रथम वनेकी थिइन भने कक्षा ४ कि साइवोङ लिम्वू दोस्रो वनेकी थिइन । प्रतियोगितामा कक्षा २ का सेजल राई तेस्रो वनेका थिए ।

मोसन सिनियरतर्फ कक्षा ८ का याङक्षा राई प्रथम वनेकाछन् भने कक्षा ७ की अदिति प्रधान दोस्रो र कक्षा ७ की सिसिलुङ्मा लिम्वू तेस्रो वनेकी थिइन ।

यता मोसन जुनियरतर्फ कक्षा २ की लिलिमहाङमा सुव्वा प्रथम वनेकी थिइन भने कक्षा ४ की शुभश्री निरौला दोस्रो वनेकी थिइन भने कक्षा ३ की जयरा पोर्तेल तेस्रो वनेकी थिइन ।

नृत्य र गायनतर्फ आयोजना गरीएको सो प्रतियोगितालाई निष्पक्षा वनाउनका लागि स्कुल भन्दा वाहिरका निर्णायक ल्याएको स्कुलका प्रिन्सिपल तेजमान लिम्वूले वताउनु भयो ।

सिनियर समूहमा कक्षा ६देखि १० र जुनियर समूहमा कक्षा १ देखि ५ का विद्यार्थी सहभागी भएका थिए ।पुरस्कारतर्फ दुबै समूहका प्रथम, द्वितीय र तृतीय हुने प्रतिभाहरूलाई क्रमशः नगद २हजार ५ सय, १हजार ५ सय र १ हजार, साथमा ट्रफी तथा प्रमाण–पत्र प्राप्त गरेका थिए ।

विद्यालयका निर्देशक दुर्गा सुवेदीले प्रतियोगिताको उद्देश्य कला–संस्कृतिको जगेर्ना, विद्यार्थीको आत्मविश्वास अभिवृद्धि तथा लुकेका प्रतिभा उजागर गर्नु रहेको बताउनु भयो ।

विजेताहरुलाई कार्यक्रममा प्रमुख अतिथि धरान–१६ का वडाध्यक्ष मुरारी भट्टराईले पुरस्कार वितरण गरेका थिए ।

 

विजयपुर अस्पताल र हिविस्कस स्कुलवीच स्वास्थ्य सम्

छाल खवर धरान,२९ मंसिर ःधरान १० स्थित विजयपुर अस्पताल र धरान–१५ स्थित ...

जनता समाजवादी पार्टी प्रदेश १ अध्यक्षमा गणेश राई

छाल खवर धरान,२८ मंसिर ः अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीको प्रदेश १ ...

सुनाखरी डान्सिङ आइडलको उपाधि साईमा र सागरिकालाई

छाल खवर मंसिर २८ मंसिरः सुनाखरी डान्सिङ आइडल–२०८२’ को उपाधि साई ...

डिपो कपमा शनिवार चार खेल सम्पन्न

छाल खवर धरानमा जारी डिपो माध्यमिक विद्याल धरान १८ ले आयोजना गरेको २० औं ललि ...

आइडल बोर्डिङ स्कुल,नोबेल एकाडेमी, र कार्मेल हाईस्क

छाल खवर धरान,२६ मंसिर ः डिपो माध्यमिक विद्याल धरान १८ ले आयोजना गरेको २० औं ...

खेलकुद महोत्सव शुरु

छाल खवर धरान,२५ मंसिर ः धरान खेलकुद मञ्चको आयोजनामा धरानमा पहिलो ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic