भेडेटार फुड फेस्टिभल शुरु ७० हजार पर्यटक भित्र्याउने लक्ष्य

  • पुस १८, २०८२
  • ३,४९१ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१६पुषः होटल एशोसियसन भेडेटारले आयोजना गरेको तीन दिने फुड फेस्टिभल सुरुवात भएको छ । भारतिय पर्यटकहरुलाई भित्रयाउने लक्ष्यका साथ अंग्रेजी नयाँ वर्षको अवसर पारेर महोत्सव शुरु भएको हो ।

महोत्सवको समुद्घाटन कोशी प्रदेशका वन वातावरण तथा पर्यटन मन्त्रालयका मन्त्री सदानन्द मण्डलले गरेका थिए ।

प्रमुख अथिति पर्यटन मन्त्री मण्डलले भेडेटारको संस्कार संस्कृति र मनोरमदृश्यको प्रचार गरिदिन भारतिय मिडिया र सञ्चारकर्मीलाई आह्वान गरेका थिए ।

भेडेटारमा धेरै भन्दा धरै भारतिय पर्यटकलाई भित्र्याउन योजना बनाएको एशोसियसनले यस पटक भारत विहारका पत्रकार र सञ्चारकर्मीलाई विशेष महत्व दिएर प्रर्वद्धन गरेको छ ।

प्राकतिक अनुपम पाएको भेडेटारलाई भारतिय पर्यटकबीच परिचित गराउन त्यहाँका सञ्चार माध्यमलाई विशेष महत्व दिएर आह्वान गरेको साँगुरीगढी गाउँपालिकाका प्रमुख जितेन्द्र रुम्दाली राईले बताए ।

न्युज २१ विहारक कि सविता मिश्रले भेडेटार भेडेटार महोत्वसवको विहारमा व्यापक प्रचार गर्न सफल भएको दावी गरेकी छिन् । ‘हामीले विहारमा भेडेटारको बारेमा सक्दो प्रचार प्रसारको प्रयास गरेको बताए ।

घरेलु उत्पादनको स्टल, अर्ग्यानिक तरकारी तथा फलफूल, हस्तकला, जातीय खाना लगायतको २२ वटा जति क्यानोपी स्टलहरु राखिएको होटल एशोसिएसन् भेडेटारका अध्यक्ष तथा फेस्टिबलका अध्यक्ष तुमराज लिम्बुले जानकारी दिए ।

साँगुरीगढी गाउँपालिका भेडेटारको सहयोगमा हँदै आएको महोत्सवको अवसरमा आउने पाहुना पर्यटकलाई गेटमै फूलमालाले स्वागत गर्ने, उनीहरूबाट राय९सल्लाह लिने नयाँ अभ्यास सुरु गरेको छ । अघिल्ला वर्षजस्तै केवल अवलोकन मात्र नभई यस पटक पर्यटकले कृषि उत्पादन किनेर लैजान सक्ने व्यवस्था गरिएको छ ।

अध्यक्ष लिम्बुका अनुसार भोलीबाट ‘लाइभ किचन एण्ड शो’, ‘लोकल सेफ ब्याटल’, ‘मेक योर ओन प्लेट’ ९पाकेको खानालाई आफैले सर्भ गरिने०, ‘फास्ट इटिङ च्यालेन्ज’ जस्ता मनोरञ्जनात्मक गतिविधि हुनेछन् । पारर्दशिताको लागि होटलहरूमा रेट लिस्ट अनिवार्य, पर्यटकलाई स्वस्थकर खाना उपलब्ध गराउनको लागि फुड क्वालिटी मोनिटरिङ, खाद्य निरीक्षण स्टल, स्वास्थ्य र सुरक्षाको लागि मेडिकल डेस्क तथा लस्ट एण्ड फाउन्ड डेस्क समेत राखिएको अध्यक्ष लिम्बुले जानकारी दिए ।

कृषि मेला प्रदर्शनी उद्घाटन

विगत ४ बर्ष देखि फुडफेििस्टबलसँगै साँगुरीगढी गाउँपालिकाका कृषकहरुबाट उत्पादन गरिएका खाध्यन्न तथा साग सब्जी, फलफूला प्रर्दशनी गरिँदै आएको छ । यस साल पनि ५३ जना कृषकले उत्पादन गरिएको सागसब्जी, अन्न र फलफूल प्रर्दशनमा राखिएको छ । यसको पनि प्रमुख अथिति मन्त्री मण्डलले उद्घाटन गरे ।

प्रर्दशनमा राखिएका उत्पादित बस्तुहरुको मुल्याङकन गरि कृषकहरुलाई प्रोत्साहन स्वरुप पुरस्कृत गरिने योजना रहेको साँगुरी गाउँपालिकाका कृषि विकास शाखा प्रमुख हरि आले मगरले बताए । उनका अनुसार १८ गते १ देखि १० वडासम्मका सहभागी ५३ कृषकलाई छनौट गरि पुरस्कृत गरिनेछन् ।

दुई पत्रकार सम्मानित

आयोजकले १३औँ संस्करणको महोत्सव उद्रघाटन समारोहको बीच दुई पत्रकारलाई सम्मान गरेको छ । पत्रकारिताको माध्यमबाट भेडेटारको पर्यटन प्रवर्द्धन, संरक्षण तथा समग्र विकासमा उल्लेखनीय योगदान पुर्‍याएको भन्दै गणतन्त्र एफ।एम।तथा गणतन्त्र खवर डट कमका सम्पादक रोहितकुमार बस्नेत (डेविट) र धनकुटाका रासस सम्वादाता तथा पत्रकार महासँघ धनकुटाका कोषाध्यक्ष नारायण राईलाई नगद रु.१० हजार सहित सम्मान गरिएको छ ।

PATRAKAR SAMMAN समारोहका प्रमुख अथिति कोशी पर्यटन मन्त्री मण्डल, गाउँपालिका अध्यक्ष राई र एशोसिएसनका अध्यक्ष लिम्बुले पुरस्कार राशी सहित सम्मान गरेका थिए ।

सुनसरी १ मा एमालेको प्रतिबद्धता शिक्षा, स्वास्थ्य

छाल खवर धरान,१२फागुन ः नेकपा एमाले सुनसरी क्षेत्र नं. १ ले आफ्नो चुनावी घोष ...

रोटरी क्लव धरान घोषाद्धारा दुइ वाल केन्द्रलाई सहयो

छाल खवर धरान,१२ फागुन रोटरी क्लव अफ धरान घोपाले सिलाम साक्मा बालविकास केन्द ...

जसपाको प्रतिबद्धता सार्वजनिकः ‘जाँतो’ चिन्हमा मत

छाल खवर धरान,११ फागुन ः जनता समाजवादी पाटीका अध्यक्ष तथा पूर्व शिक्षा मन्त् ...

सुनसरी ३ का तीनसय बढी युवा एमाले प्रवेश

छाल खवर धरान,१० फागुनः सुनसरी क्षेत्र नं. ३ का तीनसय भन्दा बढी युवाहरु एमाल ...

धरान १० के रनको उपाधि नरेन्द्र सिंह रावत र सन्तोषी

छाल खवर धरान, ९ फागुनः धरानको प्रतिष्ठित दौडको रुपमा रहेको धरान १०के रनको उ ...

देउराली चिल्ड्रेन एकेडेमीको अभिभावक दिवस

छाल खवर धरान,८ फागुनः देउराली चिल्ड्रेन एकेडेमी धरान–५ को अभिभावक दिव ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic