एमाले सुनसरी–१ मा ७०७ निर्वाचन परिचालन कमिटी घोषणा एमालेको लालकिल्ला कायम गर्ने दावी

  • माघ १४, २०८२
  • ५,९४१ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१४ माघः नेकपा एमाले सुनसरी क्षेत्र नं १ ले ७०७ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन गरेको छ ।

मंगलवार भएको पार्टीको भेलाले आफ्नो उम्मेद्वारलाई जिताउने लक्ष्यसहित पार्टीका केन्द्रीय सदस्य मञ्जु भण्डारीको संयोजकत्वमा ७०७ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन गरेको हो ।

कमिटीको सहसंयोजकमा कोशी प्रदेशका संस्थापक सभामुख प्रदीप भण्डारी रहेका छन्।

त्यसैगरी सचिवालयमा जय कुमार राई,विजय कुमार राई, रमेश कुमार बस्नेत,मोतिराज सुनुवार,प्रकाश राई,योगराज खड्का,नन्द कुमार बस्नेत,गणेश गुरागाई,लहरुमाया जिमी, शुसिला पहाडी ढकाल,रुफिना गुरुङ राई, खम्बसिं गुरुङ, भिम ज्वाला राई, राम आङ्बुहाङ, ईन्द्रकला राई, मीन कुमार सुब्बा रहेकाछन् ।

त्यस्तै सचिवहरुमा हरि पौडेल र हर्कजङ एभेङ चयन भएकाछन् ।

त्यसैगरी जनपरिचालन संयाजकमा जयकुमार राई सदस्यहरु, पालिका कमिटी अध्यक्षहरु र पदाधिकारीहरु छन् भने कार्यालय–संयोजक हर्कजङ एभेङलाई जिम्मेवारी तोकिएको छ ।

त्यसैगरी प्रचार प्रसार संयोजकमा भिम ज्वाला राई, आर्थिक संयोजकमा सरोज श्रेष्ठ,कानुननी परामर्शमा संयोजक हेमराज सुवेदी , बुद्धिजीवी परिचालन संयोजकमा सूर्य प्रकाश पंधाक,सहसंयोजक मोहन उप्रेतीलाई जिम्मेवारी तोकिएको छ ।

यता मुक्ति समाज परिचालन संयोजकमा सावित्रा परियार,अनेम संघ परिचालन संयोजक शुसिला पहाडी ढकाल,युवा परिचालन संयोजक दिवस वान्तवा राई सचिव ब्रम्हज्ञ भट्टराई प्रदेश सभा–१ तर्फका संयोजक विवेक राई,सह–संयोजक कुमार भारतीलाई जिम्मेवारी तोकिएको छ ।

त्यसैगरी प्रदेश सभा २ तर्फका संयोजक सन्तोष ओख्राबु,सह–संयोजक विजय लामा, विद्यार्थी परिचालन संयोजक शेखर रेग्मी, सहसंयोजक सुनिल सुब्बालाई तोकिएको छ ।

त्यसैगरी घोषणा पत्र तयारी समितिमा मुरारी सुवेदी, भिम ज्वाला राई, योगराज खड्का, नन्द कुमार बस्नेत र इन्द्रकला राईलाई जिम्मेवारी दिइएको पार्टीले जनाएको छ ।

त्यसैगरी कमिटीको हाई कमाण्डमा प्रदेशस्तरीय प्रभावशाली नेताहरू जयकुमार राई, सुशिला पहाडी ढकाल,विजय राई, रमेश बस्नेत, मोतीराज सुनुवार, प्रकाश राई, योग्यराज खड्का, लहरुमाया जिमी, सूर्यप्रकाश पन्धाक लगायत रहेका छन्।

एमालेले युवा टिकाराम माङलेन लिम्बूलाई फागुन २१ को चुनावमा उम्मेद्वार वनाएको छ ।

लिम्वुले जनताको आशा र अपेक्षामा कहिल्यै धोका नदिने प्रतिबद्धता जनाउँदै एमालेको जित सुनिश्चित रहेको दाबी गरेकाछन् ।

२०६४ सालको संविधानसभा निर्वाचनबाहेक यस क्षेत्रबाट एमालेले निरन्तर जित हासिल गर्दै आएको स्मरण गराउँदै अघिल्लो निर्वाचनमा जसपाका उम्मेद्वार अशोककुमार राईलाई एमालेले सघाएर जिताएको उल्लेख गरेका थिए ।

स्वच्छ छविको उम्मेद्वारको रूपमा आफू जनतामाझ उभिन सक्ने दाबी गर्दै उनले अहिलेसम्म भ्रष्टाचार, ठेक्कापट्टा वा कुनै पनि विवादमा नजोडिएको स्पष्ट पारेका थिए ।

 

 

२९ देशलाई पछि पार्दै पुष्प लिम्वु र सरोज लिम्वु वन

विकास चाम्लिङधरान,२० हङकङः विर गार्खाहरुको सम्मान र स्मृतिमा गोर्खा सेमिष्ट ...

धरान–६ मा एमालेको निर्वाचन परिचालन कार्यालय स्थाप

छाल खवर धरान,१७ माघः नेकपा एमालेले सुनसरी क्षेत्र नं १ मा चुनाव प्रचार प्रस ...

हिविस्कस स्कुलद्धारा सहिदको सम्मान

छाल खवर धरान,१६ माघः हिविस्कस इङ्लिस वोडिङ स्कुल धरान १५ ले सहिदहरुलाई सम्म ...

धरानमा प्रेस सेन्टर नेपालको २२ औं स्थापना

छाल खवर धरान,१५ माघः प्रेस सेन्टर नेपाल सुनसरीले आफ्नो स्थापनाको २१ वर्ष पू ...

नेकपाको धरान–१६ मा निर्वाचन परिचालन कार्यालय उद्घ

छाल खवर धरान,१४ माघः नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले धरान– १६मा न ...

सुनसरी क्षेत्र नम्वर १ मा निर्वाचन तयारी तीव्र– नि

छाल खवर धरान,१३ माघः निर्वाचन अधिकृतको कार्यालय सुनसरी १ ले सुनसरी क्षेत्र ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic