हिबिस्कस क्विज मेनियाको उपाधि साजिलाल स्कुललाई

  • पुस १०, २०८२
  • २,७५५ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१० मंसिर ःहिबिस्कस इङलिस बोर्डिङ स्कुल धरान–१५ले आयोजना गरेको हिबिस्कस क्विज मेनिया सिजन–४ को उपाधि साजिलाल मा.विले हात पार्न सफल वनेको छ ।

विहिवार सम्पन्न भएको फाइनल प्रतियोगितामा साजिलालले अन्य विद्यालयलाई पछि पार्दै उपाधी हात पारेको हो ।

प्रतियोगितामा साजिलाल माध्यमिक विद्यालय, सुन्दरहरैचा मोरङले नगद २० हजार सहित ट्रफी, मेडल र प्रमाण–पत्र प्राप्त गरेको छ।

प्रतियोगितामा जीवन ज्योति इङलिस बोर्डिङ स्कुल, चक्रघट्टी बराहक्षेत्रले दोस्रो स्थान प्राप्त गरेको छ । जीवन ज्योतिले नगद १५ हजार रुपैयाँ सहित मेडल र प्रमाण–पत्र प्राप्त गरेको छ।

त्यसैगरी धरान मेघा हिमालयन स्कुलले तेस्रो स्थान हात पारेको छ उसले नगद ८ हजार रुपैया र मेडल प्रमाण पत्र हात पारेको छ ।

HIBISCUS NEWS MEGHA उता महेन्द्र माध्यमिक विद्यालय, तित्रिगाछी बराहक्षेत्रले चौथो स्थानमा चित्त वुझाउनु परेको छ । महेन्द्र मा.वि.ले नगद ६ हजार रुपैयाँ प्रमाण–पत्र हात पारेको छ ।

HIBISCUS SAMMAN NEWS PHOTO त्यस्तै तरहरा मोडल एकेडेमी इटहरीले पाचौ स्थान हात पार्दै नगद ४ हजार प्रमाण पत्र हात पारेको छ भने आयोजक हिबिस्कस इङलिस बोर्डिङ स्कुलले छैटौ स्थान हासिल गरी नगद २ हजार प्रमाण–पत्र हासिल गरेको छ ।

कार्यक्रमका प्रमुख अतिथि धरान उपमहानगरपालिकाका उपमेयर अइन्द्र विक्रम बेघा तथा निर्णायकद्वय नवोदिप साह र सुरेश रेग्मीले विजेता तथा सहभागी टिमहरुलाई पुरस्कार वितरण गरे।

सो अवसरमा उपमेयर बेघाले यस्ता बौद्धिक प्रतियोगिताले विद्यार्थीहरुको सोच्ने र स्मरण गर्ने क्षमता वृद्धि गर्नुका साथै भविष्यमा लोकसेवा आयोगको तयारीमा समेत सहयोग पुग्ने बताए।

स्कुलका भाइस प्रिन्सिपल विजय सिंह थेबेले प्रतियोगितालाई आगामी दिनमा अझ व्यापक बनाउँदै देशव्यापी रुपमा विस्तार गरिने जानकारी दिए।

स्कुलका सल्लाहकार पवन झाले हिबिस्कस स्कुल रहुन्जेलसम्म क्विज मेनिया निरन्तर आयोजना गरिने प्रतिबद्धता व्यक्त गरे।

बुधबार सम्पन्न छनोट चरणमा सहभागी ४५ विद्यालय मध्ये उत्कृष्ट ६ विद्यालय ग्रान्ड फिनालेमा प्रवेश गरेका थिए। विद्यार्थीहरुमा प्रतिस्पर्धात्मक भावना विकास गर्दै शैक्षिक तथा बौद्धिक क्षमता अभिवृद्धि गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजक स्कुलका निर्देसक गङ्गाराम राईले बताए ।

प्रतियोगिताको क्विज मास्टर शिक्षक नयन राज राईले बताए।

सो अवसरमा कार्यक्रमलाई सहयोग गर्ने विभिन्न दाताहरुलाई सम्मान पत्र र दोसल्ला ओढाएर सम्मान गरीएको थियो ।

 

 

नेकपाको सुनसरी १ मा निर्वाचन परिचालन समिति गठन

छाल खवर धरान,९ माघः नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले सुनसरी १ को लागि प्र ...

हिविस्कस स्कुलद्धारा विद्यार्थी र अभिभावकलाई उप

छाल खवर धरान, शिक्षा र संस्कृतिको केन्द्र मानिने सहर हो। यही धरान–१५ ...

सुनसरी–१ मा २८ उम्मेदवारद्वारी दर्ता

छाल खवर धरान,६ माघ ः प्रतिनिधि सभा निर्वाचनमा सुनसरी निर्वाचन क्षेत्र १ बाट ...

चुम्लुङको प्रदेश अध्यक्षमा नरेन्द्र

छाल खवर धरान,४ माघः किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अ ...

सरकार र दुर्गा प्रसाईंबीच २७ बुँदे सहमति

छाल खवर काठमाडौं ३ माघ ः नागरिक बचाउ महाभियानका केन्द्रीय अध्यक्ष दुर्गा प् ...

 नेकपाबाट सुनसरी १ मा सूर्य बहादुर भट्टराई ९मनोज०ल

छाल खवरधरान,३ माघः धरान उपमहानगरपालिकामा भाइरल वडाध्यक्षको रुपमा परिचित धरा ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic