धरान ४ एमालेको आधार एमाले उमेद्वार टीकाराम लिम्बू

  • माघ २९, २०८२
  • १,४११ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर

धरान,२९ मा  नेकपा ९एमाले० का सूर्य ध्वजावाहक उमेद्वार टीकाराम लिम्बूले धरान ४ नम्बर वडा नेकपा ९एमाले० को सधैँ आधारभूमि रहेको बताउँदै यसपटक पनि त्यो विरासत कायमै रहने बताएकाछन् ।

एमाले धरान ४ को विकासको इतिहासदेखि सारथी रहेको स्मरण गराउँदै बाँकी रहेका विकास निर्माण सम्पन्न गर्न पनि एमालेलाई जिताउनु पर्ने लिम्बूले बताए ।

बिहिबार धरान वडा नम्बर ४ स्थित खैरेनीटारमा निर्वाचन परिचालन समितिको कार्यालय शुभारम्भ गर्दै धरान ४ को सडक पूर्वाधार, पर्यटन, कृषि, स्वास्थ्य र शिक्षाको बाँकी कामहरु पुरा गर्न एमालेले आफुलाई उमेद्वार बनाएको बताए ।

उनले भने हर्दिया कन्यापोखरी कृषि सडकको अपुरो कामलाई तत्काल सम्पन्न गर्नुछ, वडाका कतिपय क्षेत्रहरुमा एनटिसि र एनसेलका टावरको क्षमता वृद्धि गर्नुछ, कतिपय टोलहरुमा खानेपानी समस्या समाधान गर्नुछ, केही क्षेत्रहरुमा विद्युत लाइनको क्षमता गर्नुछ, शिवजट्टा मन्दीर, पाँचकन्या मन्दीर, विजय चर्च, दानाबारी लगायतका पर्यटकिय तथा धार्मिक क्षेत्रहरुको प्रवर्धन गर्नुछ लिम्बुले भने ।

त्यस्तै सेउती खोलास्थित जुवाने पुल निर्माण कार्यलाई पहिलो प्राथमिकतामा राखेर कामको थालनी गर्नुछ, किसानहरुका उत्पादनलाई बजारिकरण गराउनुछ र सर्दु जलाधार संरक्षण गर्नुछ तर जलाधार संरक्षणका क्रममा रोक्का गरिएको व्यक्तिगत जग्गाहरु व्यक्तिको भोगचलन गर्ने वातावरण बनाउनुछ लिम्बूले प्रतिवद्धता जनाए ।

मतदाताको सुरक्षा गर्न समिति

धरान ४ को कमाण्डर भए राजन चाम्लिङ

सूर्यध्वजावाहक उमेद्वार टीकाराम लिम्बूलाई जिताउन नेकपा ९एमाले० धरान ४ नम्बर वडा कमिटीले निर्वाचन परिचालन समिति गठन गर्दै निर्वाचन परिचालनका लागि कार्यालय समेत शुभारम्भ गरेको छ ।

बिहिबार धरान वडा नम्बर ४ स्थित खैरेनीटारमा निर्वाचन परिचालन समितिको कार्यालय शुभारम्भ गर्दै राजन चाम्लिङको संयाजकत्वमा १५३ सदस्यीय निर्वाचन परिचालन समिति समेत निर्माण गरेको हो ।

परिचालन कमिटीको नामावली घोषणा गर्दै निर्वाचन परिचालन प्रचार तथा प्रकाशन समितिकका संयोजक भीमज्वाला राईले यस वडा मतदाताहरुको सुरक्षा र एमालेप्रतिको जनताको विश्वासलाई सुरक्षित राख्ने काम निर्वाचन परिचालन कमिटीको भएको बताउनुभयो ।

परिचालन समितिका सहसंयोजकमा निकेश राई ९सोम० र दोर्ण कट्वाल, सचिवमा भगतशेर राई र उपसचिवमा मिलन राई रहनुभएको छ । त्यस्तै सचिवालय सदस्यहरुमा गोरसमान आले, मिना तामाङ, लिलादेवी गहते, टिकामाया राई, संगीता राई, टंक प्रधान रहनु भएको छ ।

समितिका अन्य सदस्यहरुमा नेकपा ९एमाले० ४ नम्बर वडा कमिटीका २७ जना सबै, वडामा रहेका १२ वटा टोल कमिटीका १ सय १५ जना गरी १ सय ५३ सदस्यीय परिचालन समिति घोषणा गरिएको हो ।

समितिको घोषणा लगतै कार्यक्रमका प्रमुख अतिथि पूर्व सभामुख प्रदिप भण्डारी, उमेद्वारहरु टीकाराम लिम्बू र समानुपातिक उमेद्वार मौसम राई लगायतका नेताहरुले उमेद्वारहरुको फाटो सार्वजनिक रुपमा प्रदर्शन गर्दै कार्यालय उद्घाटन गर्नुभएको हो ।

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

धरान–१६ मा सिद्धार्थ शिशु सदनको वार्षिक कार्यक्रम

छाल खवर धरान,३ वैशाखः धरान–सिदार्थ शिशु सदन धरान–१६ मा वार्षिक ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic