नेपाल पुलिस स्कुल (रातो) सिद्धार्थ सेकेण्डरी सेमि फाइनल प्रवेश

  • पुस १४, २०८२
  • २,८२९ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१४ पुषः नेपाल पुलिस स्कुल रातो र सिद्धार्थ सेकेण्डरी स्कुल, सुन्दरहरैँचा मोरङ सातौ कोशी प्रदेश अन्तर स्कुल डिआईजिपी रनिङ फुटवल प्रतियोगिताको सेमि. फाइनल प्रवेश गरेकाछन् ।

नेपाल पुलिस स्कुलको खेल मैदानमा सोमवार भएको पहिलो क्वाटर फाइनल खेलमा आयोजक नेपाल पुलिस स्कुल (रातो) ले निदि सेकेण्डरी स्कुल, विर्तामोड झापा लाई २–१ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो ।

खेलको पहिलो हाफको ९औँ मिनेटमा निदि सेकेण्डरी स्कुलका जर्सी नं. ७ का आदर्श मेचेले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।

तर खेलको २४औँ मिनेटमा नेपाल पुलिस स्कुलका जर्सी नं. ९ का उज्वल थापाले बराबरी गोल फर्काए । दोस्रो हाफको ४५औँ मिनेटमा नेपाल पुलिस स्कुलका कप्तान जर्सी नं. १० का समिर राईले निर्णायक गोल गर्दै टिमलाई २–१ को जित दिलाए ।

खेलको म्यान अफ द म्याच पुलिसका कप्तान समिर राई घोषित भए । उनलाई प्रमुख अतिथि नेपाल प्रहरी प्रदेश कार्यालय धरानका प्रमुख तथा विद्यालय व्यवस्थापन समिति अध्यक्ष प्रहरी वरिष्ठ उपरीक्षक ज्ञानेन्द्र प्रसाद फुयालले नगद रु. १००५ र मेडल प्रदान गरे ।

सोमवार नै भएको दोस्रो खेलमा सिद्धार्थ सेकेण्डरी स्कुल, सुन्दरहरैँचा मोरङ ले माउण्ट हर्मन एकेडेमी, धरान लाई ट्राइब्रेकरमा ३–२ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ ।

खेल निर्धारित समय (३५–३५ मिनेट) सम्म ०–० को बराबरीमा टुंगिएपछि निर्णय ट्राइब्रेकरमार्फत गरिएको हो ।

ट्राइब्रेकरमा सिद्धार्थ सेकेण्डरी स्कुलका जर्सी नं. ९ का अनिस राई, जर्सी नं. १६ का निपेश तामाङ र जर्सी नं. ५ का कमल कार्कीले गोल गर्न सफल भए । जर्सी नं. ११ का जेम्स देवान र जर्सी नं. १ का आयुष लिम्बूले गोल गर्न सकेनन्।

माउण्ट हर्मन एकेडेमीको तर्फबाट जर्सी नं. ९ का सुदिन तामाङ र जर्सी नं. १५ का प्रिन्स बिष्टले गोल गरे भने जर्सी नं. १० का सिकुम लावती, जर्सी नं. ४ का राजदिप तामाङ र जर्सी नं. २१ का सुवर्ण लोहनी गोल गर्न असफल भए ।

खेलको म्यान अफ द म्याच सिद्धार्थ सेकेण्डरी स्कुलका जर्सी नं. १ का गोलरक्षक आयुष लिम्बू घोषित भए । उनलाई प्रमुख अतिथि नेपाल प्रहरी प्रदेश कार्यालय धरानका प्रमुख तथा विद्यालय व्यवस्थापन समिति अध्यक्ष प्रहरी वरिष्ठ उपरीक्षक ज्ञानेन्द्र प्रसाद फुयालले नगद रु. १००५ र मेडल प्रदान गरे ।

मंगलवारको पहिलो खेलमा प्रभात सेकेण्डरी स्कुल धरान र दिल्ली पव्लिक स्कुल विराटनगर भिडनेछन भने दोस्रो खेलमा नेपाल पुलिस स्कुल धरान निलोले पिनाकाल ज्ञान मन्दिर कानेपोखरी मोरङको सामाना गर्नेछ ।

पौष ९ गतेदेखि पौष १९ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा कोशी प्रदेश अन्तर्गतका १६ विद्यालयका टिमहरूको सहभागिता रहेको छ । प्रतियोगिताको आयोजना नेपाल पुलिस स्कुल, धरानले गरेको हो ।

 

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

धरान–१६ मा सिद्धार्थ शिशु सदनको वार्षिक कार्यक्रम

छाल खवर धरान,३ वैशाखः धरान–सिदार्थ शिशु सदन धरान–१६ मा वार्षिक ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic