रामधुनी ६ र ७ मा टिकाराम लिम्बूका पक्षमा माहौल बन्दैं

  • फागुन १, २०८२
  • २२९ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१ फागुन ः रामधुनी ६र ७ जनता एमालेलाई मतदान गर्न आतुर देखिएकाछन् ।

राष्ट्रीयतालाई शिरमा राखी मुलुकको हितमा काम गर्ने पार्टी भएकोले एमाले जित्नु पर्ने भन्दै रामधुनी ६ र ७ ले जित्नु पर्ने पक्षमा देखिएका हुन ।

सुनसरी क्षेत्र नं १ का एमालेका उम्मेदवार टिकाराम लिम्बूले रामधुनीका विभिन्न बस्तिहरूमा आफ्नो घरदैलो अभियान तीव्र पारेका छन्।

रामधुनी–६ मोहिनीस्थित मुसहर बस्तीका एक मतदाता, सिता देवी भन्छिन् ू२०७४ सालको निर्वाचनमा भीम आचार्यज्यूले पुल बनाउनको लागि वचन दिनुभयो र चुनावपछि त्यो पुल बन्यो। अहिले टिकाराम लिम्बूले यहाँको समस्या समाधानका लागि प्रतिवद्धता जनाउनुभएको छ। यहाँलाई यहाँका जनताले भोट हाल्ने छन्।

उम्मेदवार लिम्बूका अनुसार, रामधुनी–७ को मुसहर बस्तीमा १०० भन्दा बढी घरहरू जनआवास कार्यक्रम अन्तर्गत निर्माण भइसकेका छन्। यी घरहरूको निर्माणले त्यहाँका गरिब र पिछडिएका समुदायलाई ठूलो राहत दिएको छ। एमालेको नेतृत्वमा जनता आवास कार्यक्रम लागु भएको थियो। मजदुर, किसान वर्गका लागि आफ्नो उम्मेदवारी भएको लिम्बूले बताए।

रामधुनीका अर्का मतदाता, जनक यादव भन्छन्, हाम्रो भोट टिकाराम लिम्बूले हुने छ तर यहाँका समस्याहरुप्रति पार्टी र उम्मेदवारले जिम्मेवार बन्नुपर्छ। हामीलाई आशा टिकारामप्रति नै भएको उनले बताए।

यस क्षेत्रका मतदाताहरूका बीचमा टिकाराम लिम्बूको पक्षमा माहौल बनिरहेको छ। जनताले उनको नेतृत्वमा रामधुनीको विकास र समृद्धि पाउने विश्वास गर्दै, आगामी निर्वाचनमा उनलाई समर्थन गर्ने निर्णयमा पुगेकबा छन्।

बकलौरीका पुराना पार्टी सदस्य खेमनाथ दाहाल, जेष्ठ नागरिक पन्दुकी शेर्पा , वामपन्थी अग्रज नेता छविलाल चौधरीले रामधुनी क्षेत्रमा माहौल बनाइरहेका छन्। टिकासँगै समानुपातिक उम्मेदवार मौसम राई पनि अभियानमा छन्।

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

धरान–१६ मा सिद्धार्थ शिशु सदनको वार्षिक कार्यक्रम

छाल खवर धरान,३ वैशाखः धरान–सिदार्थ शिशु सदन धरान–१६ मा वार्षिक ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic