छाल खवर
धरान,५ पुषः हिविस्कस क्विज मेनिया सिजन ४ (हाजिरी जवाफ प्रतियोगिता) को तयारी पुरा भएको आयोजकले जनाएकोछ ।
हिबिस्कस ईङिलस बोर्डिङ स्कुलको ब्यवस्थापन, शिव गंगा टोल विकास संस्था धरान १५ र हिबिस्कस बाल क्लब, धरान १५ ले शनिवार पत्रकार सम्मेलन गरी तयारी पुरा भएको जनाएको हो ।
कोशी प्रदेश स्तरिय हाजिरी जवाफ प्रतियोगितामा ४४ वटा स्कुलले सहभागिता हुने हाजिरी जवाफ प्रतियोगिता ब्यवस्थापन समितिका संयोजक सुवास मोक्तानले जानकारी दिएकाछन् ।
मोक्तानले धरान उपमहानगरपालिकाबाट २८, इटहरी उपमहा नगरपालिकाबाट ६, मोरङ जिल्लाबाट ३, बराहक्षेत्र नगरपालिकाबाट ४, रामधुनी नगरपालिकाबाट १ र इनरुवा नगरपालिकाबाट २ गरेर सामुदायिक र संस्थागत बिद्यालयले सहभागिता जनाउने वताए ।
प्रतियोगितालाई थप प्रभावकारी बनाउन दायरा खुल्ला गरिएको र हाजिरी जवाफमा रुचि भएका जुन सुकै विद्यालयले पनि भाग लिन पाउने प्रावधान राखिएको हिविस्कस स्कलका निर्देशक गंगाराम राईले बताए ।
खरीदार लेबलको सिलेवसको आधारमा प्रश्नपत्र तयार गरीने भएकोले प्रतियोगितामा विजेता उपविजेताले लोकसेवा आयोग पास गर्न सक्ने क्षमता राख्ने आयोजकको ठहर छ ।
पहिलो चरणबाट फाइनलमा प्रवेश गरेका ६ वटा टिमले फाइनलमा भाग लिन पाउनेछन् ।
प्रथम हुने टिमले नगद २० हजार, ट्रफि, मेडल र प्रमाण–पत्र प्राप्त गर्नेछन् भने दोस्रो हुने टिमले नगद १५ हजार मेडल र प्रमाण–पत्र, तेस्रो हुने टिमले ८ हजार प्रमाण–पत्र, चौंथो हुने टिमले नगद ६ हजार प्रमाण–पत्र, पाचौ हुने टिमले ४ हजार प्रमाण–पत्र र सान्तवना हुने टिमले २ हजार नगद प्रमाण(पत्र प्राप्त गर्नेछन् ।
हिविस्कस स्कुलले हाजिरी जवाफ प्रतियोगितालाई आफ्नो व्राण्ड वनाउदै आएको छ ।
Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved
Website By : Hash Tech Logic