नेकपाबाट सुनसरी १ मा सूर्य बहादुर भट्टराई ९मनोज०ले  उम्मेदवार

  • माघ ३, २०८२
  • ४१२ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,३ माघः धरान उपमहानगरपालिकामा भाइरल वडाध्यक्षको रुपमा परिचित धरान १७ का वडाध्यक्ष सुर्य बहादुर भट्टराई (मनोज)ले नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाट सुनसरी क्षेत्र नम्बर १ को प्रतिनिधिसभा निर्वाचनकालागि उम्मेदवार वन्ने भएकाछन् ।

भट्टराईलाई पार्टीले टिकट दिने भएपछि उनी उम्मेदवार वन्ने पक्का भएका हुन ।

शनिवार नेकपा कोशी प्रदेश कमिटीले भट्टराईलाई प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवारीको टिकट दिएको हो।

भट्टराईले पार्टीको तर्फबाट औपचारिक टिकट पाएको जानकारी नेकपा धरान संयोजक उद्धव लिम्बुले दिएकाछन् ।

धरान उपमहानगरपालिका–१७ मा दुई कार्यकालसम्म निर्वाचित वडाअध्यक्ष रहेका भट्टराईले २०७४ र २०७९ सालको स्थानीय तह निर्वाचनमा अत्यधिक मत ल्याउँदै लगातार दुई पटक विजय बनेका थिए ।

स्थानीय तहमा लामो समयदेखि सक्रिय भट्टराईको उम्मेदवारीलाई राजनीतिक रूपमा अर्थपूर्ण मानिएको छ ।

सुनसरी–१ मा भट्टराईसँग धरान उपमहानगरपालिकाका नगर प्रमुख हर्कराज राई, तत्कालीन माओवादीका युवा नेता तथा प्रगतिशील लोकतान्त्रिक पार्टीका अध्यक्ष सुदन किराती पनि मैदानमा देखिएकाछन् ।

नेपाली काँग्रेस र नेकपा एमालेले भने हालसम्म आधिकारिक उम्मेदवार सार्वजनिक गरेका छैनन्।

नेपाली कांग्रेसबाट प्रदेश महामन्त्री उमेश थापाको चर्चा रहेको छ भने नेकपा एमालेबाट धरानकी पूर्व उपमेयर तथा केन्द्रीय सदस्य मञ्जु भण्डारी, पूर्व प्रतिनिधि सभा सदस्य जय कुमार राई र जिल्ला कमिटी सदस्य टिका माङ्लेको चर्चा रहेको छ ।

केन्द्रीय सदस्य मञ्जु भण्डारीले उम्मेद्वार वन्ने मनसाय नराखेको अवस्थामा जय कुमार राईको नाम सुनिश्चित रहेको पार्टी स्रोतको भनाई रहेको छ । धरानका २० वटा वडा,बराहक्षेत्र नगरपालिकाको ५ वटा वडा र रामधुनी नगरपालिकाको २ वटा वडा रह्ेको सुनसरी क्षेत्र नं. १ मा धरानमा मात्र नभएर वराहक्षेत्र र रामधुनी समेत राम्रो पकड भएकाले चुनाव जित्ने विश्लेषण रहेकोले राईलाई नै टिकट दिनसक्ने उनी निकट स्रोतको दावी रहेको छ ।

यस अघिको निर्वाचनमा यस क्षेत्रबाट नेकपा एमालेको समर्थनमा जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता अशोककुमार राई निर्वाचित भएका थिए ।

यस पटक भने राईले आफ्नो उम्मेदवारी दिने नदिने भन्ने अन्यौल नै रहेको छ । राई हाल जसपा नेपालबाट अलग भई जनता समाजवादी पार्टीको अध्यक्ष रहेकाछन् ।

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

धरान–१६ मा सिद्धार्थ शिशु सदनको वार्षिक कार्यक्रम

छाल खवर धरान,३ वैशाखः धरान–सिदार्थ शिशु सदन धरान–१६ मा वार्षिक ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic