बुढासुब्बा गोल्डकप माघ २२ देखि हुने

  • माघ १, २०८२
  • २,५०१ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१ माघः धरानको प्रतिष्ठित प्रतियोगिताको २६औँ अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिता आगामी माघ २२ गतेदेखि फाल्गुन २ गतेसम्म आयोजना हुने भएको छ।

आयोजक धरान फुटबल क्लवले विहिवार पत्रकार सम्मेलन गरी सो विषयमा जानकारी गराएको हो । धरान–१६ स्थित धरान रंगशालामा प्रतियोगिता सञ्चालन हुनेछ।

पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार प्रतियोगितामा यस वर्षदेखि १० वटा टिमले प्रतिस्पर्धा गर्ने छन्।

धरान फुटबल क्लबका महासचिव नवीन राईका अनुसार प्रतियोगितामा सहभागी हुने टिमहरूमा काठमाडौका एन.आर.टि. क्लब,चर्च ब्वाइज क्लब, नेपाल पुलिस क्लब, प्लानिङ ब्वाइज युनाइटेड क्लब, रोयल थिम्पु क्लब (भुटान), जर्जियन क्लब कालेम्पुङ (भारत), एल.ए.क्लब पोखरा, सातदोबाटो युथ क्लब ललितपुर, झापा–११ झापा र आयोजक धरान फुटबल क्लब रहेका छन्।यस अघि प्रतियोगितामा ८ टिमले सहभागीता जनाउदै आएको थियो ।

प्रतियोगिताको विजेताले नगद १० लाख रुपैयाँ र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन्।साथै, उत्कृष्ट खेलाडीलाई यस वर्ष होन्डा स्कुटर प्रदान गरीने भएको छ । गत वर्ष नगद १ लाख प्रदान गरीदै आएकोमा यस वर्ष होण्डाको स्कुटर प्रदान गरीन लागको हो ।

प्रत्येक खेलको म्यान अफ द म्याचलाई १० हजार रुपैयाँ,उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, स्ट्राइकर तथा उत्कृष्ट प्रशिक्षकलाई जनही २५ हजार रुपैयाँ र सर्बाधिक गोलकर्तालाई ३५ हजार रुपैयाँ प्रदान गरिने आयोजकले पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।

गत संस्करणको विजेता एन.आर.टि. क्लब काठमाडौं र उपविजेता चर्च ब्वाइज क्लब काठमाडौं रहेका थिए। आयोजक धरान फुटबल क्लब भने यसअघि पाँच पटक उपविजेतामै सीमित हुनुपरेको छ।

पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष प्रताप तामाङले यस पटक प्रतियोगिताको उपाधि धरानमै भित्र्याउने लक्ष्यसहित तयारी भइरहेको जनाएकाछन् ।

अध्यक्ष तामाङले क्लबलाई आत्मनिर्भर बनाउने दिशामा प्रतियोगिता महत्वपूर्ण हुने विश्वास गरेकाछन् । अन्तर्राष्ट्रिय सहभागितासहितको बुढासुब्बा गोल्डकपले धरानको खेल पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ।

कार्यक्रमकी प्रमुख अतिथि धरान हङकङ मञ्चकी उपाध्यक्ष चन्द्रकला थेवे लिम्वुले आफूहरुले गोल्डकपको लागि विदेशबाट सहयोग गर्दै आएको र यस पटक पनि सहयोग गर्ने प्रतिवद्धता जनाएकी थिइन ।

प्रतियोगितामा अनुमानित १ करोड ७ लाख आम्दानी हुने र ८७ लाख १५ हजार खर्च हुने अनुमान गरीएको छ । प्रतियोगिताबाट २० लाख आम्दानी गर्ने लक्ष्य राखिएको क्लवका अध्यक्ष तामाङको भनाई रहेको छ ।

प्रतियोगितामा धरान उपमहानगरपालिका संयोजक रहेको छ भने गोर्खा व्रुअरी प्रा.लि.(गोर्खा वियर)ले मुख्य प्रायोजन गरेको छ भने मुख्य सहप्रायोजकमा टेस्टी टेस्टी चाउचाउ(क्वालिटी नुडल्स इण्ड्रष्ट्रिज प्रा.लि.) तथा सहप्रायोजकमा रेडवुल रहेको छ ।

 

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

धरान–१६ मा सिद्धार्थ शिशु सदनको वार्षिक कार्यक्रम

छाल खवर धरान,३ वैशाखः धरान–सिदार्थ शिशु सदन धरान–१६ मा वार्षिक ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic