सुनाखरी डान्सिङ आइडलको उपाधि साईमा र सागरिकालाई

  • मंसिर २८, २०८२
  • ११६ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
मंसिर २८ मंसिरः सुनाखरी डान्सिङ आइडल–२०८२’ को उपाधि साईमा लिम्बु र सागरिका श्रेष्ठले हात पारेकाछन् ।

सुनाखरी एकेडेमी धरान–१२ मा सम्पन्न एकल नृत्य प्रतियोगिताको ग्राण्ड फिनालेबाट उनीहरुले उपाधि हात पारेका हुन ।

सिनियरतर्फ कक्षा ९ की साईमा लिम्बु र जुनियरतर्फ कक्षा ५ की सागरिका श्रेष्ठ प्रथम बनेका हुन्।

SUNAKHARI NEWS PHOTO = 2 1 सुनाखरी बाल क्लबको आयोजनामा तथा सुनाखरी एकेडेमीको संयोजनमा भएको प्रतियोगितामा सिनियरतर्फ कक्षा ७ की चारु राई र जुनियरतर्फ कक्षा ३ की सोफिया राईले उपविजेताको उपाधि हात पार्न सफल वनेका थिए ।

यस्तै, सिनियरतर्फ कक्षा ६ की इसिका श्रेष्ठ र जुनियरतर्फ कक्षा ३ की एलिभेट गिरीले तेस्रो स्थान हात पारेका थिए ।

प्रतियोगितामा सिनियरतर्फ कक्षा ६ देखि १० सम्म तथा जुनियरतर्फ कक्षा १ देखि ५ सम्म अध्ययनरत विद्यार्थीहरूको सहभागिता रहेको थियो।

विजेता तथा उपविजेताहरूले उपाधि, ट्रफी र प्रमाण–पत्र प्राप्त गरेका थिए ।

प्लस–टु कोअर्डिनेटर तपकुमार राईको सभापतित्व तथा प्रिन्सिपल मिलन राईको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा नृत्य निर्देशकद्वय सानुराजा थेगिम र रबिना तुलाधर निर्णायकको भूमिकामा रहेका थिए।

विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको नृत्य प्रतिभा उजागर गर्ने उद्देश्यले आयोजना गरिएको यो आइडल गत भदौ १२ र १३ गते अडिसनमार्फत सुरु भएको आयोजक बाल क्लबकी अध्यक्ष दिक्षा लिम्बुले जानकारी दिइन्।

यसै अवसरमा सुनाखरी एकेडेमीले मंसिर २६ गते वार्षिक कार्यक्रमअन्तर्गत नेपाली बहुसांस्कृतिक भेषभूषा प्रदर्शनी पनि आयोजना गरेको थियो।

व्यवहारिक शिक्षामार्फत विद्यार्थीलाई आफ्नो मौलिक संस्कृति र पहिचानप्रति सचेत गराउने उद्देश्यले यस्तो कार्यक्रम हरेक वर्ष आयोजना हुँदै आएको प्रिन्सिपल मिलन राईले बताए।

कार्यक्रममा विद्यार्थी, शिक्षक, शिक्षिका तथा कर्मचारीहरू आफ्ना–आफ्ना मौलिक सांस्कृतिक पोशाकमा सजिएर सहभागी भएका थिए।

साथै, आफ्नो संस्कृति र भेषभूषाबारे ९ जना विद्यार्थीले प्रतियोगितात्मक भाषण प्रस्तुत गरेका थिए, जसमा सौरभी विश्वकर्मा विजेता बन्न सफल भइन्। उनले ट्रफी र प्रमाणपत्र प्राप्त गरिन् ।

प्रतियोगितामा सहभागीहरूले आफ्नो संस्कृति र भेषभूषाको पृष्ठभूमि तथा त्यसको महत्व र उपयोगिताबारे विचार प्रस्तुत गरेका थिए।

कार्यक्रम सञ्चालन बाल क्लबमा आवद्ध लक्ष्मी लिम्बु, मिस्ना राई, एलिना मास्के र नाम्साङले गरेका थिए।

टोल टोलबाट जनतालाई उत्साहित गर्दै सुनसरी १ मा एमाल

छाल खवर धरान,१८ फागुन ः नेकपा एमाले सुनसरी क्षेत्र नं. १ निर्वाचन परिचालन स ...

सुकुम्बासी समस्या समाधान पहिलो प्राथमिकता हो उम्मे

छाल खवर धरान,१७ फागुन ः नेपाली कम्युनिष्ट पार्टी सुनसरी क्षेत्र नं. १ प्रति ...

पत्रमार्फत सुझाव दिन मनोज भट्टराईको युवालाई आह्वा

छाल खवर धरान,१६ फागुन ः नेपाली कम्युनिस्ट पार्टीबाट सुनसरी क्षेत्र नम्बर १ ...

सुनसरी–१ मा एमालेको इतिहास दोहोरिने नेताहरुको  दाव

छाल खवर धरान,१६ फागुन ःनेकपा एमालेले सुनसरी क्षेत्र नं.१ मा आफ्नो पार्टीले ...

भूगोल र मन जोड्न नेपाली कम्युनिस्ट पार्टीको पैदल य

छाल खवर धरान,१५ फागुनः सुनसरी क्षेत्र नम्बर १ मा आगामी फागुन २१ गते हुन गइर ...

वि लभ यु फाउण्डेशनद्धारा १ सय पिन्ट रगत संकलन

छाल खवर धरान,१४ फागुन ः वी लभ यु फाउण्डेशनले ८८२ औं विश्वव्यापि रक्तदान कार ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic