सुनसरी क्षेत्र नम्वर १ मा निर्वाचन तयारी तीव्र– निर्वाचन कार्यालय

  • माघ १३, २०८२
  • ३,३५० पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१३ माघः निर्वाचन अधिकृतको कार्यालय सुनसरी १ ले सुनसरी क्षेत्र नं १ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारी तीव्र रुपमा अगाडि बढेको जनाएको छ ।

कार्यालयले मंगलबार पत्रकार सम्मेलनको आयोजना गरी निर्वाचन सम्बन्धी समग्र जानकारी सार्वजनिक गरेको हो ।

१ लाख ५० हजार ३सय ९३ मतदाता रहेको सुनसरी १ मा ४१ मतदानस्थल, १६१ मतदान केन्द्र रहेको निर्वाचन अधिकृतको कार्यालयका अधिकृत दिव्यराज घिमिरेले जानकारी दिएका छन् ।

घिमिरेका अनुसार यस निर्वाचन क्षेत्रमा धरान उपमहानगरपालिकाका २० वटा वडा, बराहक्षेत्र नगरपालिकाका वडा नं.१ देखि ५ सम्म तथा रामधुनी नगरपालिकाका वडा नं. ६ र ७ समेटिएका छन् ।

कार्यालयले सर्वदलीय वैठक गरी निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, मर्यादित र भयमुक्त वातावरणमा सम्पन्न गर्ने तथा आचारसंहिता पूर्ण रूपमा पालना गर्ने सहमति गरिएको समेत जानकारी दिएकाछन् ।

निर्वाचन अधिकृतको कार्यलयका अनुसार पहिलो मनोनयनपत्र नेपाल मजदुर किसान पार्टीका महेश श्रेष्ठले दर्ता गराएका थिए भने अन्तिम मनोनयन मितेरी पार्टी नेपालका डा. रक्ष कुमार राईले दर्ता गराएका थिए । पार्टीतर्फबाट १९ जना र स्वतन्त्र ७ जना गरी जम्मा २६ जना उम्मेदवारको मनोनयन दर्ता भएको छ ।

मनोनयनका क्रममा कुनै पनि उम्मेदवारविरुद्ध उजुरी नपरेको, सबै उम्मेदवारको योग्यता पूरा भएको र कसैले पनि उम्मेदवारी फिर्ता नलिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

माघ ९ गते सबै २६ जना उम्मेदवारको अन्तिम नामावली प्रकाशित गरी निर्वाचन चिन्ह प्रदान गरिएको थियो भने माघ १० गते उम्मेदवारलाई परिचयपत्र वितरण गरिएको थियो ।

अब माघ १२ गतेपछि उम्मेदवार तथा उनीहरूका प्रतिनिधिसँग आचारसंहिता सम्बन्धी अन्तरक्रिया, मतदान केन्द्रको अनुगमन तथा निरीक्षण, समस्या पहिचान र समाधानका उपाय अवलम्बन गर्ने कार्य अघि बढाइने अधिकृत अधिकारीले जनाए । त्यो कुन दिन गरिने भन्ने कुरा ठोस रुपमा बताएनन् ।

निर्वाचनका लागि मतदान अधिकृत १६१, सहायक मतदान अधिकृत १६१, सहायक कर्मचारी ४८३, सहयोगी कर्मचारी १६१ र स्वयंसेवक ४८३ गरी जम्मा १,४४९ जना कर्मचारी खटाइनेछन् । सुरक्षाको व्यवस्था भने जिल्ला सुरक्षा समितिले गर्नेछ ।

राजनीतिक दलहरु सौहार्दापूर्ण सहयोग गरेको अधिकृत अधिकारीले बताए । उनले आचारसंहिता र अनुगमन जस्ता क्रिया अब अघि बढाईने समेत बताए ।

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

धरान–१६ मा सिद्धार्थ शिशु सदनको वार्षिक कार्यक्रम

छाल खवर धरान,३ वैशाखः धरान–सिदार्थ शिशु सदन धरान–१६ मा वार्षिक ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic