नेकपाको सुनसरी १ मा निर्वाचन परिचालन समिति गठन

  • माघ ९, २०८२
  • ३,९५० पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,९ माघः नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले सुनसरी १ को लागि प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन परिचालन समिति गठन गरेको छ ।

शुक्रबार बसेको भेलाले पार्टीका केन्द्रीय सदस्य किरण राईको संयोजकत्वमा ५०१ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरेको हो ।

राईको संयोजकत्वमा सुनसरी १ का नेकपाका केन्द्रिय सदस्य जीवन राई, मुक्साहाङ मेन्याङवो, टिका कन्दङवा, उमिता बराईली, राम मान्डुपा राई लगायत प्रदेश कमिटी सदस्य, जिल्ला कमिटी सदस्य तथा नगर कमिटीका पदाधिकारी र सदस्यहरू समितिमा समावेश भएका छन् । सो समिति अन्तर्गत आर्थिक, प्रचार(प्रसार, युवा, महिला, अनुगमन लगायत २९ वटा उपसमिति समेत गठन गरिएका छन् ।

सुनसरी १ का नेकपाका अनुसार, आर्थिक उप समिति संयोजक उद्धव लिम्बु, प्रचार(प्रसार उप समिति संयोजक चोत्लुङ, युवा परिचालन उपसमिति संयोजक चिन्तन भुजेल, महिला परिचालन उप समिति संयोजक उमिता बराईली, अनुगमन उप समिति संयोजक मुक्साहाङ मेन्याङवो तथा विद्यार्थी तथा नव(युवा परिचालन उप समिति संयोजक युवराज अलौकिक रहेका छन् ।

निर्वाचन परिचालन समिति घरदैलो अभियान, मतदाता भेटघाट, प्रचार(प्रसार तथा संगठन विस्तारमा केन्द्रित रहने नेकपा धरान नगर कमिटी संयोजक उद्धव लिम्बुले बताए ।

उनका अनुसार सो परिचालन समितिले यस क्षेत्रमा संगठन सुदृढ गर्दै चुनावी प्रतिस्पर्धालाई प्रभावकारी बनाउने रणनीतिसहित अघि बढ्नेछ ।

सुनसरी १ मा नेकपाका सुर्य बहादुर भट्टराई (मनोज) सहित १९ राजनीतिक दल र ७ स्वतन्त्र गरी २६ जना उम्मेदवार रहेका छन् नेपाली कांग्रेसका सुजेन्द्र तामाङ, एमालेका टिकाराम लिम्बू, रास्वपाबाट गोमा तामाङ,नेपाल मजदुर किसान पार्टीबाट महेश श्रेष्ठ, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट उद्धव श्रेष्ठ,उज्यालो नेपाल पार्टीबाट डम्वर बहादुर लावति(जेन्टल) लगायत २६ जना उम्मेदवार चुनावी मैदानमा छन् ।

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

धरान–१६ मा सिद्धार्थ शिशु सदनको वार्षिक कार्यक्रम

छाल खवर धरान,३ वैशाखः धरान–सिदार्थ शिशु सदन धरान–१६ मा वार्षिक ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic