२९ देशलाई पछि पार्दै पुष्प लिम्वु र सरोज लिम्वु वने सातौ गोर्खा ट्रेल व्लेजर हङकङ २०२६ विजेता

  • माघ २०, २०८२
  • ८६६ पटक पढिएको
  • छाल खबर
alt

विकास चाम्लिङ
धरान,२० हङकङः विर गार्खाहरुको सम्मान र स्मृतिमा गोर्खा सेमिष्ट्रीज ट्रष्ट हङकङको आयोजनामा आयोजित सातौ गोर्खा ट्रेल व्लेजरमा नेपालको प्रतिनिधित्व गरेका महिला तर्फ पुष्प लिम्वु र पुरुष तर्फ सरोज लिम्वु १२ कि.मि. विद्यामा विजेता वनेको छ ।

पुष्पले आफ्नो रेस एक घण्टा २ सेकेन्डमा पुरा गरिन भने सरोजले ५० मिनटमा पुरा गरेका थिए । सरोजले गत सालका विजेता वेलायतका रायन वेलानको ५७ मिनटको रेर्कड तोडदै विजेता वनेका हुन । वेलान ५८ मिनट २९ सेकेन्डमा आप्mनौ रेस पुरा गर्दै दोस्रो वने ।

धरान निवासि हाल हङकङ वस्नु हुने यमनाथ लिम्वुले ५८ मिनट ५७ सेमेण्डमा रेस पुरा गरेर तेस्रो वने ।

महिला तर्फ नेपालकै पदमकुमारी सुनुवारले १ घण्टा ९ सेकेण्ड र वेलायतका एलिना विलियमले १ घण्टा १७ सेकेण्डमा रेस पुरा गर्दै दोस्रो र तेस्रो वनिन । पुष्प र सरोज गत साल धरानमा संपन्न तेस्रो गोर्खा टे«ल व्लेजरका विजेता हुन । गोर्खा सेमिष्ट्रिज ट्रष्ट नेपालले यहि वर्ष देखि महिला पुरुष विजेतालाई हङकङमा हुने ट्रेल व्लेजरमा सहभागिताको लागि सुरुवात गरेका हुन ।

22 ३० कि।मि। रेसमा युक्रेनका अलेक्सी र चिनका चे क्वान लि वने विजेता

३० कि।मि। टे«ल विद्यामा पुरुष तर्फ युक्रेनका अलेक्सी मेलनिकले ३ घण्टा २२ मिनट ७ सेकेण्ड र महिला तर्फ चिनका चे क्वान लिले ४ घण्टा ३० मिनट ४७ सेकेण्डमा रेस पुरा गर्दै उपाधि हात पारेकी छन ।

पुरुष तर्फ हङकङ चिनका चे किङ युनले ४ घण्टा १८ सेकेन्ड र फ्रान्सका स्रील गोमेजले ४ घण्टा १९ सेकेन्डमा रेस पुरा गर्दै दोस्रो र तेस्रो वने । महिला तर्फ नेपालकी हाल हङकङ वस्नु हुने दिलु लिम्वुले ४ घण्टा ३४ मिनट ४० सेकेण्ड र हङकङकी हङ किउ किम्मी लेउङ ५ घण्टा १२ मिनट १७ सेकेण्डमा रेस पुरा गर्दै दोस्रो र तेस्रो वनिन ।

३० वटा देशका ट्रेल रेस धावक धाविकाले प्रतिश्पर्धा गरेको सातौ गोर्खा ट्रेल व्लेजरका विजेताहरुलाई मेडल, विर गोर्खाको चिनारी खुकुरी र गिप्mट ह्म्पर प्रदान गरिएको थियो ।

उनिहरुलाई कार्यक्रमका अतिथि रोयल व्रिटिस लिजन हङकङ चाइनाका व्रान्च अध्यक्ष स्टीभ ट्रायट, लिङमा कन्सट्रक्सन इन्जिनियरिङका निर्देशक माया थुलुङ, व्रीटिस कन्सुलेट हङकङ चाइनाका जेनेरल सारा रविन्सन र पीएच सीपीएस स्कुलका प्रिन्सिपल आइरिन लाईले पुरस्कार वितरण गरेका थिए ।

ट्रेल रेस हङकङको लौ सि हुङमा १२ कि।मि। र ३० कि।मि।दुइ विद्यामा भएको थियो । गोर्खा व्लड हङकङ सहआयोजकको रुपमा रहेको गोर्खा ट्रेल रेसको सातौ संस्करणमा व्रिटिस च्याम्वर अफ कमर्श, लिङमा कन्सट्रक्सन, चाइल्ड वेलफेयर स्कीम, कादुरी स्टेट सहयोगि संस्थाको रुपमा रहेको थियो ।

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

धरान–१६ मा सिद्धार्थ शिशु सदनको वार्षिक कार्यक्रम

छाल खवर धरान,३ वैशाखः धरान–सिदार्थ शिशु सदन धरान–१६ मा वार्षिक ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic